Newsletter
Email:
Home | मोफसल | किशोरीमाथि प्रहरीको दुव्र्यवहार

किशोरीमाथि प्रहरीको दुव्र्यवहार

Font size: Decrease font Enlarge font

मजदुरी गरेर डेरा फर्किने क्रममा अधिकारीले किशोरीलाई पक्रेर जबर्जस्ती गर्न खोज्दा चिच्याएको आवाज सुनेपछि स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएका थिए । पक्राउ परेका अधिकारी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको अनुसन्धान गरी मुद्दा चलाउने तयारी भइरहेको बताएको छ ।

किशोरीका अनुसार डेरामा फर्किने क्रममा प्रहरी जवान अधिकारीले आफूलाई चिनेको बताउँदै बसपार्कको एक होटलमा लैजाने प्रयास गरेका थिए । तर, जान नमानेपछि अधिकारीले हात समातेर जबर्जस्ती गर्न थालेपछि आफूले गुहार मागेको किशोरीले बताइन् । अधिकारीले भाग्ने प्रयास गरे पनि स्थानीयवासीले लखेटेर समातेका थिए ।

 

 एघार दिनपछि ताला खोलियो

काभ्रे/ तीनसूत्रीय मागसहित आन्दोलनमा उत्रिएका धुलिखेल मेडिकल इन्सिटच्युटका विद्यार्थीले इन्स्िटच्युट र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिनको कार्यालयमा लगाएको ताला बुधबार खोलिएको छ ।

राजनीतिक दलका प्रतिनिधिले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि विद्यार्थीले ताला खोलेका हुन् । इन्स्िटच्युटबाट प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न पाउनुपर्ने, इन्स्िटच्युटमा स्वास्थ्य विज्ञान उत्तीर्ण प्रमाणपत्रलाई आइएस्सीसरहको मान्यता दिनुपर्ने र इन्स्िटच्युटबाट उत्तीर्ण विद्यार्थीलाई विश्वविद्यालयमा आरक्षणको कोटा छुट्याइनुपर्ने माग राखेर विद्यार्थीले २८ असारदेखि तालाबन्दी गरेका थिए ।

राजनीतिक दलका प्रतिनिधिले सबै माग पूरा गराउन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको आन्दोलनको नेतृत्व गरिरहेका प्रवीणता प्रमाणपत्र तह स्वास्थ्य विज्ञान सरोकार मञ्चका अध्यक्ष राजनप्रसाद शर्माले जानकारी दिए ।

 

एफएम प्रसारण बन्द

दैलेख/ जिल्लाको एक मात्र विद्युतीय सञ्चारमाध्यम रेडियो पञ्चकोसी सामुदायिक एफएम कर्मचारीले विभिन्न माग राखी गरेको हडतालका कारण अनिश्चितकालीन बन्द भएको छ ।

व्यवस्थापन समितिले मनोमानी गरी एकलौटी ढंगले एफएम सञ्चालन गर्दै आएको भन्दै कर्मचारी र सञ्चारकर्मीहरू आन्दोलनमा उत्रेका हुन् । एफएममा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि गरिनुपर्ने, आर्थिक कारोवार पारदर्शी हुनुपर्ने, एफएममा अत्यावश्यक सामग्री स्टेसनमै राखिनुपर्नेलगायतका माग राखी अनिश्चितकालका लागि बन्द गराएको कार्यक्रम उत्पादक रवीन्द्र सुवेदीले जानकारी दिए । एफएममा प्राविधिकसहित १० जना पूर्णकालीन सञ्चारकर्मी कार्यरत छन् ।

Subscribe to comments feed Comments (2 posted):

dharma on 23/07/2009 10:56:58
avatar
त्यो पुलिसलाई राम धुलाई नगरी जिम्मा लगएकोमा मलाई नराम्रा्ओ लागो |
Thumbs Up Thumbs Down
0
प्राविधिक on 22/07/2009 23:48:42
avatar
Police nai testo b4 ka 6an, testa le ke samaj ko sudharma sahayog garne. Janatalai dhanyabad jasle police laai samater karwai garna sahayog puryaye.
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?