Newsletter
Email:
Home | झन् नयाँ | मैले त भगवान् भेटिनँ

मैले त भगवान् भेटिनँ

Font size: Decrease font Enlarge font
image

राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।

त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल ।

बिहानै उठ्यो घाँसको जोहो गर्न हिँड्यो । आयो, हतार-हतारमा 'भात' खायो । र, लाग्यो स्याखु च्यापेर पर्ममा । दिनभर खेतलासँग कहिले जिस्क्यो, कहिले गीत गायो, कहिले अरूका कुरा काट्यो र निरन्तर बीउसँग खेल्यो । यी उपक्रममा कुनै पनि वेला लपक्कै कपडा टाँस्सिने गरी भिजाउँथ्यो, उही पानीले । भिज्नु नै त थियो जिन्दगी ।
डाँडामा घाम डुबेपछि केश-केशबाट पानी चुहाउँदै घर फक्र्यो । जोस थियो, जवानी थियो र हिम्मत पनि । त्यसैले त मध्यरातसम्म काम गर्दा पनि कुनै ऐया थिएन, कुनै अत्था थिएन । ओहो ! सम्झँदा पनि कति मीठो दुःख त्यो । रहरलाग्दो व्यस्तता । सिमिसिम पानी परिरहेको थियो । हामी खेताला हिलाम्मे गह्रामा रत्तिँदै थियौँ । बाउसेहरू आली लगाउने निहुँमा हामी खेतालीलाई हिलो छ्याप्थे । र, उभिएर हास्नसम्म हाँस्थे । हलीदाइ पनि कम थिएनन् । गोरु फर्काउँदै हिलै उराल्थे उनले पनि घरी-घरी । मलाई थाहा थियो, यही मेसोमा उसका चोर नजर ममाथि परेका थिए । अरूका आँखा छलेर उसले जे विनिमय गरिरहको थियो त्यसले मलाई अरू रोमान्चित पाथ्र्यो । लाजले रातै हुन्थेँ । अजीव आकर्षणले तरंगीत हुन्थ्यो सिंगो शरीर । हल्लन्थ्यो मुटु । शारीरिक रूपमा ऊ हेमान थिएन, तर हँसिलो, पटक-पटक ठट्टा गरिरहनुपर्ने, हँसाइरहनुपर्ने । घतलाग्दो बोल्थ्यो ऊ ।

मेला सकेर फर्किंर्दै गर्दा डाँडाको चौतारीमा उसले मेरो हात मुसार्दै प्रशंसा गरेको थियो, 'तिमी साँच्चै राम्री छ्यौ मनिता ! ठूलो निधार छ, गोलो अनुहार र लाम्चा आँखा । तिम्रो मायाले मलाई पागल बनायो ।' प्रशंसाका शब्द मेरा कानमा गुन्जिरहँदा म केवल दाँतले ओठ टोकेर सुनिरहेँ उसलाई । भन्न त मलाई पनि मन लागेको थियो, 'तिमी पनि कम छैनौ नि ! तिमीमा म लठ्ठै छु । रातभर तिम्रै कुरा खेल्छन् यो मनमा । साँच्ची, म तिमीलाई माया गर्छु ।' तर शब्दमै नभए पनि मेरो भंगीमाले यही सम्प्रेषण गरिरहेको थियो ।
बरको छेल पारेर प्रणय-संलाप चलिरहँदा खेतालाको लर्को गीत गाउँदै चौतारो छिचोल्थ्यो । हलो-जुवा बोकेका बाउसेहरू गोरुका ताँती अघि लगाएर स्याँ-स्याँ र सुइँ-सुइँ गरेको सुनिन्थ्यो । योभन्दा पि्रय थियो, मलाई उसको बोली, सामीप्य र तल बेंसीमा बगिरहेको मोदी खोलाको सुसावट ।

पानी थियो, प्रेमी थियो र पानीजस्तै मनग्गे प्रेम । हिलो र धान-बीउको सम्बन्धजस्तै अन्योन्याश्रति बन्दै गयो हाम्रो प्रेम । बर्खामै उसले मलाई धेरैपटक भेट्यो । गफ गर्‍यो । कहिले रोयो । कहिले हाँस्यो । र, कहिले सपना बाँड्यो । डाँडाको चौतारीको छपनीमा बसेर जून हेर्दै गफ गरेको सम्झना कहिले मेटिएला र ! अन्नपूर्ण शृंखलाबाट मोदीसँगै बग्दै आएको मन्द हावा, पानीले भरिएका गह्रामा टल्केको जुनेली छाया र मेरो गालामा पोखिएको उसको तातो हावा । सम्झँदा पनि मन झंकृत हुन्छ । उसले भन्थ्यो, 'बर्खाले जुरायो हाम्रो प्रेम । पानी र प्रेमको नाता हाम्रा लागि गहिरो छ ।' उसले कविता लेखेको मलाई थाहा त छैन, तर ऊ पूरै कवि हृदयको भन्ने लाग्थ्यो ।

एकपटक उसले रोपाइँ गर्दा फाँटको एउटा थुम्कामा उभिएर 'भलो' गायो । लाग्यो, उसले मलाई फकाइरहेछ । माया गरिरहेछ । जे भनेको छ, त्यो मेरा लागि हो । भलोमा कहिएकी कान्छी मै हुँ । पानीसँगै गाँसियो भलोमा पोखिएको माया पनि ।

भर्खरै रोपेको धानले हिलो समाउँदै थियो । पानीमा तैरिएकाजस्ता देखिने गाभा हरिया बन्दै थिए गह्राछेउछाउका खाँझ र खरबारीमा अर्को छिमल घाँस मौलाउँदै थियो । बाली लगाइसकेका गाउँका अनुहारमा फुर्सदको ताजगी देख्न सकिन्थ्यो ।
एकदिन उसले मलाई सिमेखेतको धारामा भेट्यो । ऊ हतारोमा थियो, खुसी गुमेको देखिएको । मैले कपडा धुँदैगर्दा उसले मूलगह्राको आलीमा उभिएर भन्यो, 'अब म गाउँ बस्न नपाउने भएँ ।' अध्ययनको सिलसिलामा उसले गाउँ छाड्नुपर्ने भयो । ऊसको यो खबरले म रन्थनिएँ । धारातल जमेको पानीमा देखिएको चम्किलो सूर्यको प्रतिविम्ब पनि केवल एउटा भ्रमजस्तो लाग्यो मलाई । साथ गुम्नुको सम्भावनाले मेरा आँखा रसाए । मैले निर्निमेष उसलाई हेरिरहेँ । उसको मुहारमा पनि 'सियाँल' छाएको थियो । आँखा झमिझमि पार्दै उसले भन्दै थियो, 'म भइनँ भने पनि तिमीले आफ्नो ख्याल गर्नू । पढ्न नछाड्नू । हामी गाउँलेको जिन्दगी यस्तै हो ।'

उसले मलाई जे भनेर सम्झायो त्यसले म अरू विचलित बनेँ । निरन्तर बग्दो धाराको पानी मुखमा छ्याप्दै आँखा मिचेँ, यो सपना थिएन ।
अन्ततः उसले झोला बोकेर घर छाडेको दृश्य हेर्नुपर्‍यो मैले । ऊ हिँडेको देखिन्जेलसम्म हेरिरहेँ । उसले गाउँ छाडेको महिनाँसम्म पनि उसको सामीप्यता याद आइरह्यो । अरूभन्दा पनि हाम्रो प्रेमको भविष्यबारे चिन्तित थिएँ म । मनमा अनेक कुरा खेले । कतै उसले मलाई बिर्सने पो हो कि ? यो प्रश्नले मलाई पटक-पटक झस्क्याइरह्यो । डाँडाको चौतारी, चौतारीमा उभिएका वर-पीपल, घरछेवैको धारो, रातो-दिन ऊ हिँडेको बाटो र रोपाइँ गरेको फाँट, सबैतिर उसको छाया देख्थेँ म ।

उसले मैले पत्र लेखुँला भनेको थियो । घरगाममा हुलाकी आउँदा कतै उसले मलाई चिठी पो लेख्यो कि भनेर मुटु धड्कन्थ्यो । जब हुलाकी हाम्रो घरछेउको बाटो हुँदै अर्को गाउँतिर लाग्थ्यो, त्यतिवेला म मूर्छित हुनुसिवाय अरू केही विकल्प थिएन । म झोक्राएर बस्थेँ ।
कहिलेकाहीँ सोच्थेँ 'मैले उसलाई यतिसाह्रो किन माया गरिरहेकी छु ?' यसको सत्य जवाफ मसँग थिएन, थियो त केवल उसको याद ।

असोज लागेपछि गामघरमा पूजाआजा हुन थालेँ । कतै सत्यनारायणको पूजा, कतै चण्डी र कतै सप्ताह वाचन । सबै पूजाआजामा भजन-कीर्तन हुन्थ्यो । हामी साथीसंगी पनि 'रुमानी रङ'मा रग्मगाउँथ्यौँ । रमाइलो गर्दैगर्दा बीचमा मलाई अचानक उसको यादले सताउँथ्यो । र, म शून्यमा हराउँथे । नाचगानको वातावरण एकाएक एउटा निस्सार परिदृश्यमा बदलिन्थ्यो मेरा लागि । र, मैले साथीहरूलाई भन्थेँ, 'आज पुग्यो, घर जाम भो ।'

मोराको न कुनै पत्र प्राप्त भएको थियो न त कुनै समाचार । गाउँले कसलै मलाई भनेको थियो, ऊ काठमाडौं पुगेको छ रे ! ऊ काठमाडौं पुग्यो भनेपछि मेरो मनमा अरू धेरै शंका-उपशंका उब्जिन थाले । उतै कुनै केटी पो पायो कि उसले ! एक्लै रिसाउन थालेँ म । कतिसम्मको पापी त त्यो, कमसेकम एउटा पत्र त लेख्न सक्थ्यो नि ! मैले उसका अप्ठ्यारा, बाध्यता र संघर्षका पाटालाई कहिल्यै सोच्न सकिनँ वा चाहिनँ । मलाई उसको साथ, तृप्ति र संवेगको खाँचो थियो ।

बिहे महिना सुरु भयो । हुर्केका छोरा-छोरीका लागि आफन्तहरू मिल्दो जोडी खोज्न थाले । कहिले सानीलाई केटा हेर्न आएको कुरा सुनियो, कहिले तल गोबिन्देले वधू हेर्न गएको । त्यति मात्र होइन, मेरा कतिपय साथीको बिहे नै तय भएको खबर सुनियो ।

एकदिन मलाई पनि केटा हेर्न आयो । म विवश थिएँ, मलाई मेरो उसले बिहेको वचन दिएको थिएन । परिवार र आफन्तहरूको चौघेरामा उभिएँ म । 'तैले धेरै सपना नदेख कान्छी, अब बिहे गर्नुपर्छ । केटा राम्रो छ' अहिल्यै आफ्नो बिहेको उमेर नभएको भन्ने मेरो जिकिरको प्रतिरोधमा आमाले भनिन्, 'अब अरू कुरै छैन । बिहे पक्कापक्कीजस्तो भयो ।'

नभन्दै बिहे तय भयो । मलाई यस्तो चंगुल बनाएर मनाइयो, मसँग विद्रोहको ताकत थिएन । मेरी एउटी संगीले सोधी, 'जीवनलाई तैले अब छाड्छेस् त ?' मैले आँखाबाट आँसु झार्दै मेरो बाध्यता र उसको बेखबरको अवस्था दर्साएँ । बिचरी, संगी काली पनि रोई ।

प्रकृतिमा पानी थिएन, त्यसैले मेरो औपचारिक प्रेमी पनि थिएन । अब मसँग थियो, एउटा अपरिचत, अन्जान र राम्रो भनिएको अर्कै साथी । घरपरिवारका तमाम रंग-ढंग, शैली र रिवाज । सबै मलाई नाटकजस्तै लाग्थे । शरीर र व्यवहार एउटा थियो, मनमस्तिष्क र सपना अरू-अरू नै । पृथक् ।
मैले पछि सुनेँ, उसले मेरो बिहेको खबर पायो रे ! रोयो रे ! विछिप्त भयो रे ! र, अरू अरू... पनि । तर, सबै मेरा लागि केवल सन्तप्त पार्ने समाचार मात्रै थिए, कुनै विद्रोही उद्दीपक थिएनन् ।

बिहेपछिका पाँच वर्षसम्म पनि मैले उसलाई भेट्न सकेकी छैन । देख्न पाएकी छैन । सुन्छु 'उ पनि सहरमा कहीँ कतै समयसँग भौँतारिँदै छ ।' त्यतिवेला मैले उसलाई भनेकी थिएँ, 'तिमी मेरो भगवान् हौ । हामी सँगै नभए पनि भगवान् त जहाँ पनि हुन्छन् ।' तर, अहिलेसम्म मैले भगवान् भेट्न सकिनँ ।

हरेक वर्ष वर्षात्मा उसको यादले मलाई तड्पाउनसम्म तड्पाउँछ । बाहिर पानी दर्किरहेको रात एकातिर उसको मीठो सम्झना र अर्कोतिर आफूसामुको तीतो यथार्थले मलाई अनौठो चेतमा भसाएको छ ।
अहिले मसँग वर्षात् त छ, तर ऊ छैन । उसका कुरा छैनन् । हलो-जुवा, रोपाहार छैनन् । अर्म-पर्म छैन । रोपाइँ छैन । भलो छैन । पानी भरिएर समाबाट पानी छचल्काउने गह्रा छैनन् । मोदीको सुसावट छैन । भन्ज्याङको चौतारी छैन । छेल पार्ने वर-पीपल छैन । मात्र पानी छ र साथमा फगत जुनेली विगतको तिर्सना ।

नारायण अमृत
narayan.amrit@gmail.com

Subscribe to comments feed Comments (28 posted):

sonu on 18/08/2009 10:55:43
avatar
it touches my heart. keep up writing.
Thumbs Up Thumbs Down
0
on 14/08/2009 10:23:01
avatar
NARAYAN JI YO AUTA REAL STORY JASTO LAGYO. YESKA SABAI KURA UTIKAI RAMRA RA MITHA ANI GHAT LAGDA SA SARAI SIMPLE CHHA BUJNA LAI. HAJUR KO UTTAR UTTAR PARGATI KO KAMANA CHHA
Thumbs Up Thumbs Down
0
Balram shres on 08/08/2009 03:44:44
avatar
its really gud,i like it verymuch thks narayan ji.......mero mutu chhoyo yar,malai mero purano kura haruko yad dilaidiyo...
Thumbs Up Thumbs Down
0
anjan Sathee on 02/08/2009 12:23:20
avatar
you r genius man!!!!!!!
Thumbs Up Thumbs Down
0
utsav on 29/07/2009 12:45:22
avatar
hi narayan ji,
it is a quite romantic and tregetic story.i read it and like it very much.thank you very much for the nice story......i have read a good story after a long time i was actuaaly fed off to read all those bloody news everyday.
it's given me a good feeling.
U
Thumbs Up Thumbs Down
0
sashi karki on 27/07/2009 06:00:30
avatar
i like it . dharai man paryo.

sashi
Thumbs Up Thumbs Down
0
sashi karki on 27/07/2009 05:58:52
avatar
i like it. thank u
Thumbs Up Thumbs Down
0
Indira on 25/07/2009 02:03:47
avatar
Hi Narayan g
This is really nice story I like it so much keep it up.
Thumbs Up Thumbs Down
0
anil on 24/07/2009 17:06:37
avatar
i realy like
Thumbs Up Thumbs Down
0
Mygdi Khole Malla on 24/07/2009 07:30:09
avatar
Dear Narayan Amrit ji you are great story writer.I read all the words which are combined very strongly according to circumstance of villager.You are doing great job and keep it up.Best wishes for ur bright future.
Thumbs Up Thumbs Down
0
nishal on 20/07/2009 03:27:31
avatar
gangan aati vo narayan g sakna vaya manish ko jindaki badalne katha lekhnus niras banauna hoina .tyo kati la shangharsha gareko chhitra kornus hoina vana yasta lekhaka ko kami chhina
Thumbs Up Thumbs Down
0
krishna bhandari kripa on 19/07/2009 12:24:56
avatar
narayan g dhari ramro katha ma lai man parao hai.
Thumbs Up Thumbs Down
0
durga basyal on 19/07/2009 10:51:03
avatar
नारायण जी कथा निकै राम्रो र रोचक लाग्यो यो कथा नभएर तपाईको आफनो जीबनमा
धतेको धटना जस्तो लाग्यो आखिर जे कथा राम्रो लाग्यो यो बिदेशी भूमिको लामो बसाइमा
नेपालको सम्झना आयो आशा छ यस्तै कथा अरु पनि लेक्दै गर्नु होला धन्दबाद
Thumbs Up Thumbs Down
0
safar sharma on 19/07/2009 09:06:35
avatar
नारायण जी, ti केटी कहा छीन तापें को सम्पर्कम bhaye please फ़ोन pau न
Thumbs Up Thumbs Down
0
yam kafle on 19/07/2009 07:01:07
avatar
sarahi ramro katha lekhnu bhayo narayan ji ankhabata ansu nai rasayo thanks a lot tapaiko kathako lagi
Thumbs Up Thumbs Down
0
Mahendra on 18/07/2009 17:03:05
avatar
नारायण जी लेख साह्रै राम्रो लगयो धेरै पहिलेको कुरा हरु अयो , जेहोस् तपाईं को लेख पढ्द अतित लाई सम्झेर केही क्षण खुशी हुने मौका पये आशा छ फेरी फेरी पनि यस्तै मन छुने र बस्तिबक लेख लेख्नु हुने छ ,

धन्यवाद.
Thumbs Up Thumbs Down
0
Rupak on 18/07/2009 14:39:11
avatar
नारायण जि तपाईंको यो कथा ले मेरो मन कटक्क खायो । शायद मेरो मेरो वास्तविक जिबन मा मेल खाएर होला साचिनै मलाई तेइ दिन् अनी तेइ समयको याद आयो । कृपया फेरी पनि यस्ता कथा हरुलाई निरन्तर्ता दिनु होला है ।
Thumbs Up Thumbs Down
-1
poudel on 18/07/2009 13:29:33
avatar
This is really great story I like it Narayan ge. Keep it up.

Thanks
Thumbs Up Thumbs Down
0
Silmeli Kanchho on 18/07/2009 13:10:02
avatar
नारन दाई, ठुली ऐकादशी मेलाआ मदीमुनी पुगेर फर्किदा हरहरेको डिलनेर उनले खुट्टा गले भनेपछि तपैले बोकेको, माथि पुगेर गम्छाले पसिना पुछेको चै लेख्न बिर्सेको ?
Thumbs Up Thumbs Down
1
T-RAJ KOIRALA on 18/07/2009 12:41:57
avatar
REALLY A GREAT STORY... FULL OF LITERATURE AND EXACT NEPALI WORDS.KEEP IT UP BRO...
Thumbs Up Thumbs Down
1
The Aavas on 18/07/2009 10:59:33
avatar
मलाई चै मन पर्यो है...!!!
Thumbs Up Thumbs Down
0
Asmita thapa on 18/07/2009 10:31:28
avatar
Dear Narayan Amrit jee !
its really great story . actually the language and rythm of writting style is sooooooooo much nice . is it your really feeling ?
Asmita thapa. uk
Thumbs Up Thumbs Down
0
NANUKAJI on 18/07/2009 09:40:33
avatar
sir ,,,,,, it's really great...i love it .

gaule jibin ra maya/prem ko reality lai utarnu bhayeko rahecha ... really i m feeling sometime i m faceing this problem.....thanks for author
Thumbs Up Thumbs Down
0
हरिहर पोखरेल on 18/07/2009 09:11:02
avatar
अत्यन्त सुन्दर नारायण जि निरन्तरता दिनु होला ल !
Thumbs Up Thumbs Down
1
rupesh Adhikari on 18/07/2009 08:14:04
avatar
त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल ।
Malai purai gaun purao yo stor le .....Please Naran Ji kamtima haptako euta yesto lekh lekhnus hai .
Thumbs Up Thumbs Down
0
rajkumar bhujel on 18/07/2009 07:14:05
avatar
yo ta ohama matrai hain lakhhau gaulema hune bi6odko pida ho .. yo baddheta padda sarai dhukha lagyo malai.......
Thumbs Up Thumbs Down
0
tiwari sanjaya on 18/07/2009 06:39:15
avatar
hello sir sary ne paraho ke dhary ramro poem cha maila ta 3 choty red gara ne ho kali ra mody pane yeak yeak bhayako cha ne hoyne
Thumbs Up Thumbs Down
0
Peter (PP) on 18/07/2009 06:38:40
avatar
Thank you, keep it up. Specially who work in overseas far away from their home they definietly enjoy like this article...

Thanks
Thumbs Up Thumbs Down
-1
total: 28 | displaying: 1 - 28

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?