Newsletter
Email:
Home | अन्तिम पृष्ठ | 'पागल बन्न मन छ’

'पागल बन्न मन छ’

Font size: Decrease font Enlarge font
image

नायिका झरना थापालाई पागलको चरित्रमा अभिनय गर्न मन लागेको छ रे । दाइजोदेखि कालापानीसम्म आइपुग्दा उनले अभिनय गरेका फिल्मको संख्या झन्डै पाँच दर्जन पुगेका छन् । पर्दामा विभिन्न चरित्रमा उत्रिसकेकी झरनाले अब भने बहुलाही बनेर जोखिम मोल्न मन लागेको बताएकी छिन् ।

 

'अभिनयका सबै नवरसमा अभिनय गरिसकेँ । पागलको रोल गर्दा कस्तो होला भन्ने लागेको छ,' झरना भन्छिन्, 'एब्नर्मल क्यारेक्टर'मा अभिनय देखाउन पाइन्छ ।'

पछिल्लो समय तिमी मात्र तिमीमा लाटी केटीको भूमिका निभाएकी झरनाले उक्त चरित्रमा अभिनय गर्नका लागि एक महिना सांकेतिक भाषाको प्रशिक्षण लिनुका साथै वास्तविक बहिरा तथा लाटासँग उठबस गरेकी थिइन् । 'अपांग चरित्रमा अभिनय गर्न गाह्रो हुँदोरहेछ,' झरना भन्छिन्, 'तर अभिनय गर्नुको वास्वविक मजा यस्तै रोलमा आउँदोरहेछ ।'

तिमी मात्र तिमीमा बहिरी हुनुभन्दा पहिला झरनाले ए मेरो हजुरमा अन्धी केटीको भूमिका निभाएकी थिइन् । 'अन्धीको रोल खेल्दा दर्शकबाट जुन माया र सहानुभूति पाएँ, अन्य रोल गर्दा त्यति मार्क भएको पाएकी छैन । त्यसैले लाटीको भूमिका निभाएको तिमी मात्र तिमीबाट म निकै आशावादी छु,' झरना भन्छिन्, 'आमभन्दा बेग्लै चरित्रमा गरेको अभिनय सम्झनायोग्य हुने भएकाले म यस्तै रोलको अपेक्षा गर्दछु ।'

नायिका झरनाले पर्दामा अन्धी, बहिरी, गुन्युचोली लगाउने दुई चुल्ठी बाटेकी गाउँले, सहरिया आधुनिक फेसनेबल घमण्डी केटीदेखि लिएर गुण्डा तह लगाउने एक्सन लेडीसम्मको भूमिका निभाइसकेकी छिन् । 'यही हो कलाकारिता,' झरना भन्छिन्, 'कलाकार भएपछि जस्तोसुकै भूमिकामा पनि सहजताका साथ अभिनय गर्न सक्नुपर्छ । म आफूलाई जस्तोसुकै भूमिकामा पनि सहज महसुस गर्छु ।' अधिकांश फिल्ममा झरना आधुनिक युवतीको भूमिकामा देखापरेकी छिन् । दानवीरमा स्टाइलिस डान्सरको भूमिका निभाएकी उनी क्यारेङ ग्याङ २ मा भने आइटम डान्सरको रोलमा छिन् ।

आमभूमिकाको कुरा गर्दा उनी आफैंलाई भने सहनशील, दुःख पाएकी गाउँले केटीको भूमिका बढी मन पर्छ रे । 'कथाअनुसारको भूमिका गर्नुपरे पनि वास्तवमा मलाई गाउँले, सोझी केटीको भूमिका मन पर्छ,' झरना भन्छिन् ।

आफूले अभिनय गरेका फिल्ममध्ये कुन-कुन फिल्मको भूमिका औधी मन परेको होला यिनलाई ? उनले ए मेरो हजुर, मुग्लान, म तिमीबिना मरिहाल्छु र तिमी मात्र तिमी फिल्म अग्रपंक्तिमा राखिन् । 'आफूले गरेको काम त सबै उत्तिकै प्यारो हुन्छ । तर, यी चार फिल्ममा पाएको भूमिका भने यादगार छन् मेरा लागि,' उनी भन्छिन् ।

ए मेरो हजुरमा अन्धी बनेकी झरनाले मुग्लानमा दोहोरो भूमिका निभाएकी थिइन् । जसको एउटा चरित्र सोझी गाउँले केटीको भूमिकामा थिइन् भने उनको अर्काे भूमिका थियो आधुनिक युवती जो नेपाली हुनमा गर्व होइन, हीनता महसुस गर्छे । 'एउटै फिल्ममा दुई बिल्कुलै विपरीत चरित्र निभाउनु मेरा लागि चुनौती मात्र होइन अवसर पनि थियो,' झरना त्यतिवेलाको कुरा सम्झँदै बोलिन्, 'कताकता डर पनि थियो, दर्शकले मन नपराउने हुन् कि भन्ने । तर सफल भइयो ।' उनले म तिमीबिना मरिहाल्छुमा पनि दोहोरो भूमिका निभाइन् । उक्त फिल्ममा माओवादी छापामारको भूमिकामा एक्सन लेडी भई देखापरेकी झरनाको उक्त एक्सनको तारिफ र चर्चा दुवै भयो । 'म तिमीबिना मरिहाल्छुमा पनि चुनौतीपूर्ण भूमिका निभाएँ । त्यो फिल्म हेरेर दर्शकले मेरो एक्सनको तारिफ गरे,' झरनाले बताइन्, 'त्यसपछि त दर्शकले तपाईं रोनाधोनामा मात्र होइन, एक्सनमा पनि उत्तिकै जम्नुहुँदोरहेछ । अरू फिल्ममा पनि देख्न पाइयोस् भने ।'

सधैं केही नयाँ गरूँ भन्ने चाहना भइरहन्छ रे उनलाई । रोलअनुसार एक्सपोज गर्न आफूलाई आपत्ति नलाग्ने धारणा उनको छ । 'फिल्मको कथाअनुसार ओपन डे्रस लगाउन मलाई आपत्ति छैन,' आफ्नो डे्रस आफंै डिजाइन गर्ने बताउने झरना फिल्ममा आफूलाई छोटा लुगा लगाउन कसैले दबाब नदिने गरेको बताउँछिन्, 'स्त्रि

प्टअनुसार आफैं डे्रस डिजाइन गर्छु । कसैको करकापमा एक्सपोज भएकी छैन । म आफंै कन्सिएस छु ।' झरना आफैंले निर्माण गरेका दुई फिल्म धर्मसंकट र गोर्खालीमा आधुनिक युवतीको भूमिकामा थिइन् । ती फिल्मका गीतमा उनले खुलेरै अंगप्रदर्शन गरेकी थिइन् । 'कथाअनुसार गरेकी हुँ । खुल्न त मलाई पनि कहाँ मन छ र ?,' झरनाले थपिन्, 'अंगप्रदर्शन गरेर चर्चित होइन्छ, दर्शकले मन पराउँछन् भन्ने भ्रममा म छैन । यो सबै सीमित अवधिका लागि हो । लामो रेसको घोडा बन्नका लागि त अभिनय नै चाहिन्छ ।'

यी नायिकाको कुरा अरूले पनि सुन्ने हो कि ?

 

 

 

Subscribe to comments feed Comments (19 posted):

she on 30/04/2010 05:47:32
avatar
yo chhetra paisa kamaune ra anga pradarsan garne madhyem hoina jharna thapaji...kala prastut garne chhetra ho
Thumbs Up Thumbs Down
0
prakriti gautam on 06/09/2009 06:03:59
avatar
hi hello namste jharana ji
tapailai jasto sukai rol pani shut gar6 ni malai hajurko sabai film akdam ramro lag6 ni
Thumbs Up Thumbs Down
0
rajesh on 27/07/2009 09:56:54
avatar
A pagli, Ma hunda hundai timi kina Pagal (pagali) hune. Teshoto kura gardai nahid. Mero maan dukhcha. Ke maile chita buzauna sakena ra timi pagai hune??
Thumbs Up Thumbs Down
0
ashish on 27/07/2009 09:32:27
avatar
dress-up harda aahila ni pagal hunuhuchha jasto lagachha. Thikai chha dress aanushar ko kura aayakoma.
Thumbs Up Thumbs Down
0
tika limbu(kirati) on 27/07/2009 00:31:30
avatar
mero ta pani pani vayo yo heroniko pic dekera yar k garne sampadak jeu???????????????????
Thumbs Up Thumbs Down
0
nanu on 26/07/2009 20:49:23
avatar
timiharu ko jindaginai film jastai ho ,kath putali jastai ho ani last ma komal oli jasto poilai jan pam bhanne sibko barta basne geet gaudai basne,last ma 30,40 chhuna thale pa6e ta kasle tipne,umer bhaenjel boka thita haru sang nachdaima bg,ani umer gaye pa6e bihe garne bhan6an,ankha ma patti banne le matra bihe garna pug6an.tesaile thiti ho soch jawani lai control gara,baru sachikai pagal chahi nahunu
Thumbs Up Thumbs Down
0
tamu butwal (kuwait) on 26/07/2009 17:50:13
avatar
jharnaji tapaile jati garnu relax ta gari haleu umer chan jeri abata garnu nai k rayo ra pagal hunu sibay abata pagal hune rol garnu jaruri chaina afai pagal huncha kina vane.............
Thumbs Up Thumbs Down
0
babag on 26/07/2009 17:23:43
avatar
kasaile tapai vannu kaho kaho,aafai mapai
Thumbs Up Thumbs Down
0
Mohan on 26/07/2009 14:19:54
avatar
that is her own wish . i think that is not needed to comment on unncessary matter. so that plz do not touch other willingness. if u can wish, u r free. that is human right. so that plz try to respect the artist and others as well.
Thumbs Up Thumbs Down
0
Resma sharma birtamod Jhapa on 26/07/2009 10:22:37
avatar
jharna timi haru pagal chai nabhanu ardha pagal chai hau.timiharuko line nai testaicha.Filmlineko manchele jati gaf garepani yoline nai ardapagal harukoho.malai pani thorbaut anubhabcha.best of luck jharna bye
Thumbs Up Thumbs Down
-2
nabeen on 26/07/2009 08:49:21
avatar
umer ma bihe nagere pachghi yastai ho?paisa ra relax matra herne jawani ma .umer gaya pachhi kasle garne marry?
Thumbs Up Thumbs Down
0
gajedi on 26/07/2009 08:41:09
avatar
ha ha ha.... pagale jastai luga fukaler nango rup dekhauna aatur 6in nani. la la na aattiya. testo din pani aau6.
Thumbs Up Thumbs Down
0
T-RAJ KOIRALA on 26/07/2009 07:09:38
avatar
REAL LIFE MA PANI TA TIMI PAGAL NAI HAU NI.. PAGAL LAI PAGAL KAI ACTING GARNA K KO GARO?? YO KUNAI CHUNAUTI NAI HOINA NI??
Thumbs Up Thumbs Down
0
ramji b.c on 26/07/2009 06:58:01
avatar
jharana timile k garna khojadai chhau aabata budhi bhainaur kanchhi ma timro yar timile ti din birsiyau kanchhi my love............? ramji
Thumbs Up Thumbs Down
0
anjan on 26/07/2009 06:15:20
avatar
jharana ji tapai ek Nepali Nari bhayera Paschimi sabhayata ko pachhi nalagnu nai besh hola manau ki bhir bata khasne gai lai ram ram matra bhanna sakinchha kadhai thapna ta sakidaina ni..................
Thumbs Up Thumbs Down
0
kiran on 26/07/2009 06:13:23
avatar
N****** ramro chha
Thumbs Up Thumbs Down
0
dev on 26/07/2009 05:01:25
avatar
histeriya lage jasto lago upachhar ko lagi con't garnu masaga.
Thumbs Up Thumbs Down
0
pagal on 26/07/2009 04:38:26
avatar
jharana ji malai pani pagal banna man chha bastbmai ma tapai dekhe pachhi pagal hunchhu..... tapai jasto manchhe nepali film chetra ma hunu hunchha yo hamro lagi ramro kura ho... yastai pragati gardai janus ........
Thumbs Up Thumbs Down
1
mohan pun on 25/07/2009 21:38:18
avatar
Jharana ji,k bhayo aba film pauna gahro bhayo ki? tapai bichar purai baru biha garne tira lagnus. pachhi keta pauna pani gahro parla,
tapai ko subhachintak Mohan hal germany.
Thumbs Up Thumbs Down
0
total: 19 | displaying: 1 - 19

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?