'मलाई प्रधानमन्त्री बन्ने लोभ छैन'
काठमाडौं/ माओवादीका अध्यक्ष प्रचण्डले अब बन्ने राष्ट्रिय संयुक्त सरकारको नेतृत्व आफूले नगर्ने घोषणा गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलका नेतासँगको छलफलमा प्रचण्डले माओवादीका अन्य नेताले सरकारको नेतृत्व गर्ने बताए । 'मलाई प्रधानमन्त्री बन्ने लोभ छैन, अब अरू साथीहरू सरकारमा जानुहुन्छ,' बैठकमा सहभागी चुरेभावर पार्टीका अध्यक्ष केशव मैनालीले प्रचण्डलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने । छलफलमा अध्यक्ष प्रचण्डले आवश्यक परे नयाँ सरकारको नेतृत्व माओवादीबाहेकका दलले गर्न पनि सक्ने बताएका थिए । 'हाम्रै नेतृत्वमा सरकार गठन गर्नैपर्छ भन्ने होइन, सहमतिमा तय गरौँला,' प्रचण्डलाई उद्धृत गदै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले भने । जोशीका अनुसार प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवले चालेको कदम सच्याउने र राष्ट्रिय संयुक्त सरकार गठन गर्नेमा मात्रै आफ्नो ध्यान केन्दि्रत रहेको जानकारी दिए । माओवादीको पोलिटब्युरो बैठकले गरेको निर्णय पनि प्रचण्डले छलफलमा सहभागी नेतालाई सुनाएका थिए । छलफलमा सहभागी अधिकांश दलहरूले राष्ट्रिय संयुक्त सरकारलाई माओवादीको नयाँ चालबाजीका रूपमा व्याख्या गरेका थिए । जोशीले भने, 'राष्ट्रियता पहिलेदेखि नै खतरामा थियो, अहिलेदेखि होइन भन्यौँ ।' बैठकमा फोरम संस्थापन समूहका नेताहरूसहित संयुक्त, चुरेभावर, जनमुक्ति पार्टी, राप्रपा, सद्भावना पार्टीलगायत सहभागी थिए ।



del.icio.us
Digg
tampai nepal kai sabai vanda aasakcham prime minister saabit vayai saku vayai cha so tapai ko natikta lai pani aba PM hunuhudaina.
Post your comment