Newsletter
Email:
Home | अर्थ | तलब ५० हजारभन्दा बढी

तलब ५० हजारभन्दा बढी

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, १ चैत

औद्योगिक प्रशिक्षार्थीका रूपमा जापान जाँदा नेपाली कामदारलेे मासिक तलब कम्तीमा ४९ हजार र बढीमा ५७ हजार नेपाली रुपैयाँ पाउने भएका छन् । जापानबाट कामदारको माग ल्याउने कम्पनीहरूले अहिलेसम्म प्रशिक्षार्थी कामदारले ६० हजार येन -४९ हजार २ सय रुपैयाँ) र बढीमा ७० हजार येन -५३ हजार २ सय रुपैयाँ) मासिक तलब रोजगारदाताले दिने प्रस्ताव ल्याएका हुन् ।

औद्योगिक प्रशिक्षार्थीका रूपमा नेपाली कामदार जापान पठाउन स्वीकृत पाएका १ सय ७२ कम्पनीमध्ये अहिलेसम्म ३ वटा कम्पनीले मात्रै जापानबाट कामदारको माग ल्याएका छन् ।

सबैभन्दा पहिले ५ जना कामदारको माग ल्याउने सिद्धार्थ बुद्ध ओभरसिजबाट जापान जाने नेपाली कामदारमध्ये कृषिमा जानेले ७० हजार येन -५७ हजार ४ सय) र बेकरीमा जानेले ६५ हजार येन -५३ हजार ३ सय) मासिक तलब पाउनेछन् । कम्पनीले कृषिका लागि २ जना र बेकरीका लागि ३ जना प्रशिक्षार्थी कामदारको माग ल्याएको थियो । रेन्बो ओभरसिजले कृषिमा १० र निर्माणमा १० जना कामदार गरी जम्मा २० जना कामदारको माग ल्याएको छ । यस कम्पनीबाट जापान जाने कामदारले कृषि र निर्माण दुवैमा ६० हजार येन -४९ हजार २ सय रुपैयाँ) पाउनेछन् । कामदारलाई खाने-बस्ने व्यवस्था भने रोजगारदाताले नै गर्नेछ । जापान पठाउने कामदारको प्रक्रिया सुरु गर्न वैदेशिक रोजगार प्रवर्द्धन विभागले रेम्बोलाई पूर्व स्वीकृति दिइसकेको छ ।

२० जना कामदारको माग ल्याउने अराउन्ड दि वल्र्ड सर्भिसेजबाट जाने कामदारले ६५ हजार येन -५३ हजार ३ सय रुपैयाँ) मासिक तलब पाउने भएका छन् । रोजगारदाताले ६५ हजार येन तलब र बस्ने व्यवस्था पाउने गरी प्रस्ताव पठाएको छ भने खानाको व्यवस्था भने कामदार स्वयंले गर्नुपर्नेछ ।

कम्पनीले कामदार मागको पूर्वस्वीकृतिका लागि विभागमा निवेदन दिएको छ । जापानका उद्योगहरूले त्यहाँको आवास खर्चका आधारमा नेपाली कामदारका लागि तलबको प्रस्ताव गरेका छन् ।

जसमा आवास क्षेत्रको खर्च कम हुने स्थानमा मासिक तलब कम र उच्च हुनेमा बढी हुने प्रस्ताव गरेका छन् । जापान जाने नेपाली कामदारबाट कम्पनीले भने अधिकतम ५० हजार मात्रै लिन पाउनेछन् ।

तर, यो तलब भने कामदारले दुई महिना मात्रै पाउनेछ । काम सुरु गरेको दुई महिनापछि नेपाली कामदारले जापानिज कामदारसरह नै तलब पाउने अराउन्ड दि वल्र्ड सर्भिसेजका सञ्चालक दानबहादुर तामाङले बताए ।

तलब कम भएको भन्दै कामदार भाग्न थालेपछि जापान सरकारले आगामी जुलाईबाट लागू हुने गरी २ महिना तालिम सकिएपछि जापानिज कामदारसरह अन्य देशका कामदारले पनि तलब पाउने व्यवस्था गरेको हो ।

यसअघि १ वर्ष तालिम गरेपछि मात्रै घरेलु कामदारसरह तलब पाउने कानुनलाई संशोधन गरी जापान सरकारले तालिमक ो अवधिलाई २ महिना मात्रै राखेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङले जानकारी दिए । घरेलु कामदारले ५ लाख येनसम्म मासिक तलब पाउँछन् । जापानी कामदारलाई घन्टाका आधारमा पनि तलब दिने गरिएको छ ।

 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?