Newsletter
Email:
Home | अर्थ | विज्ञापन बजार -कसको ब्रान्ड-मूल्य कति ?

विज्ञापन बजार -कसको ब्रान्ड-मूल्य कति ?

Font size: Decrease font Enlarge font
image

म हुँ सुपरस्टार, मेरो स्टार डायस्टार भनेर भुवन केसीले टेलिभिजनतिर रिमोर्ट देखाउँदा उनका फ्यानले त्यो उत्पादन कसो मन नपराउलान् । म्याक्स मिडिया (तत्कालीन म्याक्स-प्रो) ले बनाएको टु पिएम चाउचाउको विज्ञापनले सो चाउचाउलाई सबैभन्दा बढी बिक्री हुने चाउचाउ बनायो । यसको प्रमुख कारण विज्ञापनमा राजेश हमालको उपस्थितिलाई ठान्छन्, म्याक्स मिडियाका प्रमुख कार्यकारी अधिकृत सविन शाक्य ।

नेपाली चलचित्रका महानायक हमालले नै अभिनय गरेको कस्मिक यिङयाङ मोटरसाइकलको विज्ञापन पनि निकै चर्चित भयो नेपाली मिडियामा । निरुता सिंहले मुना चियामा जादु चलाइन् । भुवन केसी दम्पतीले अभिनय गरेको तीनपाते चिया तथा मनीषा कोइरालाले खेलेको मेघाउलको विज्ञापन अहिले पनि नेपाली दर्शक सम्भिmरहन्छन् । भुवन केसी मात्र होइन अरू थुप्रै सेलिब्रेटी अहिले विभिन्न उत्पादनको ब्रान्ड प्रमोसनमा लागेका छन् । कोही टेलिभिजन विज्ञापनमार्फत त कोही ब्रान्ड एम्बेसडर बनेर । पछिल्ला दिनमा सेलिब्रेटीले विज्ञापनलाई पनि महत्त्व दिन थालेका छन् भने विज्ञापन एजेन्सी पनि सेलिब्रेटी राख्दा ब्रान्ड प्रमोसन राम्रो हुन्छ भन्नेमा 'कन्भिन्स' हुन थालेका छन् ।

नेपाली कलाकारको
अधिकतम ब्रान्ड-मूल्य

मह जोडी १० लाख
निखिल उप्रेती ८ लाख
राजेश हमाल ५ लाख
भुवन केसी ३ लाख
सञ्चिता लुइँटेल २ लाख
झरना थापा १ लाख ५० हजार गरिमा पन्त १ लाख
धीरेन शाक्य १ लाख
धेरै टिभिसी बन्न थालेपछि नेपाली चलचित्र क्षेत्रका स्थापित नायक-नायिका पनि विज्ञापन खेल्न इच्छुक हुन थालेको बताउँछन्, नेपाल विज्ञापन एजेन्सी संघका अध्यक्ष निर्मल पौड्याल । 'यो अन्तर्राष्ट्रिय अभ्यास हो । सेलिब्रेटी प्रयोग भएको विज्ञापनको रेस्पोन्स राम्रो आउँछ,' पौड्याल भन्छन् । उत्पादन कम्पनी र एजेन्सी हेरेर कलाकारले पारिश्रमिक पनि राम्रै पाउँछन् । 'फिल्मी कलाकार सुरुमा विज्ञापनमा प्रवेश गर्दा पारिश्रमिक निकै न्यून थियो । फिल्ममा नाम चलेकै कलाकारले पनि १०-१५ हजारभन्दा बढी पाउँदैनथे,' पौड्याल भन्छन् ।

 nikhil-upretyअहिले एड क्याम्पेनको बजेट हेरेर ५ लाखसम्म पारिश्रमिक लिन्छन् कलाकार । आफ्नो स्तर 'मेन्टेन' गर्न पनि थोरै पारिश्रमिकमा काम नगर्ने कलाकार बताउँछन् । 'मल्टिनेसनल कम्पनी छ भने पारिश्रमिक पनि राम्रो हुन्छ । विज्ञापन बजेटले पनि पारिश्रमिकमा फरक पर्छ,' फटाफट चाउचाउको विज्ञापनमा पहिलोपटक अभिनय गरेका नायक निखिल उप्रेती भन्छन्, 'भर्खरै खुकुरी चुरोटको विज्ञापनमा खेल्न अफर आए पनि पारिश्रमिकमा कुरा नमिलेपछि खेलिनँ ।' खुकुरीले ८ लाखको अफर गरेको दाबी उनले गरे । यद्यपि कतिपय कलाकारले विज्ञापन खेलेको पैसा नै नपाएको गुनासो पनि गर्दै आएका छन् ।

एजेन्सीहरूको मूल्यांकनमा धेरैजसो कलाकारको ब्रान्ड मूल्य ३ लाख हाराहारी छ । मह जोडी, निखिल उप्रेती तथा राजेश हमाल अपवाद हुन् । 'पारिश्रमिक निर्धारण गर्ने धेरै फ्याक्टर हुन्छन् । उनीहरूको लोकपि्रयता, विज्ञापन लागत, उत्पादक कम्पनी आदि हेरेर पारिश्रमिक दिइन्छ,' म्याक्स मिडियाका सविन शाक्य भन्छन् ।

rajesh-hamalनेपाली सेलिब्रेटीको ब्रान्ड-मूल्य बढिरहेको निष्कर्ष शाक्यको छ । उनी भन्छन्, 'चलचित्र क्षेत्र स्थापित हुँदै जानु र नेपाली उपभोक्तामा ब्रान्ड कन्सियस बढ्नु यसको मुख्य कारण हो ।' टिभीदेखि होर्डिङ बोर्डसम्म सबै माध्यममा एकैपटक लन्च हुने र ठूलो लक्षित वर्ग भएका ठूलाठूला विज्ञापन क्याम्पेनको कन्सेप्ट सुरु भएपछि नेपाली विज्ञापनमा सेलिब्रेटी प्रयोग बढी हुन थालेको हो । नायक-नायिकादेखि गायक-गायिका र हास्य सिरियलका अभिनेतासमेत अहिले विज्ञापनमा देखिन थालेका छन् । पुराना हास्यकालाकार सन्तोष पन्तदेखि हालका 'हटकेक' दीपकराज गिरी र सीताराम कट्टेल धुर्मुससम्मलाई विज्ञापनमा देख्न सकिन्छ । विज्ञापनबाटै फिल्मसम्म पुगेका कलाकारको लिस्ट पनि लामै छ, नेपाली चलचित्र उद्योगमा ।

bhuwankcनेपालमा ठूलो बजेटमा विज्ञापन बनाउने प्रचलन बढेको छ पछिल्लो समय । लागतमा कम्प्रमाइज गर्न नचाहने उत्पादक र एजेन्सी बढ्न थालेपछि परिचित अनुहारको प्रयोग बढेको बताउँछन्, त्रिकोण एडभरटाइजिङका राजेन्द्र अर्याल । अर्यालका अनुसार, नेपालमा अहिले २५ हजारदेखि एक करोडसम्मका विज्ञापन बन्छन् । त्रिकोणले बनाएको आनन्द कार्की र नलिना चित्रकारले अभिनय गरेको फेमेली तेलको पारिवारिक विज्ञापनलाई पनि धेरैले मनपराएको अर्यालको दाबी छ ।

नेपालमा टेलिभिजन विज्ञापनको इतिहास त्यति लामो छैन । नेपाल टेलिभिजनको स्थापनासँगै नेपालमा टेलिभिजन विज्ञापन बन्न थालेका हुन् । सुरुवातदेखि नै विज्ञापनमा चिनिएका अनुहार सेलिब्रेटीको प्रयोग हुन थालेको हो ।

Subscribe to comments feed Comments (3 posted):

pasang on 21/04/2010 15:38:54
avatar
la la nikhil dai you look so cool
Thumbs Up Thumbs Down
0
govinda adhikari on 14/03/2010 20:25:31
avatar
Nayak Nikhil Upretiko chai guf hawa lagyo. Khukuri cigratteko bigyapan khelna offer garda pani nakheleko re tyo pani parisramikko kura namilda. Parisramik chahi 8 lakh vaneko thiyo tara nikhil sahamat vayenan. Yashto hawa kura kasaile bishwas garcha.
Thumbs Up Thumbs Down
0
Rocker on 14/03/2010 11:05:01
avatar
Yo kura ta ramro ho tar Bhuwan KC jasto lai kunaipani AD agency le naliyeko ramro, ani Nikhil lai chahi Badar le jasto garnu parne ma matra liyeko ramro,Rekha lai pani naliyeko ramro. Yasto khalko arstist le nepali film ko kahilia develop hudaina.

Sabailai chetana vaya
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?