Newsletter
Email:
Home | अर्थ | इन्टरनेट एक्सप्लोरर-८का कमजोरी

इन्टरनेट एक्सप्लोरर-८का कमजोरी

Font size: Decrease font Enlarge font
image

माइक्रोसफ्टको वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर -आइई) को नयाँ संस्करण आइई ८ सार्वजनिक भएको धेरै भइसकेको छ । आइई ८ प्रयोगकर्ताका लागि सरल एवं सहज भए पनि माइक्रोसफ्टले पुराना भर्सनका ब्राउजरमा भएको समस्या नहटाएका कारण आई ८ को लोकपि्रयता खासै बढ्न सकेको छैन । विन्डोज अपरेटिङ सिस्टममा इन्बिल्ट आउने हुनाले संसारका धेरैजसो प्रयोगकर्ताले आइईका कुनै न कुनै भर्सन प्रयोग गरिरहेका छन् । के हुन् त आइई ८ का ठूला कमजोरी ?

सुरक्षा

इन्टरनेट एक्स्प्लोररको सबैभन्दा धेरै आलोचना हुने विषय भनेकै सुरक्षा हो । हाल इन्टरनेटमा आधारित कारोबार बढिरहेका छन् । तर, माइक्रोसफ्टले आइईमा सुरक्षा प्रणाली बलियो बनाउनेतर्फ ध्यान दिएको छैन । इन्टरनेटमार्फत गरिने कारोबारमा रोक लगाइएको अवस्थाको सुरक्षास्थितिबाटै चलेकाले उच्च इन्टरनेट कारोबार हुने मुलुकमा यसको प्रयोग घट्दै गइरहेको छ । मानिस यसको विकल्पमा मोजिला फायरफक्स, सफारी, ओपेरा, क्रोम रोज्न थालिसकेका छन् । सामान्य चेतावनी दिएको भरका जुनसुकै वेबसाइट खोलिदिनु नै आइईको सबैभन्दा ठूलो कमजोरी हो । यसैगरी आइईमा टाइप गरेका पासवर्ड पुनः दोहोरिने हुनाले गोपनीयता भंग हुने सम्भावना उच्च छ ।

प्लग इन सपोर्ट

इन्टरनेट एक्सप्लोर्समा अझै पनि आवश्यक पर्ने प्लगइन आफैं डाउनलोड गर्नुपर्छ । वेबसाइटमा भएका एनिमेटेड विज्ञापन हुन् वा अन्य कुनै म्याटर आइई ८ बाट हेर्न चाहनुभयो भने एडोब प्ल्यास प्लेयर प्रयोगकर्ता आफैंले डाउनलोड गर्नुपर्छ । यसैगरी अन्य प्लगइन पनि आफैं अपडेट नहुने भएकाले बारम्बार डाउनलोड गर्नुपर्ने समस्या छ । तपाईंले कुनै वेबसाइट खोल्न खोज्नुभयो तर तपाईंको आइई ८ मा त्यसका लागि चाहिने प्लगइन छैन भने वेबसाइट खुल्दैन । 'आइई ८ ले तपाइर्ंको साइट खोल्न सकेन' भन्ने सन्देश आउँछ ।

Subscribe to comments feed Comments (2 posted):

Stupid Silly on 14/03/2010 06:17:23
avatar
Are you idiot or what?
Who posted this piece of junk?
Thumbs Up Thumbs Down
-5
Dipen on 14/03/2010 06:03:10
avatar
Yap this is a real bitter of internet explorer8.I have been facing such problem
this not good.
Thumbs Up Thumbs Down
3
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?