Newsletter
Email:
Home | दृष्टिकोण | यो कसको निरीहता ?

यो कसको निरीहता ?

Font size: Decrease font Enlarge font
image

भारतबाट रित्तोहात फर्केको टोलीले 'प्रगतिहीन प्रगतिविवरण' विनाझुट सार्वजनिक गरेर स्पष्ट गर्नुपर्छ, निरीह सरकार कि प्रहरी ?

सुरक्षादृष्टिले राजधानीकै उच्च सतर्क क्षेत्र मानिने लाजिम्पाटमा गएको २४ माघका दिन दिनदहाडै गोली हानी मिडिया उद्यमी जमिम साहको हत्या गरी फरार अपराधी अझैसम्म प्रहरीपन्जामा पर्न सकेको छैन । शान्तिसुरक्षा आफ्नो एजेन्डै नभएझैँ सरकार लाचारी र निरीहताको सीमा नाघिरहेको छ । घटनाको अनुसन्धान गर्न भारत गएको प्रहरी टोली विनाउपलब्धि र्फकनुलाई प्रहरीको कमजोरी मात्र भनेर पन्छन मिल्दैन । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।

पहिलो गल्ती सुरक्षा-प्रशासनले वारदातको सूचना पाएर पनि अपराधी उम्कन पर्याप्त समयसम्म बेपर्वाह रहेरै गरिसकेको हो, फरार अपराधी पक्राउ गरी देशमा न्यूनतम सुरक्षा-अनुभूति गराउन नसक्नु सरकारको अर्को कमजोरी हो । गृहमन्त्री वा नेपाल प्रहरीलाई मात्र दोष देखाएर यस प्रकरणमा उठेका प्रश्नको जवाफ नदिई यो सरकार मौन बस्न सक्दैन । जमिम हत्याको मुख्य योजनाकार, रणनीतिकार र गोली चलाउने व्यक्ति भारतमा रहेको ठहरसहित अनुसन्धानका लागि त्यसतर्फ गएको प्रहरी टोलीका आधा सदस्य रित्तोहात स्वेदश र्फकेपछि त झन् यस प्रकरणले थप आशंकाहरू उब्जाएको छ । तर, अपराधीका बारे अनुसन्धान गर्न गएको प्रहरी टोली कामै नगरी, सफलताशून्य र्फकंदै छ, किन ? वा उनीहरूलाई कसले निरीह बनाएर रित्तोहात फर्कायो वा फिर्ता बोलाइयो ? यस्ता अनेक प्रश्न छन्, जसले जमिम हत्या केवल एउटा आपराधिक गिरोहको मात्र चाहना थिएन भन्ने बलियो सम्भावनातर्फ संकेत गर्छन् । जमिम हत्या प्रकरणबारे प्रहरी अनुसन्धानको अहिलेसम्मको ठहर होघटनामा भारत उत्तरप्रदेशको बरेली जेलमा रहेका बब्लु श्रीवास्तवको निर्देशन, बब्बु भनिने दीपक शाही (त्रिलोक सिंह) को रणनीति तथा बब्बु र उनका एक सहयोगी 'सुटरको संलग्नता छ । प्रहरीसँग यो सूचना पनि छयी तीनैजना भारतमा छन् । तर, घटनाको साता नबित्दै अनुसन्धानका लागि गएको प्रहरी टोली तीन सातासम्म भारतमै रहेर पनि विनाउपलब्धि र्फकनु प्रहरी अक्षमता दोषी हो कि नेपालको कूटनीतिक निरीहता ? विचारणीय छ । अझ अर्का मुलुकमा अनुसन्धानका लागि खटिने प्रहरी टोलीले आफ्नै संगठनअन्तर्गतको इन्टरपोल इकाइ र भारतीय प्रहरीको इन्टरपोलसँग कुनै समन्वय नराख्नुलाई सामान्य त्रुटि मान्न सकिन्न । यथार्थ त त्यतिवेला मात्र जान्न सकिन्छ, जतिवेला फर्किएको टोलीले आफ्नो 'प्रगतिहीन प्रगतिविवरणकुनै झुट र छलकपटविना सार्वजनिक गर्नेछ । यो नगरी आफूमाथि लागेको निरीहताको प्रश्नबाट नेपाल प्रहरी उम्कनै सक्दैन ।

घटनामा दोषी भनेर प्रहरीले विभिन्न पाँच व्यक्तिमाथि मुद्दा दायर गरेको छ, तर मुख्य दोषी अझै फरार छन् । जबसम्म मुख्य दोषीलाई कानुनी कठघरामा ठिँगुर्‍याइन्न, जनतामा सुरक्षाको अनुभूति हुन सक्दैन, न अपराधीको मनोबल नै घट्छ । जमिमका हत्यारा नसमातिनु र त्यसयता थुप्रै आक्रमण, हत्या र धम्कीका घटना बढ्नु केवल स्याल कराउनु र कुखुरा हराउनुजस्तो संयोग होइन । यो त खस्कँदो सुरक्षास्थिति र निरीह सुरक्षा-प्रशासनका कमजोरीको लाभ लिने आपराधिक मनोवृत्तिको बढोत्तरी हो ।

माधव नेपाल सरकार 'कामै नपाएरपद छाड्ने मनस्थितिमा पुगेका गृहराज्यमन्त्री रिजवान अन्सारीलाई गृहमन्त्रीलाई कर्तव्य म्झाएकै अपराधमा पदमुक्त गर्छ, तर दिनहुँ हत्याका वारदात हेर्दै बसेका गृहमन्त्रीलाई ँनब्बे प्रतिशतसुरक्षा दिएको दाबा गरेर पद ओगटिरहने छुट दिइरहन्छ । मानौँ, शान्तिसुरक्षा यो सरकारको कुनै जिम्मेवारी नै होइन । यस्तो सरकारको सुरक्षा-प्रशासनमाथि प्रश्न उठाउनुको कुनै तुक छैन । सुतिरहेकालाई मात्र चिमोटेर ब्युँताउन सकिन्छ, सुतेको अभिनय गरिरहेकालाई कसैगरी ब्युँताउन सकिन्न ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?