Newsletter
Email:
Home | कभरस्टोरी | डलरमा फिरौती तिरेर उम्किए जगदम्बा स्टिलका सञ्चालक

डलरमा फिरौती तिरेर उम्किए जगदम्बा स्टिलका सञ्चालक

Font size: Decrease font Enlarge font
image

प्रतिष्ठित औद्योगिक प्रतिष्ठान जगदम्बा स्टिलका सञ्चालक सञ्जय सुरेश डलरमा फिरौती तिरेर अपहरणकारीको चंगुलबाट मुक्त भएका छन् । दुई साताअघि सारडा ग्रुपका महेश सारडा पनि फिरौती तिरेर उम्किएका थिए ।

२८ जेठमा तीनकुनेबाट अपहरणमा परेका व्यापारी सुरेश दुई लाख डलर -करिब डेढ करोड नेपाली रुपैयाँ) फिरौती तिरेर रिहा भएका छन् । कमलपोखरीनिवासी सुरेशको परिवारले चारवटा बि्रफकेसमा रकम भरेर अपहरणकारीलाई हुन्डीमार्फत दुबई पठाएपछि उनी शनिबार बिहान रिहा भएका हुन् ।

प्रहरी स्रोतका अनुसार उनी शनिबार बिहान सात बजे आफ्नो घर आइपुगेका थिए । उनलाई अपहरणकारीहरूले त्रिपुरेश्वरसम्म ट्याक्सीमा ल्याएर रिहा गरेका थिए ।

अपहरणकारीहरूले व्यापारी सुरेशको अपहरण गरेलगत्तै उनको परिवारसँग टेलिफोनमार्फत रकम डिल गरेका थिए । उनीहरूले व्यापारीको परिवारसँग कुरा गर्दा चोरीका मोबाइल नम्बरहरू प्रयोग गरेका थिए ।
जानकारी पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको एन्टी किड्न्यापिङ सेलको टोली सुरेशको खोजीमा जुटेको थियो ।

प्रहरी स्रोतका अनुसार सुरेशको अपहरण नयाँ समूहले गरेको हो । अपहरणकारीले आफैंले रकम नलिएर हुन्डीमार्फत दुबईमा पठाउन लगाएका थिए । स्रोतका अनुसार अपहरणकारीहरूले हुन्डीबाट पठाउने रकम व्यापारी सुरेशकै चिनजानको व्यक्तिको नाममा दुबईमा पठाउन लगाएर उनीमार्फत आफूले भुक्तानी लिएका थिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनीहरूले अपहरित परिवारका सदस्यहरूसँग फोनमा डिल गर्दा छिनछिनमा फोन नम्बर परिवर्तन हुन्थ्यो । एक अधिकारीले भने, 'अपहरणकारीले फोनमा कुरा गर्दा नेपालको नम्बर देखिन्थ्यो । तर, त्यहीवेला अपहरितसँग कुरा गर्दा उनको टेलिफोनमा भारतीय नम्बर डिस्प्ले हुन्थ्यो ।' प्रहरी स्रोतका अनुसार अपहरणकारी आधुनिक सञ्चार प्रविधिका जानकार रहेका र उनीहरूले प्रहरीलाई चक्मा दिन प्रविधि दुरुपयोग गरेका थिए ।

सुरेश मुक्त भएलगत्तै अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू कमलपोखरीमा रहेको उनको निवासमा आएर उनीसँग भेटघाट गरेका थिए । तर, सुरेश परिवारले प्रहरीलाई अपहरणको बारेमा सबै जानकारी दिएको छैन । स्रोतका अनुसार अपहरित सुरेशले प्रहरी टोलीलाई आफूले अपहरणबाट मुक्त हुन बुझाएको रकमसमेत खुलाउन मानेका छैनन् ।

जेठ महिनामा अपहरणमा परेका सुरेश दोस्रो व्यापारी हुन् । यसअगाडि अपहरणकारीहरूले सारडा समूहका उद्योगी महेश सारडाको अपहरण गरेका थिए । आफ्नै ड्राइभरको सहयोगमा थापाथलीमा रहेको आफ्नै घरबाट अपहरणमा परेका सारडा अपहरणको आठ दिनपछि १४ लाख फिरौती बुझाएर रिहा भएका थिए । प्रहरीले व्यापारी सारडाको अपहरणमा संलग्न ६ जना नेपालीलाई पक्राउ गरिसकेको छ । अपहरणमा संलग्न तीनजना भारतीय भारतमा पक्राउ परेका छन् ।

२२ जेठमै अपहरणमा परेकी १९ वर्षीया विद्यार्थी ख्याति श्रेष्ठको भने हत्या भएको थियो । पारिवारिक चिनजानका शिक्षकबाट अपहरणमा परी हत्या गरिएकी ख्यातिका अपहरणकारी वीरेन श्रेष्ठ र उनकी सहयोगी मेरिना शाक्यलाई प्रहरीले १५ दिनपछि काठमाडौंमा पक्राउ गरेको थियो । यसरी पछिल्लो समयमा राजधानी काठमाडौं अपहरणकारीको राजधानी बन्दै गएको छ ।

Subscribe to comments feed Comments (6 posted):

sujan lama on 01/12/2009 05:21:48
avatar
thula bepari lutnu bhane sadahran ho dollar phirauti lekeko manchi budimani rehecha paisa kamuni sajilo bato apnunu bhayeko jasto lagcha keep it up?
Thumbs Up Thumbs Down
0
on 26/07/2009 09:34:10
avatar
nepal ma aphrankari ra hatyara lai encounter garne kanun hunu parchha a police prasan pani eakdam nispachaya bhayar agadi janu paryo
Thumbs Up Thumbs Down
0
Raskin Dhamaniya on 21/07/2009 07:09:03
avatar
yo kidnap tyo dev le gareko huna sakchha. tesko comment herau ta ekpatak. kidnap bhaneko kasailai pani garnu hudaina bhanne thaha chhaina k ho?
Thumbs Up Thumbs Down
0
Madhav on 16/07/2009 09:23:48
avatar
everything has limits. Please make the law of death penalty.
Thumbs Up Thumbs Down
0
dev on 16/07/2009 05:29:51
avatar
jasle gareko bhaya pani dhanya bad nepal ka sabai paisa wala lai yasarinai apaharan gararanu mero samar than chha tar paisa des bikas ma laidinuhola durupayog nahos
Thumbs Up Thumbs Down
0
राज चाम्लिङ,खोटाङ on 13/07/2009 01:25:36
avatar
नेपालमा स्थायि राजनीतिक नभएको कारण येक् अर्को लचिलो कानुन् को कारन् नै यि सब अपहरण, लुट्पाट अनि हत्या दिन दिनै भ इ रहेको छ यो सबै दोस् सबै दलका नेतारुलाई नै जान्छ
ख्याती श्रेष्ठ अनि सुरेश जस्ता हरुको अझ हत्या, अपहण दिन दिनै हुनेछ सरकारलाई भने कति पनि दु ख छैन?
Thumbs Up Thumbs Down
0
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.50
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?