Newsletter
Email:
Home | सप्तरंग | पत्नी झरना

पत्नी झरना

Font size: Decrease font Enlarge font
image

१३ वर्षको वैवाहिक जीवनमा मैले सुनीलजीलाई कहिल्यै पनि यो भएन त्यो भएन भनेर सताएकी छैन । मेरो माइतीको अनुमतिविना उहाँसँग भागेर बिहे गरे पनि त्यसपछि भने कसैलाई गुनासो गर्ने ठाउँ दिएकी छैन । सुनीलजीले पनि मलाई जे चाहिन्छ, सधै पुर्‍याइदिनुभएको छ ।

झरना थापा

भिनेत्री

अचेल म धेरैजसो सुटिङमै ब्यस्त हुन्छु । एकमाथि अर्का सुटिङ पर्ने भएकाले घरपरिवारलाई समय दिन गाह्रो भइरहेको छ । सुटिङ नपर्दा भने फुर्सद हुन्छ । फुर्सदका हरेक पल म मेरो परिवारसँग बिताउन चाहन्छु 

सुटिङ नभएको दिन म बिहान अबेर नौ-दस बजेतिर उठ्छु । जतिसुकै हतारमा भए पनि बिहान सधैँ बत्ती बालेर भगवान्लाई फूल चढाउने मेरो बानी छ । आज म जे छु, मेरो परिवार जे छ, सबै भगवान्को कृपा हो । कहिलेकाहीँ सपरिवार भगवान्को दर्शन गर्न मन्दिर जान्छौँ हामी 

म किचनमा बिरलै पस्छु । बेफुसर्दीका कारण खाना पकाउन पनि भ्याउँदिनँ । सहयोगी बहिनीले खाना बनाउने गर्छिन् । मेरी सासुआमा पनि किचनमा सघाउनुहुन्छ । उहाँ मीठो पकाउनुहुन्छ । मलाई पनि खाना बनाउन मन लाग्छ । स्वाद-स्वादका परिकार बनाउन सक्छु । टाइम भए र मुड चले पकाउने गरेकी छु 

म खसीको मासु निकै मिठो पकाउँछु रे- सुनीलजी (पति सुनीलकुमार थापा) ले भन्नुभएको । उहाँलाई मैले पकाएको खसीको मासु र भातका साथमा गोलभेडाको अचार निकै मनपर्छ । कहिलेकाहीँ नुन चर्का भयो भने पनि मीठो मानिमानी खानुहुन्छ । आफूले खाँदा बल्ल थाहा हुन्छ- नुन चर्का भएछ । मलाई भने साधारण खाना मनपर्छ । दाल, भात, गुन्द्रुक, माछा अनि दही । करेला पनि निकै मीठो लाग्छ मलाई । तर, ब्लडप्रेसर लो भएकाले धेरै खान पाउँदिनँ । भान्टा र परबर भने मलाई मन पर्दैन । मेरी छोरी सुहाना भने घरायसी खानेकुराभन्दा आइसक्रिम, चक्लेट बढी मन पराउँछिन् । खाना पनि फकाइफकाई खुवाउनुपर्छ 

म निट एन्ड क्लिन मन पराउँछु । फुर्सदका दिनमा म घरको सरसफाइ गर्ने गर्छु । फोहोर पटक्कै मन पर्दैन । उहाँ सामान लथालिंग पार्नुहुन्छ । मलाई सम्हाल्दैको हैरान ! सानैदेखि होस्टेल बसेकाले होला उहाँ कुनै सामान पनि जतनका साथ राख्नुहुन्न, जहाँबाट झिकेको हो त्यहीँ राख्न जान्नुहुन्न । उहाँको यस बानीका कारण हामी दुईजनामा कहिलेकाहीँ ठाकठुक पर्छ 

नायिकाका साथै म जिम्मेवार बुहारी, पत्नी अनि आमा हु । पेसा र पारिवारिक कर्तव्य र जिम्मेवारीबीच तालमेल मिलाउनुपर्छ भन्नेे हेक्का छ मलाई 

सुटिङ नभएको समय मैले मेरो घरपरिवारका लागि समर्पण गरेकी छु । अस्ति मात्रै मैले एक महिनालाई पुग्ने दाल, चामल, नुन, तेल, पीठो, सुकेको खुर्सानी र मसलाहरू गरेर झन्डै दस हजारको सपिङ गरेँ । घरको लागि भ्याएसम्म म आफैँ सपिङ गर्छु । छोरी होस्टल बस्ने भएकीले फुर्सद हुदा उसलाई भेट्न जान्छौँ । सुनीलजी, म र छोरी लङटुरमा पनि जाने गरेका छौँ 

श्रीमान्लाई सताएको दिन छैन

अहिलेसम्मको वैवाहिक जिन्दगी (१३ वर्ष) मा मैले सुनीलजीलाई कहिल्यै पनि यो भएन, त्यो भएन भनेर सताएकी छैन 

मेरो माइतीको अनुमतिबिना उहाँसँग भागेर बिहे गरे पनि मैले कसैलाई गुनासो गर्ने ठाउँ दिएकी छैन । मलाई जे चाहिन्छ, उहाँले सधैँ पुर्‍याउनुभएको छ । मैले मागेरै लिनुपर्ने कुनै कुरा छैन । म भगवान् निकै मान्ने भएकीले कहिलेकाहीँ तीर्थव्रत गर्ने कुरामा उहाँको समय नमिल्ने हुनाले अधूरो रहने गर्दछ । केही समयदेखि सुनीलजीलाई भारतको वैष्णोदेवी माताको दर्शन गर्न जाऊँ भन्दै आएकी छु । उहाँ व्यापारी मान्छे । मेरो फुर्सद भएको बेलामा उहाँको फुर्सद नहुने, अनि उहाँ फुर्सदमा हुदा म सुटिङमा व्यस्त हुने भएकाले अहिलेसम्म वैष्णोदेवी मन्दिर दर्शन गर्न जान पाइएको छैन 

म सुनीलजीबिनाको जीवन कल्पनासम्म गर्न सक्दिनँ । तर ममा यति धेरै हिम्मत छ कि परिआए एक्लो जिन्दगी पनि बाँच्न सक्छु भन्ने लाग्छ  । सबै समय र भाग्यको खेल हो । भोलि कसले देख्या छ र ? एक्लै जिन्दगी बिताउनुपर्‍यो भने पनि म पछि हट्दिनँ 

उहाँ मलाई निकै माया गर्नुहुन्छ । उहाँको माया देख्दा सबै लोग्नेमान्छे आफ्ना श्रीमतीलाई यति धेरै माया गर्छन् त ? भन्ने शंका लाग्छ । उहाँ जिम्मेवार पति र बुबा हो । जिम्मेवारी बहन गर्न उहाँ कहिल्यै पनि चुक्नुभएको छैन । उहाँको यो बानी मलाई निकै राम्रो लाग्छ 

सुटिङले गर्दा म प्रायः घरबाहिरै हुन्छ । घरप्रतिको मेरो जिम्मेवारी पनि उहाँले बहन गर्नुहुन्छ । सुटिङ परेको दिन बिहान सबेरै उठेर मेरा लागि ब्रेकफास्ट तयार गर्नुहुन्छ । छोरीको हेरचाह पनि उहाँले नै धेरै गर्नुहुन्छ । छोरी पनि बाबु भनेपछि हुरुक्कै हुन्छिन् । म घरमा धेरै बस्न नपाउने भएकाले होला छोरी पनि मसँगभन्दा बाबुसँग धेरै रमाइलो मान्छिन् । सुटिङमा बाहिर हुदा म मेरो घरपरिवारलाई धेरै मिस गर्छु 

परिवार सम्झिएर रातभरि रोएँ

 

एकपटक भने म रातभरि रोएकी छु । एक कार्यक्रममा म दुई महिनाका लागि लण्डन गएकी थिएँ । अरू बेलामा घरबाहिर बस्दा म कहिल्यै रोएकी थिइनँ । म लण्डनमा भएको बेलामा यता मेरो ससुरा बा स्वर्गबास हुनुभयो । मैले उहाँको मुख हेर्न पाइनँ । पूणिर्माको दिन थियो । होटलको छतमा गएर आकाशतिर हेरेको त अनायासै मेरा आँखा भरिए । त्यतिबेला म स्वर्गबासी ससुरा, सासु, छोरी अनि श्रीमान् सम्झिएर निकै रोएँ । मलाई होमसिक भएको थियो सायद । कहिल्यै नरुने मान्छे म, रातभरि रोइरहेँ । घरपरिवार भनेको के हो, मैले त्यतिबेला बुझेँ 

 

त्यसो गर्दा रिस उठ्छ

कहिलेकाहीँ मान्छेका मुखबाट नानाथरि सुन्नुपर्दा मलाई निकै रिस उठ्छ । इष्र्या गर्नेहरूले आफँै कुरा बनाएर भन्छन् । तर, मलाई थाहा छ- नखाएको विष लाग्दैन 

सुनीलजी कहिलेकाहीँ कुरै नबुझी बोल्नुहुन्छ, अनि मलाई रिस उठ्छ । मलाई रिस उठ्यो भने म ठूल्ठूलो स्वरमा कराउँछु । पछि, उहाँ आफ्नो गल्ती महसुस गर्नुहुन्छ, अनि कुरा साम्य हुन्छ 

मलाई धेरै रिस उठ्यो, टेन्सन भयो भने झ्याप्पै निद्रा लाग्छ । निद्राले निस्लोट बनाएपछि म सुतिहाल्छु । निद्राबाट बिउँझदा सबै रिस, टेन्सन गायब भइसकेको हुन्छ । अचेल डेढदुई महिना भयो, ठूलो स्वरले बोल्नुपरेको छैन 

पतिका मनपर्ने-नपर्ने बानी

मलाई सुनीलजीका सबै बानी मन पर्छन्, कुरा नबुझी आवेगमा आइहाल्नेबाहेक । उहाँ मिलनसार, सहयोगी, सहृदयी हुनुहुन्छ- आफ्नो र परिवारको ख्याल राख्ने 

उहाँलाई खुसी हुन कुनै नौलो या ठूलो कुरा चाहिँदैन । सधैँ त्यत्तिकै खुसी हुनुहुन्छ । जे छ, त्यसैमा सन्तोष मान्नुहुन्छ । मलाई हरेक कुरामा गाइड गर्नुहुन्छ 

उहाँ खासै मात्तिने गरी पिउनुहुन्न । तर, कहिलेकाहीँ भने उहाँ मात्नुहुन्छ । मातेपछि उहाँलाई सम्हाल्न निकै गाह्रो हुन्छ । बोलेको बोल्यै गर्नुहुन्छ । कसैगरी पनि चुप लगाउन सकिन्नँ 

अरू रक्सी पिउँदा त उहाँलाई केही हँुदैन तर भोड्का र खुकुरी रम पिउनुभयो भने उहाँलाई नराम्रोसँग लाग्छ । उहाँ भन्ने गर्नुहुन्छ- 'भोड्का र खुकुरी रम पिएपछि मलाई के हुन्छ, होसै हुँदैन ।' त्यसैले, उहाँलाई भोड्का र खुकुरी रम नपिउन आग्रह गर्ने गरेकी छु । उहाँ पनि हम्मेसी ती रक्सी पिउनुहुन्न 

पतिपीडा

उहाँले अचेल आफूलाई सुधार्नुभएको छ । सबैलाई थाहा भएकै कुरा हो- उहाँ कहिलेकाहीँ बहकिनुहुन्छ । को-को, को-को आइमाईसँगको सम्बन्धका कारण उहाँ अराजक बन्नुभएको छ 

केही अघिको घटना हो । मध्यरातमा मैले उहाँ र एउटी हिरोइनलाई आफ्नै घरअगाडि प्रेमरत देखेँ । मलाई साह्रै पीडा भयो । आखिर ममा के कमी छ र अरू आइमाईको संगत गर्नुपर्‍यो उहाँले ? पहिला पनि मैले उहाँलाई त्यही हिरोइनसँग रंगेहात भेटेकीले निकै पीडा भएको थियो 

मध्यरातको त्यस घटनाले उहाँप्रतिको विश्वास हराएको थियो । म केही रात निकै रोएँ । एक मन त सोचेँ- 'अब म सुनीलसँग बस्दिनँ ।' माइतमा बुबामम्मीलाई आफ्नो निर्णय सुनाएँ । एकचोटीको मात्र गल्ती भएको भए पो माफ गर्न सकिन्थ्यो । पटकपटक एउटै गल्ती दोहोर्‍याएपछि त सहनै गाह्रो हुदो रै'छ । मलाई लाग्यो मेरो स्वर्गजस्तो घरमा नजर लाग्यो 

पछि, 'उहाँले मसँग अब आइन्दा यस्तो गल्ती गर्दिनँ, अन्तिमपटक माफ गरिदेऊ,' भनेर वाचा गर्नुभयो, अनि म फर्किएँ  । मलाई लाग्छ, उहाँले आफ्नो वाचा पूरा गर्नुभएको छ । अहिले भन्ने गर्नुहुन्छ- 'म गलत बाटोमा थिएँ ।'

पतिसँग तीन स्मरणीय पल

० कलिलै उमेरमा भागेर प्रेमविवाह गरेका हामीलाई जिन्दगी के हो भन्ने केही थाहा थिएन । उहाँको प्रेममा म एकोहोरिएकी थिएँ । बिहे भएको केही दिनपछि घरमा एउटा पार्टी थियो । उहाँकै आग्रहमा मैले जिन्दगीमा पहिलोपटक वाइन पिएँ । पिउँदै गएपछि म मात्दै गएछु । सबैजना पिउँदै, डान्स गर्दै रमाइरहेका थिए । पार्टी सिद्धिएपछि हामी बेडरुममा गयौँ । धेरै मातेकाले होला, बेडमा पल्टन नपाउँदै मैले उल्टी गर्न थालेँ । उहाँ आत्तिँदै गिलास ल्याएर उल्टी थाप्न थाल्नुभयो । एकैचोटीमा गिलास भरियो । अनि फेरि उहाँले हतारहतार सिरानीको खोल थाप्नुभयो । त्यो घटना म कहिल्यै बिर्सन सक्दिनँ । मप्रति उहाँको प्रेम कति छ भन्ने पनि त्यो घटनाले दर्शाउँछ 

० म पिकेमा पढिरहेकी थिएँ । हाम्रो बिहे भइसकेको थियो । कलेजमा भएको डान्स कम्पिटिसनमा भाग लिएकी थिएँ । म फस्ट भएँ । मैले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको हातबाट अवार्ड पाएँ । राजारानीको हातबाट अवार्ड पाएको उपलक्ष्यमा सुनीलजीले एउटा भव्य पार्टी दिनुभयो । त्यो पनि मेरा लागि स्मरणीय छ । आफ्नी पत्नीको सफलतामा रमाउने पतिका रूपमा बुझेकी छु, मैले उहाँलाई 

० छोरी जन्मँदाको कुरा हो । सुत्केरी ब्यथा लागेर मलाई हिमाल हस्पिटलमा राखिएको थियो । म प्रसव वेदनाले कराउँथेँ, छटपटाउथेँ । उहाँ मेरो पीडा देखेर आँखाभरि आँसु पार्नुहुन्थ्यो 

मेरो पीडामा उहाँ रोएको देख्दा मलाई उहाँको निकै माया लाग्यो । भन्छन्, लोग्नेमान्छे रुँदैनन् । तर, मेरो श्रीमान्को मन कमलो छ । छोरी जन्मिएको केही घन्टापछि मात्र उहाँलाई मसँग भेट्न दिइयो । त्यतिबेला पनि उहाँ मलाई सुम्सुम्याउँदै रुनुभयो 

म सुत्केरी भएपछि मेरो र बच्चाको हरपल ख्याल गर्नुभयो उहाँले । ती दिन सम्झँदा सुनीलजीले हजार गल्ती गरे पनि माफ गरिदिन मन लाग्छ 

 

Subscribe to comments feed Comments (11 posted):

dil on 15/03/2010 06:48:35
avatar
sabai natak
Thumbs Up Thumbs Down
-1
kb lohani on 15/03/2010 03:41:25
avatar
namaskar jharna ji. malai tapai ko kura sarai man paryo. thank you for that. tesari nai paisa,ghar pariwar,ejjat, sabai lai dhyan diyera kam garnu hola. tara Sunil ji jasto manchhe lai chhadera eklai basne bichar chahi kahilei nagarnu hola. thank you.
Thumbs Up Thumbs Down
-1
Pa........ on 15/03/2010 01:55:38
avatar
नारी को हृदय सारै फराकिलो हुन्छ भन्थे यिनी ले त proove नै गरिन गाँठे !!!
Thumbs Up Thumbs Down
0
subas kumar on 14/03/2010 18:40:02
avatar
hajur tapai afno sabai kura lai kelayer hernu ta ke niskars niskin6? rahyo kura tapai ko sriman arka heroin sang prem lap gareko kura ta tyo tapai lai thaha hunu pari halyo ni ki kina hola? tina vanne yadi sahi vanne ho vanne euta patni jab arka ko angalo gayeko hos chahe tyo natkiya dhang le kina na hos tyo pati le vanna na sake pani usko vitrio man le euta 6utai sankaspad bato ko srijana gareko hun6, malai thaha 6 ki siting ma ke kehi hudai na vanne kura tar ti heroin lai ta sabai thaha 6 jo tapai ko pati sang 6e, k tyo pani kasai ko patni haina ra?? ke usko pani antarbarta tapai le diye jastAI HUNE HAINA RA? kelaunus tapai le jiban ma k k garnu va6 jun afno pati bat lukaunu va 6? natra vanne tapai nark ma janu hun6, pesa ko adma mauj garne yasto heroin haru maile bahut herya6u, saranga khovari ko ma na here ko pani hoona, jal sah jut pani ko item vaner na herya pani haina..adi ityadi. vasan kam ra rasan tir badhi dhyan dinus mero mukh bat aru la khulaunus hjur. beses jannu 6 vanne mero personal email ma sampark garnus tapai lai ma dekhau6u ki tapai k hunuhun6 bye.
Thumbs Up Thumbs Down
0
rabin bhattarai on 14/03/2010 16:32:49
avatar
yo kun ho???
Thumbs Up Thumbs Down
-1
durag on 14/03/2010 13:57:10
avatar
J hos jharna thapa ko pani euta ghmand achai rahe6 sayed eklai bachan sakchu vanera ab duniyako ramjham ma vije pa6i sunil ji jasta husband kati au6an kati ani abchan kin sakidianra hoina jharna ji, euta joitigre poi po rahe6 ajj tha vayo thanks la
Thumbs Up Thumbs Down
0
ritesh ghale on 14/03/2010 11:00:40
avatar
rekha ji tapai pakkai pani ramro kalakar hunuka sath sathai tapai auta mahan bichar bhayeko auta sabal nari hunu hudorahe6, khusi lagyo,tapaiko safalta ko subhakamana ka sathai tapai haru ko damptya jiban sadhai sukhamaya hos,
Thumbs Up Thumbs Down
0
krishna sunar now in uae on 14/03/2010 10:56:59
avatar
o ho madam thapa g tapai le galti gardai hunu huncha la u know kta manche lai free chodnu hundaina la kina ke kta haru ali badmas hunchhan .........
any way have a nice life
Thumbs Up Thumbs Down
0
ramthapa on 14/03/2010 10:12:27
avatar
jharna thapa ji sarbpratham namaskar chha.tapai ko lekh padhera malai sarai ramro lagyo.yeuta sriman ra srimati ko bich ma kasto biswas ra maya hunu parne rahechha bhanne kura tapai ko lekh bata ma lagayet sampurna bivahit jiwan bitai raheka sathi haru ko lagi yeuta marg darsan hune chha sadhai ko lagi.maile tapai lagayat rajesh hamal, devi gharti, bhagwan bhandari,sindhu malla,badri pangeni sabai lai aja bhanda ek barsh agadi delhi airport ma bhete ko thiyen.hamile photograph pani liyeka thiyoun sayad tapai lai thaha hola.anta ma tapai ko bivahit jiwan sukha maye rahos bhandai bida chahanchhu.
Thumbs Up Thumbs Down
0
Ramesh Pokhrel on 14/03/2010 09:19:23
avatar
yo patrika le aba ta khabar nai pauna chade jasto chha. Bakamfuse samachar dina thlyo.
Thumbs Up Thumbs Down
-1
s limbu on 14/03/2010 08:55:09
avatar
jharana ji tapai ko baibhaik ziwan ma kasai ko aakha nalagos and sukhat baibhaik zewan ajha sukhmaya hos hajur and hajur ko pariwar lai subhakamana cha....;
Thumbs Up Thumbs Down
0
total: 11 | displaying: 1 - 11

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?