Newsletter
Email:
Home | कभरस्टोरी | मन्त्रीले राजीनामा मागेपछि आयोग अन्योलमा

मन्त्रीले राजीनामा मागेपछि आयोग अन्योलमा

Font size: Decrease font Enlarge font
image

सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) ले प्रशासन पुनर्संरचना आयोगका पदाधिकारीको राजीनामा मागेका छन् । मन्त्रीले राजीनामा मागेपछि दोस्रो चरणको प्रतिवेदन तयार गर्न जुटेको आयोग अन्योलमा परेको छ ।

सागर पण्डित/नयाँ पत्रिका

काठमाडौं, १९ असार

 माओवादी नेतृत्वको सरकारले तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुसालको अध्यक्षतामा नौ सदस्यीय प्रशासन पुनर्संरचना आयोग गठन गरेको थियो । संघीय लोकतान्त्रिक शासन व्यवस्थाअनुरूप सार्वजनिक प्रशासनमा आमूल रूपान्तरणका लागि सुझाब पेस गर्न आयोग गठन भएको हो । आयोगले पहिलो चरणमा सार्वजनिक सेवा प्रवाहमा सुधारसम्बन्धी सुझाबसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

दोस्रो चरणअन्तर्गत प्रशासनको संगठन संरचना, राष्ट्रसेवकको तलब-सुविधा, सार्वजनिक संस्थानको सेवालगायतका विषयमा अध्ययन गरी सुझाब तयारीको गृहकार्यमा आयोग जुटेको छ । तर, मन्त्रीले राजीनामा मागेपछि पदाधिकारी अन्योलमा परेका छन् ।

आयोग स्रोतका अनुसार कामकारबाहीबारे जानकारी गराउन केही दिनअघि आयोगका पदाधिकारीहरू मन्त्री श्रेष्ठलाई भेट्न पुगेका थिए । त्यही भेटमा मन्त्रीले पदाधिकारीको राजीनामा मागेका हुन् ।

'तपाईंहरूले राजीनामा दिएर मलाई काम गर्न सजिलो बनाइदिनुपर्‍यो,' मन्त्रीको भनाइ उद्धृत गर्दै आयोगका एक सदस्यले नयाँ पत्रिकासँग भने । उनका अनुसार आयोगका सदस्यहरूले आफूहरू मन्त्रिपरिषद्बाट नियुक्त भएकाले मन्त्रीले भन्दैमा राजीनामा दिन नसक्ने जवाफ दिएका थिए ।

एमाले नेतृत्वको सरकार बनेयता आयोगको बैठकसमेत बस्न सकेको छैन । मन्त्रीले राजीनामा मागेपछि सदस्यहरूले कामकाजसमेत गरेका छैनन् । 'राजीनामा मागेपछि काम अघि नबढ्नु स्वाभाविक हो,' अर्का सदस्यले भने, 'त्यसैले कामकारबाही प्रभावित भएको हो ।'

प्रशासन पुनर्संरचना आयोगका सदस्यसचिव युवराज भुसालले आफूलाई पदाधिकारीको राजीनामा मागिएको जानकारी नभएको बताए । 'त्यस्तो जानकारी त मलाई छैन, तर हाल आयोगको कामकाज भने प्रभावित भएको छ,' भुसालले भने ।

आयोगका सदस्यमा महेन्द्रनारायण मिश्र, विजया केसी, अच्युतबहादुर राजभण्डारी, बालकृष्ण प्रसाईं, राजेन्द्रबहादुर सिंह, मुक्ति खनाल, डम्बरबहादुर विक, सीताराम मण्डल छन् ।

Subscribe to comments feed Comments (3 posted):

Rabindra Dhital on 06/07/2009 11:25:29
avatar
like it bhanna namilne
Thumbs Up Thumbs Down
0
bishnu prasad phuyal on 05/07/2009 10:39:49
avatar
Aayoga ka sadasha heru le rajinama nadea mantri jau lai neki garo paricha .kamuna gayaka aafno berodi parti ka mancha sanga kam garna garo hnucha.Teshi le rajinama magako hola
E mantti lai ta faidai faidea latti le haneko kukura tada.
Thumbs Up Thumbs Down
0
ss on 04/07/2009 05:26:32
avatar
Nepal ma yestai ho. sarkar 3-4 mahina tikchha ani kahile kosko kahile kosko rajinama magyo. Teti gardai ma time janchha. Nepal Ko develop garne tira kosako chaso chha. Nepali ko paisa ma moj garna pako cha ani sadhai bhasan garyo hidyo. Khate netaharu. sala sabai chor ho.
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?