हिरोइन र मेकअप म्यानबीच चर्काचर्की
एउटै सिनमा नायिकाले आफ्नै सुरले चारथरीका लिपस्टिक लगाइन् भने के होला ? यस्तै भयो सोमबार भागीभागी नजाऊ फिल्मको सुटिङमा । नायिका जेनिशा केसीले एउटै सिनमा फरक-फरक रङका लिपस्टिक लगाएर तनाव दिएपछि फिल्मका मेकअप म्यान उनीदेखि बम्किएनन् मात्र ँयस्ता कलाकारसँग काम गर्न सक्दिनँ’ भन्दै फिल्म छोड्ने चक्करमा लागे ।
चिरञ्जीवी बस्नेतको निर्माण तथा मदन घिमिरेको निर्देशनमा हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म भागीभागी नजाऊ फिल्मकी नायिका जेनिशाले एउटा सिनको सुटिङका क्रममा आफ्नै मनोमानी गर्दै सटैपिच्छे फरक-फरक रङका लिपस्टिक लगाउँदा मेकअप म्यान रवि केसीमात्र होइन, पूरै युनिट चकित पर्यो । यो के गरेको ? भनेर उनले सम्झाउन खोज्दा जेनिशा उल्टो तात्तिइन् । 'मेरो ओठ हो, आफ्नो खुसीले लिपस्टिक पनि लगाउन नपाउने ?
’हिरोइनको कुतर्क सुनेर मेकअप म्यान हैरान भए । सेटमै उनीहरूबीच चर्काचर्की पर्यो । अनि रविले निर्माता चिरञ्जीवीलाई भने, ँम तपाईंको फिल्म गर्दिनँ । भोलिदेखि अर्कै मेकअप म्यान खोज्नुस् ।’ निर्माता किन मान्थे र ? फकाइफुलाई काम गराइरहेका छन् । ँमलाई काम गर्न गाह्रो भइरहेको छ । उनले आफूखुसी मेकअप गर्छिन् । निर्देशकले मलाई हकार्छन् ।’ मेकअप म्यान रविले तात्तिँदै भने, आफंै मेकअप गर्ने भए हामी किन चाहियो ?’
जेनिशाले सुटिङमा अनेक उपद्रो गरेर तनाव दिने गरेको भागीभागी नजाऊमा संलग्न प्राविधिक बताउँछन् । नायिका जेनिशाले सुटिङका अन्य प्राविधिकसँग पनि राम्रो बोलचाल नगर्ने गरेको उनीहरूको गुनासो छ । एकजना प्राविधिकले नाम नछाप्नुहोला भन्दै भने, ँजेनिशाको बोल्ने तमिज छैन । बानीबेहोरा पनि ठीक छैन । त्यसैले म त बोल्दिनँ ।
’उनले बताएअनुसार एक-आपसमा कुरा गरिरहेका प्राविधिकहरू जेनिशाको 'इन्ट्री’ भएपछि चुपचाप लाग्ने गर्छन् । जेनिशा युनिटमा निर्देशक, निर्माता र नायक विराज भट्टबाहेक अन्यसँग बोल्नै खोज्दिनन् । अर्का प्राविधिकले गुनासो पोखे, ँहामीजस्तो सानो मान्छेसँग केको फूर्ति गर्नु ? एक वचन मीठो बोलिदिए के बिग्रन्छ र ?
’ सेटमा जेनिशाले विनाकारण दुःख दिने गरेको उनीहरूको गुनासो छ । उनले घाम नलागे पनि आफूलाई छाता ओढाउन छुट्टै मान्छे माग्छिन् । उनले अर्का पनि 'डिमान्ड’ राखेकी छिन्, 'एकाबिहानै निद्रा डिस्ट्रर्ब गर्न आउने होइन । लाइटिङ भइसकेपछि मात्र लिन आउनू ।’ आफ्नो फिल्मकी नायिकाले प्राविधिकलाई दिइरहेको तनावका बारेमा निर्माता र निर्देशकलाई भने केही थाहा छैन रे ।
के हो त मुख्य कुरा ? भनिसोध्दा निर्माता चिरञ्जीवीले आफूलाई यसबारेमा केही थाहा नभएको बताए भने निर्देशक मदन घिमिरे मेकअप म्यान रवि रिसाएको भन्ने सुनेको तर किन, कोसँग भन्नेचाहिँ थाहा नभएको बताए । चर्काचर्कीपछि जेनिशा र मेकअप म्यान रविको बोलचाल छैन । रवि जेनिशाको वास्ता नगरिकनै मेकअप गर्ने गरेको सुटिङका प्राविधिक बताउँछन् ।



del.icio.us
Digg
mero **** mero khusi ni hoina
lage raho munna bhai
funny always B+ :):)
Nepali film khelne heroine haru ma na knowledge chha,Na kalaakaritaa chha na naitikta chha.
Sabai jasto tyai Bar ra Dance restaurant baat aayeko haru ko yo bhanda dherai kura khojnu sakindaina.
baru yaso goji ma daam chha bhane offer garda ramro hunchha.
आईदेउ थप्पड लगाईदेउ .
aab dakhe make up man lae j van6 uuhi naboli kan garnnu hoen vane aarko heroin ko bikalp khojnnu parla jasto lagya 6 ki kaso ho ?
mukhana hunu jastooooooooooooo?
testa pani hiroen huncha jasto bolneko dhanga hudaina kasailai samman garna jandaina bhane testo pani heroin producer ko pani aakha futeko chha jasto chha?ki producer sab hajurle pani test linubhayeko chha????????????
Post your comment