Newsletter
Email:
Home | खेलकुद | नेपाल अर्को उपाधिनजिक

नेपाल अर्को उपाधिनजिक

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ तीन सातापछि नेपाल फेरि अर्को अन्तर्राष्ट्रिय क्रिकेटको उपाधिनजिक पुगेको छ । एसिसी यू-१६ इलाइटकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेपछि एकै महिनामा नेपाली टोलीले दोस्रो अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल मंगलबार सिंगापुरविरुद्ध उपाधिका लागि भिड्नेछ । फाइनलमा सिंगापुरलाई पाखा लगाए उमेर समूहमा सबै उपाधि जित्ने नेपाल पहिलो राष्ट्र बन्नेछ 

तीन साताअघि सिनियर टोलीले विश्वकप क्रिकेटअन्तर्गत डिभिजन-५ को उपाधि जितेको थियो । त्रिवि मैदानमा नेपालले आइतबार सेमिफाइनलमा मलेसियालाई ३२ रनले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गर्‍यो । इन्जिनियरिङ कलेजमा सिंगापुर हङकङलाई १ सय ३३ रनको भारी अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ 

घरेलु मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाली टोली निर्धारित ओभरभन्दा ११ बलअघि १ सय ६२ रनमा अलआउट भयो । प्रत्युत्तरमा मलेसिया ३८ ओभर एक बलमा १ सय ३० रनमा धराशयी भयो । उपाधिका दाबेदार मलेसियाका बलरले नेपाली टोलीलाई दबाबमा राख्यो । विशेषगरी मलेसियाका बलरले अनुशासित भएर बलिङ गर्दा नेपाली ब्याट्सम्यान दबाबमा देखिए । मलेसियन बलरले विकेट टु विकेट बलिङ गरेका कारण घरेलु टोलीका ब्याट्सम्यानले उत्कृष्ट स्ट्रोक खेल्न सकेनन् । इनिङको आधा बाटो सकिँदा नेपाली ब्याट्सम्यानले एक/एक रन लिन निकै मिहिनेत गरे । माथिल्लो तीन ब्याट्सम्यान गुमाउँदा नेपाल ५४-३ को अवस्थामा थियो 

शीर्ष ब्याट्सम्यान शरद खड्काबाट २३ रन तथा निश्चलले १४ रनको योगदान दिए । अघिल्लो तीन खेलका म्यान अफ द म्याच निश्चल पाण्डेको विकेट हात पार्दा मलेसियन टोलीले ठूलै राहतको महसुस गर्‍यो । तर, दीपेन्द्र चन्दले ५८ बलमा एक चौकाको सहयोगमा ४४ रनको पारी खेलेपछि नेपालले सय रन कटायो । दीपेन्द्रले विकेटकिपर सनम श्रेष्ठ (२४) सँग मिलेर पाँचौँ विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए 

'टोली स्वाभाविक रूपमा फाइनलमा पुग्दा खुसी नै मान्नुपर्छ,' नेपाली टोलीका प्रशिक्षक रोय लुक डायसले भने, 'मलेसिया पनि उपाधि दाबेदार टोली थियो ।' प्रशिक्षक डायसले नेपाली ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ नगरेको बताए । 'मलेसियाविरुद्ध ब्याटिङ खासै राम्रो हुन सकेन,' उनले भने । उनका अनुसार सिंगापुरविरुद्ध फाइनलमा नेपाली टोलीले ब्याटिङमा व्यापक सुधार गर्नुपर्छ 

लक्ष्य पछ्याउँदा मलेसियाको इनिङ खासै राम्रो हुन भएन । ब्याटिङमा चम्कन नसकेका निश्चलले बलिङमा भने नेपाललाई पहिलो सफलता दिलाए । उनले प्रारम्भिक ब्याट्सम्यान राज्लानलाई ८ रनमा आउट गरे । विवेक चौधरीले तीन विकेट लिँदा मलेसिया २६ ओभरमा ७९-५ को अवस्थामा पुग्यो । मलेसियाको ब्याटिङमा अमदले सर्वाधिक २१ रन जोडे 

प्रतियोगिताअन्तर्गत सातौँ र आठौँ स्थानका लागि भएको खेलमा कुवेतले थाइल्यान्डलाई ६८ रनले निराश पार्‍यो । वीरेन्द्र सैनिक मैदानमा कुवेतले पहिलो ब्याटिङ गर्दै सात विकेट गुमाएर १ सय ५९ रनको योगफल जोड्यो । लक्ष्य पछ्याएको थाइल्यान्ड २१ ओभर चार बलमा ९१ रनमा धराशयी भयो 

प्रतियोगिताको तेस्रो तथा चौथो स्थानका लागि हङकङ र मलेसियाबीच सोमबार वीरेन्द्र सैनिक खेल मैदानमा खेल हुनेछ भने बहराइन र साउदीअरबबीच इन्जिनियरिङ कलेजमा पाँचौँ स्थानका लागि खेल हुनेछ 

Subscribe to comments feed Comments (1 posted):

govinda adhikari on 16/03/2010 01:23:55
avatar
best of luck for final .
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?