कही नबिकेपछि हिरोइन
नेपाली कुनै पनि हिरोइन अब्बल ठान्दैनन् निर्देशक ज्ञानेन्द्र देउजा । रक्षकदेखि हिफाजतसम्म उनको निर्देशनमा एक दर्जन फिल्म बनिसकेका छन् । निर्देशित फिल्म हाराहारीकै संख्याका हिरोइन खेलाइसकेका छन् उनले । 'कोही पनि हिरोइनजस्तो लाग्दैन मलाई,' उने भने । नेपाली हिरोइन को कस्ता छन् त यिनको नजरमा ? भनेर जान्ने उत्सुकता तेस्र्याउँदा उनको मुहारमा चिटचिडाहपन देखियो । 'रियलमै हिरोइनको पर्सनालिटी देखिने कोही पनि छैनन् यहाँ ।
सबै लाटो देशमा गाँडो तन्नेरी भएका हुन् ।' निर्देशक ज्ञानेन्द्र प्याच्च बोले, 'देख्दै हिरोइन लाग्ने सुन्दरता, पढाइलेखाइ, पर्सनालिटी, पब्लिक क्रेज भएका कोही पनि छैनन् ।' अहिले जति पनि हिरोइन चल्तीका मानिन्छन्, ती सबै भ्रममा बाँचेको धारणा छ उनको । कसरी त ? 'हिरोइन भन्नेबित्तिकै जुन सुन्दरताको कल्पना गरिन्छ, त्यो छैन । नेपाली दर्शकमाथि खाए खा नखाए घिच भनेर थोपरिएका छन् हाम्रा हिरोइन । नहुनुभन्दा कानो मामा बेस ठानेका छन् दर्शकले ।' ज्ञानेन्द्र बोल्दै गए, 'पढ्न नसकेपछि, कहीँ काम नपाएपछि अनि कहीँ नबिकेपछि अब के गर्ने त ? भनेर हिरोइन बनेका छन् ।' राम्रो परिवारको युवती हिरोइन बन्न नआउनुमा पनि यिनै कारकतत्त्व रहेको उनको आँकलन छ । 'हिरोइन बन्ने भूत चढेपछि आफ्नो बदनाम आफंै गर्छन् हिरोइनहरू । मिडियामा उनीहरूको नकारात्मक समाचार नै बढी आउँछ । यस्ता प्रोपोगान्डा सुने, पढेपछि कुन चाहिँ सरिफ परिवारले पठाउँछ हिरोइन बन्न आफ्नी छोरीलाई ?' निर्देशक ज्ञानेन्द्रले प्रतिप्रश्न गर्दै सोधे, 'तपाइर्ं नै भन्नुस् हाम्रा कुन चाहिँ हिरोइन छन् आहा भन्न, गर्व गर्न लायक ?' मेरो उत्तरले कुनै तुक राखेन । एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक ज्ञानेन्द्रले निरुता सिंहदेखि लिएर उषा पौडेलसम्मका हिरोइनलाई आफ्नो निर्देशनमा अभिनय गराइसकेका छन् । तर, पनि उनलाई कुनै हिरोइन पनि काममा अब्बल, अनुशासित लाग्दैन, न त सुन्दर नै लाग्दो रहेछ । 'हाम्रा हिरोइनमा अध्ययन, अनुशासनको कमी त छँदै छ , त्यसबाहेक पनि कामप्रतिको लगाव, बौद्धिकता, आफ्नो अडान अनि पेसागत इमानदारिताको कमी छ,' ज्ञानेन्द्रले हाम्रा हिरोइनको सुन्दरको बारेमा भनेे, 'मलाई त कोही सुन्दर लाग्दैन । कोही गान्टा छन्, कसैको मुख बांगिएका छन्, कोही पोल्दापोल्दै भागेका जस्ता छन्, कोही लुगा लगाउन जान्दैनन् । कोही अभिनय गर्न जान्दैनन् । कसैको बोल्ने तमिज छैन । कसैलाई लाजसर्म, घिन छैन, बिजोग छ ।' ज्ञानेन्द्र निर्देशित दर्जनमध्ये आधामा रेखा थापा हिरोइन छिन् । उनै रेखाले निर्माण गरेको हिफाजत फिल्मको पनि निर्देशन गरेका छन् । हिरोइन रेखा कस्ती लाग्छिन् त निर्देशक ज्ञानेन्द्रलाई ? 'रेखाको मार्केट-भ्यालु होला । काम गराइ छरितो पक्कै छ । तर, मलाई उनको बानीव्यहोरा मन पर्दैन । उनी स्वार्थी लाग्छ ।' ज्ञानेन्द्रले अर्की निर्मात्री-हिरोइन झरना थापाको फिल्म गोर्खाली पनि निर्देशन गरेका थिए । त्यसपछि अन्य फिल्ममा उनीसँग काम गरेका छैनन् । झरना कस्ती लाग्दो रहेछ त उनलाई ?'गृहिणी महिला भएकाले व्यावहारिक र मिजासिली लाग्छिन् । उनको सम्मान गर्ने बानी मनपर्छ । पर्फर्मेन्सको हिसाबमा त उनमा पनि कुनै अब्बलता देख्दिनँ म ।' सञ्चिता लुइँटेलसँग उनले दागबत्ती फिल्ममा काम गरेका थिए । आफूले दागबत्ती फिल्म निर्देशन गर्दा उनी फिल्म-लाइनमा स्ट्रगल गर्दै गरेकी र त्यसपछि उनीसँग अर्काे फिल्ममा काम नगरेकाले उनका बारेमा खासै थाहा नभएको बताउँदै ज्ञानेन्द्रले भने, 'झट्ट हेर्दा टिपिकल नेपाली हिरोइन देखिए पनि उनको पारिवारिक कारण र पेपरमा आइरहने स्क्यान्डलका कारण दर्शकमा उनको इमेज पनि राम्रो छैन ।' रेजिना उप्रेतीलाई कुरुक्षेत्र फिल्ममा सानो भूमिकामा निर्देशन गरेका थिए उनले । मूल्यांकन कस्तो रहेछ त ? 'रेजिनामा कामप्रतिको धैर्य, लगाव छैन । उनमा राम्रो ब्यानर छान्न सक्ने क्षमता देख्दिनँ म ।' नेपाली हिरोइनमध्ये निरुता सिंहमा अनुशासन तथा कामप्रतिको लगाव केही मात्रामा भएको बताउँदै यी निर्देशकले अरूभन्दा निरुतालाई नै सुन्दर र अभिनयमा अब्बल ठाने । उनले भने, 'अरूभन्दा निरुता नै अगाडि थिइन् सबै कुरामा, तर उनी नै यो क्षेत्रबाट हराइन् ।' उषा पौडेललाई मुनामदनबाट मुना बनाएका थिए ज्ञानेन्द्रले । उषाबाट धेरै आश पनि थियो रे । तर, त्यो आश त्यसै मरेको बताउँछन् उनी । 'मुना मदनमा हिरोइन लिँदा उनले केही गर्लिन् हिरोइनको रूपमा भन्ने आशा थियो । तर, रणसंग्राममा अभिनय गराउँदा पनि उनमा कुनै परिवर्तन देखिनँ । सबै कुरा उस्तै रटाउनुपर्ने ।' किन होला मुना जान्ने नभएकी ? 'खै, उनमा सिक्ने इच्छा नभएको पनि हुन सक्छ,' ज्ञानेन्द्रले अर्काे सम्भावना पनि व्यक्त गरे, 'अध्ययनको कमीले गर्दा पनि हुन सक्छ, उनले नबुझेको ।' यी निर्देशककोे नजरमा वास्तवमा हिरोइन कस्तो हुनुपर्छ त ? 'सुन्दरता, बौद्धिकता ऐश्वर्या राय, माधुरी दीक्षितको जस्तो, अनि पब्लिक क्रेज र इमेजचाहिँ रेखा, सावना आज्मीको जस्तो ।' यस्तो इमेज भएका कुनै नेपाली हिरोइन देखेका छन् त उनले कतै अन्तरकुन्तरमा ? 'अहँ, यस्ता 'डि्रम-हिरोइन' न पहिला थिए, न अहिले छन् । मैले त दूरदूरसम्म पनि यस्ता हिरोइनको संकेत देखेको छैन हामीकहाँ ।' उनले अधिकांश हिरोइन क्याबिन, डान्स रेष्टुराँबाट जन्मिएको बताउँदै त्यही कारणले पनि हिरोइनमा अनुशासन, कामप्रतिको इमानदारिताको गुन्जायस नभएको बताए । भने, 'आफ्नो देशको राष्ट्रपति, प्रधानमन्त्रीको नाम त थाहा नपाउनेछन् । यस्ता हिरोइनसँग काम गरेर केको गर्व गर्नु ?' सुटिङमाबाहेक अरू वेला हिरोइनसँग भेटघाट, कुराकानीसमेत हुँदैन रे यी निर्देशकको । 'किन भेट्ने ? के कुरा गर्ने ?' उल्टो प्रश्न गरे उनले । एउटै क्षेत्रमा काम गरेपछि आत्मीयता त बढ्छ है । 'म फिल्म निर्देशन गर्छु । यो मेरो पेसा हो ।' नेपाल राष्ट्र बैकका सहायक निर्देशक (अधिकृत तृतीय) का जागिरे ज्ञानेन्द्रले उदाहरण दिँदै भने, 'पसल थापेपछि राम्रो/नराम्रो जस्तो पनि ग्राहक आउँछन् । सामान त बेच्नै पर्छ । यही हो मेरो पनि ।' उनले भनाइको अर्थ यस्तो हो कि जस्तो लाग्यो- मान्छे मन नपरे पनि कामचाहिँ गर्नुपरेको छ ।



del.icio.us
Digg
Yeslai sarbajanik rupama bahiskar garna sampurna Nepali haruma anurodh gardachou.
its a bitter truth of Nepal. Same proffession ko manchhe le yesari naramro pakshya aaulaunu sachhain ani Nepali film industry lai bikash ko path ma unmukh garaune tarfa sakaratmak dekhin6 sathai nepali film industry ka heroin bhanne haru diusai bich sadak ma nangina tamsine nayika haru lai satark garuna tarfa hunu parchha.
hamro deas ko hironi haru sabai paisa ko lagi j pani garchan
i have no any good comment for nepali actress all are daughter of *****
I can not believe this type person respect anyone except himself.
Is he trained director? Has he got any degree from acting/ direction school? Who the hell is he? Bullshit!
Nepali heroines are good in the way they are brought up in the society. They are doing what they can. There's no environment to make their career professional and on top of that, people see them as a symbol of sex rather than a actress.
Mr. Gyanendra Deuja, your need to respect people and I doubt you know how to direct or work with the people. I am suprized how come crap like you survive in this film industry?
Learn to respect all and do not forget nepali actresses are also human being who needs suitable environment to make their work more comfortable.
If person like you exist in this field, they would never going to get any support regarding their work and identity.
NAYAPATRIKA, Please do not publish such a crap interview with a perosn who does not know how to respect other people's work? And also interview like this is an insult to the nepali women, no matter if they are actresses or not.
Once again, I request NAYAPATRIKA" to be careful while interviewing a person. Mind the "title" of the interview, which is cheap, degrading and sexist.Please find someone who can express something positive and value the contribution people are making for limited income and to maintain their social status.
Nepali actresses are doing wonderful job. Hats off to them!
Post your comment