Newsletter
Email:
Home | मोफसल | यातनापछि विस्थापित महिला होटलमा भाँडा माझ्दै

यातनापछि विस्थापित महिला होटलमा भाँडा माझ्दै

Font size: Decrease font Enlarge font
image

घरायसी विवादमा श्रीमान्ले चरम यातना दिएपछि हस्तीचौर गाविस मल्दी निवासी तिलकुमारी महत विस्थापित भएकी छिन् । छोराहरू पाल्न उनी तम्घासका होटलमा भाँडा माझ्दै छिन् ।

खुर्पाले खुट्टा तथा शरीरका अन्य भागमा छप्टिएर ज्यानमार्ने धम्की दिएपछि तिलकुमारी सदरमुकाम तम्घासमा विस्थापित भएकी हुन् । गत ८ माघमा खुर्पाले छप्काएर घाउ बनाएपछि मरणासन्न हुनेगरी कुटेर श्रीमान् कृष्णबहादुर फरार भएको उनले बताइन् ।

श्रीमान्को धम्कीपछि विस्थापित तिलकुमारी एकवर्षे दूधेबालक घरमै छाडेर विगत पाँच महिनादेखि सदरमुकामको होटलमा भाँडा माझ्दै आएकी छिन् । एउटा छोरो सासूलाई जिम्मा लगाए पनि दुई छोरा उनकै साथमा छन् । 'एक वर्षको बच्चा बूढी हजुरआमाको साथमा छ,' उनले रुँदै भनिन्, 'घरमा गएर बसुँ भने फेरि आएर -श्रीमान्ले) मार्ने हुन् कि भन्ने डरले जान सकेकी छैन ।'

कृष्णबहादुरसँग तिलकुमारीको दोस्रो बिहे भएको हो । आफूसँगै रहेका अघिल्लो श्रीमान्बाट जन्मिएका सात र चार वर्षका दुई छोरा र दूधेबालकको बिचल्ली भएको उनले बताइन् । 'एक्लै भए जसरी पनि चल्थ्यो, साथमा लालाबाला छन्, यिनको बिचल्ली भएको छ,' उनले भनिन् ।

सात वर्षअघि अघिल्ला श्रीमान्को निधनपछि प्रलोभन देखाएर दुई वर्षअघि कृष्णबहादुरले बिहे गरेको तिलकुमारीले बताइन् । त्यसअघि उनी अर्खले गाविसमा बस्दै आएकी थिइन् । 'विधवा भएको सात महिनादेखि घरमै आएर फकाए, जीवनमा नयाँ खुसी र छोराहरूलाई आफ्नो सम्पत्ति दिने कागज गरेपछि विश्वास लागेर पुछिएको सिउँदो फेरि रंगाउन पुगेँ, खुसी लामो समयसम्म टिकेन,' उनले थपिन्, 'बरु उसै ठीक थियो । झन् कुटाइले शरीरै अधकल्चो बनाइदियो अपराधीले । काम गरेर खान पनि नसक्ने भएँ ।'

कृष्णले ढाँटेर तिलकुमारीलाई बिहे गरेका थिए । 'बिहे गरेपछि जेठी श्रीमती बुटवलमा राखेको थाहा भयो,' बिहे गरेको छैन भन्दै ढाँटेर बिहे गरेका कृष्णले डेढ महिनापछि नै कुटपिट गरेको उल्लेख गर्दै उनले भनिन्, 'सुत्केरी हुँदासमेत कुटपिट गर्न बाँकी राखेनन् ।' कुटपिटपछि घाइते उनलाई मल्दीकै आमासमूह र स्थानीयले सहयोग जुटाएर अस्पताल पुर्‍याएका थिए । उनको उपचारमा स्थानीय प्रशासनले पनि सहयोग गरेको थियो । तर, सहयोगले मात्र उपचार हुन नसकेको बताउँदै उनले भनिन्, 'सहयोग त भएको थियो, तर उपचारमा एक लाखभन्दा बढी ऋण लागेको छ ।'


Subscribe to comments feed Comments (7 posted):

राम प्रसाद पंगेनी on 11/07/2009 07:05:05
avatar
सम्पादक ज्यू
यो समाचार कुन जिल्लाको थाहा नै हुन सकेन नि ।
आगामी दिनमा समाचार अपडेट गर्दा वेवसाईटमा पनि डेटलाईन सहित राखेमा राम्रो हुन्थ्यो ।
Thumbs Up Thumbs Down
0
dipendra kc on 10/07/2009 11:38:48
avatar
aapach ganatanra hasurera bhoka jantako mukhma dakarneharule jajarkot ra yesta hajaru tilkumari harulai dekheko kahoi?
Thumbs Up Thumbs Down
0
dipendra kc on 10/07/2009 11:33:45
avatar
kathmanduma ganatantrako bhag khaira jantako mukhma dakarneharule yekchoti jajarkot ra yesta hajarau til kumariharulai her.
Thumbs Up Thumbs Down
0
arjun sarki on 10/07/2009 05:28:57
avatar
arjun sarki
baglung hall qatar
mero vanaiyasto chh aama samuha ani koi bau samuha sabai milera kishna bhadur ko ghar jagga til kumari ko namma garai dinu par chh
Thumbs Up Thumbs Down
0
Dilaram on 10/07/2009 04:23:06
avatar
yasta shreemati palna nasakara kutnelai ta tesko tio sambedansil (linga) uanga nai katara dhika ma ghundiyara rakhnu parcha
Thumbs Up Thumbs Down
0
yuvraj rijal on 10/07/2009 01:54:40
avatar
patrakaar mahodaya sabhya bannuhos.
timi hoina tapai le sambodhan garnuhos.

k nepal maa patrakaar le jaslaai pani timi, uni bhanera sambodhan garna chhut chha? kaanun le jaslaai pani jasari pani sambodhan garna chhut diyeko chha?
Thumbs Up Thumbs Down
0
Rajesh on 09/07/2009 17:10:25
avatar
तिलकुमारी ko श्रीमान् कृष्णबहादुर lai sajay mrityu hunuparchha
Rajesh
Thumbs Up Thumbs Down
0
total: 7 | displaying: 1 - 7

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?