Newsletter
Email:
Home | झन् नयाँ | यसरी मारिएका थिए मिस्टर जोन

यसरी मारिएका थिए मिस्टर जोन

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

नेपालगन्ज, २८ फागुन

काठमाडौंको त्रिपुरेश्वर र बालाजुमा १६ भदौ ०६४ मा एकसाथ भएको बम विस्फोटको जिम्मेवारी लिएपछि एकाएक चर्चामा आएका थिए- मिस्टर जोन । ०६५ भदौमा उनी प्रहरीसितको मुठभेडमा मारिए । जोनको वास्तविक नाम कौशल सहनी थियो । सधै रातो कपडा लगाउन मन पराउने भएकाले गाउँमा उनलाई 'लल्ला' भनेर बोलाइन्थ्यो । रौतहट जिल्ला रघुनाथपुर गाविस सहनी गाउँका कौशल काठमाडौं बम विस्फोटपछि मिस्टर जोन बनेका थिए । आफूलाई तराई आर्मीका अध्यक्ष बताउने जोन २८-२९ वर्षका थिए ।

तराई आर्मी नामक संगठनको अध्यक्ष रहेका जोनले रौतहट र वीरगन्जमा मात्रै १६ जनाको हत्या गरेको नेपाल प्रहरीको भनाइ छ । जोनको आतंक रौतहट, वीरगन्ज, बारा, सर्लाही, महोत्तरी, नारायणघाट, चितवन, पर्सामा अधिक थियो । काठमाडांैमा भएको विस्फोटपछि राजधानीवासी पनि उनको नामबाट आतंकित बन्न थाले । जोनले राजधानीलाई तहसनहस पार्ने धम्की दिएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो ।

काठमाडौंको विस्फोटबाट हौसिएका जोनले पोखरामा पनि बम विस्फोट गराए । त्यसको केही दिनपछि बाराको पिलुवामा सार्वजनिक बसमा पेट्रोल बम प्रहार गर्दा नौजना सर्वसाधारण मारिए । वर्ष दिनपछि उनको समूहले रौतहटको चन्द्रनिगाहपुरमा बम विस्फोट गराउँदा दुई नाबालकको ज्यान गयो ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका सहनीको उचाइ ५ फिट ६ इन्च र वर्णर् गहुँगोरो थियो । उनका श्रीमती, एक छोरा र बाबुआमा छन् ।

चन्द्रनिगाहपुर र बिर्ता बजारमा घुम्ने जोन सामान्य दादागिरी गर्थे । झैझगडाका क्रममा उनी थुप्रैपटक पक्राउ परे । प्रहरीचौकीमा पनि उनको राम्रै सम्पर्क थियो । चौकीमै गएर प्रहरीसँग बसेर खानपिन तथा रमाइलो गर्थे । तर, प्रहरीलाई के थाहा, उनै कौशल पछि गएर जोन बन्ला र देशमा आतंक मच्चाउला भनेर । काठमाडौंमा घटना हुँदासम्म जोनबारे प्रहरी बेखबर थियो । कौशल प्रहरीको नजरमा सामान्य दादा मात्रै थिए । पहिले आर्थिक अवस्था कमजोर भएका जोनले आपराधिक घटना गरेर उठाएको पैसाले भव्य घर बनाउन सुरु गरेका थिए ।

मेरै कमान्डमा भएको थियो अप्रेसन

-एसएसपी जयबहादुर चन्द

policeकाठमाडौंमा विस्फोट गराएपछि मात्र जोन प्रहरीको निशानामा परेका थिए । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले जोनलाई पक्राउ गर्न गृह मन्त्रालयलाई निर्देशन दियो । उनलाई पक्रन गृहले तत्कालीन डिआइजी केबी राना, एसपी राजेन्द्रमान श्रेष्ठ, एसपी सुदीप आचार्यलगायतको टोली बनायो ।

म त्यतिवेला रौतहट जिल्ला प्रहरी कार्यालयमा एसपी थिएँ । जोनलाई पक्राउ गर्न गोप्य रूपमा गठन गरिएको टोलीले गोप्य रूपमै वीरगन्जमा मुकाम बनाएर काम थाल्यो । टोलीले बारा, रौतहट, पर्सा र सर्लाहीलाई क्षेत्र बनाएर जोनबारे अनुसन्धान थाल्यो । टोलीले महिना दिनसम्म गरेको प्रयास सफल हुन सकेन । जोनबारे केही जानकारी नपाएपछि टोली राजधानी फर्कियो ।

तर, जोनको आतंक रोकिएको थिएन । जोनले आपराधिक घटना गराएपछि वीरगन्ज र रौतहटका पत्रकारलाई सम्पर्क गर्थे र जिम्मेवारी लिन्थे । पत्रपत्रिकामा आएका समाचारलाई आधार बनाएर कबोट (गोप्य टोली) गठन गरेर जोनबारे सूचना संकलन गर्ने कार्य जारी थियो ।

कबोटले जोनबारे सूचना दिन थाल्यो । मकहाँ जोनबारे पर्याप्त सूचना आए । त्यही सूचनाको आधारमा कौशल सहनी नै जोन हो भन्ने कुरा पत्ता लाग्यो । मैले मातहत प्रहरीचौकी चन्द्रनिगाहपुरका तत्कालीन प्रहरी निरीक्षक श्याम अधिकारीसँग 'टप सेक्रेट' गृहकार्य

सुरु गरे ।

जोनको पहिचान भइसकेको र ऊ सहनी गाउँमा बस्दै आएको कुरा पक्का भएपछि मैले तत्कालीन आइजिपी ओमविक्रम राणा, तत्कालीन डिआइजी किरणकुमार गौतम र तत्कालीन एआइजिपी राकेश बज्राचार्यलाई सम्पर्क गरेर जोनबारे जानकारी गराएँ । 'तिमी जे माग्छौ हामी दिन तयार छाँै । 'गो अ हेड' को निर्देशन आयो उनलाई । उनले जोनलाई पक्राउ गरे के पुरस्कार पाउने ? भन्ने प्रश्न गरे । उताबाट जवाफ आयो, 'तिमी जे चाहन्छौ त्यही, तर जोनलाई पक्राउ गर ।'

मैले बढुवासहितको काठमाडौंमा पोस्टिङको माग गरे । उहाँहरूले 'ओके' भन्नुभयो । यी सब हुँदासम्म काठमाडौं बम विस्फोटको करिब वर्ष दिन बितिसकेको थियो । १३ भदौ ०६५ मा जोनको समूहले चन्द्रनिगाहपुरका भूतपूर्व प्रहरी रामपि्रत सहनीमाथि बिर्ता बजारमा गोली प्रहार गर्‍यो । उनलाई मेरो सुराकीकोे आरोपमा जोनको समूहले गोली प्रहार गरेका थिए । कोखामा दुईवटा गोली लागेको थियो । उपचारपछि उनको ज्यान जोगियो ।

तर, ऊ मेरो सुराकी थिएन । गाउँकै अन्य थिए । भूपू प्रहरीमाथि गोली प्रहार भएलगत्तै नजिकै रहेको प्रहरीचौकी इन्चार्ज मोहन ओलीको कमान्डमा खटिएका प्रहरी टोलीले जोनको समूहलाई लखेट्दै पक्राउ गर्न सफल भयो । पक्राउ परेका महेन्द्र सहनी हतियार नलकटुवा पेस्तोल र १७ राउन्ड गोलीसहित पक्राउ परे । महेन्द्र जोनका आफ्नै काका रहेछन् । उनीसँग पनि प्रहरीले जोनका बारेमा सोधपुछ गर्‍यो । रामपि्रतमाथि गोली चलाउने अन्य अपराधी सहनी जोनको घर रहेको सहनी गाउँतर्फ भागेका थिए ।

मिस्टर जोन गाउँमै भएको सुराक पाएपछि इलाका प्रहरी कार्यालय गरुडाको सहयोगमा खोजी अप्रेसनको निर्देशन दिएँ मैले । गरुडाका तत्कालीन प्रहरी निरीक्षक श्याम अधिकारीको कमान्डमा इलाका प्रहरी कार्यालय, शिवनगर, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरीचौकी बिर्ता, नरकटियासमेतमा रहेका प्रहरी एकसाथ परिचालन गरिएको थियो । सुरक्षाकर्मीको अभावमा ती प्रहरीचौकीमा ताला लगाएर सर्च अप्रेसनमा सहभागी हुन मैले निर्देशन दिएको थिएँ । सबै चौकी खाली गरेर जोनको सर्चमा प्रहरी तैनाथ गरिएको थियो । अप्रेसन रिस्क लिएरै गरेका हाै ।

१३ भदौ ०६५ राति ११ बजेदेखि सहनी गाउँमा प्रहरीले अप्रेसन सुरु गरेको थियो । १ बजे रातिसम्म गाउँ प्रहरीको घेरामा थियो । १४ गते बिहान साढे ३ बजेको समयमा केहीले प्रहरीको घेरा तोड्न खोजे । प्रहरीले अगाडि नबढ्न चेतावनी दियो । तर, उनीहरूले फायरिङ सुरु गरे ।

अप्रेसनमा खटिएका प्रहरीले पनि प्रतिकारमा फायरिङ खोले । प्रहरीको प्रतिकारमा दुईजनाको घटनास्थलमै मृत्यु भयो । सनाखत गर्दा तराई आर्मीका केन्द्रीय अध्यक्ष मिस्टर जोन भनिने कौशल सहनी र उनका अंगरक्षक महन्त सहनी भएको खुल्यो । जोनको शवसँगै घटनास्थलबाट अमेरिकामा बनेको ९ एमएमको पेस्तोल, चारवटा गोली, एक खोका, एक मोबाइल, सानो डायरी भेटिएको थियो । त्यस्तै बडिगार्डसँग एक कटुवा पेस्तोल, गोली चार राउन्ड फेलापरेको थियो ।

यसरी विगत दुई वर्षदेखि भूमिगत संगठनका नाइके मिस्टर जोनको इहलीला सकियो । मैले उक्त घटनामा खटिएका प्रहरी अधिकृत तथा जवानले निर्वाह गरेका अत्यन्त उत्कृष्ट र अति प्रशंसायोग्य कार्यलाई पुरस्कृत गर्न आवश्यक पहल गर्नेछु भनेर आश्वासन दिएँ । तर, सकिएन ।

जोनको एन्काउन्टर नभएको भए पोखरामा पनि ठूलै दुर्घटना हुने थियो । किनभने केही दिनमै उनले पोखराको हरेक चोकमा विस्फोट गराउने योजना बनाएका थिए । जोनका काका महेन्द्र पछि जेलबाट छुटे । शान्ति मन्त्रालयसँग तराई आर्मीको सम्झौता भएपछि सरकारले महेन्द्रलाई रिहा गरेको हो । जोनको एन्काउन्टरपछि भैरव यादव तराई आर्मीका अध्यक्ष भएका छन् ।

तराई आर्मीको आतंक एकतिर थियो भने अर्कोतिर भारतको मोतिहारी जेलमा रहेका मुन्ना शर्माको आपराधिक गिरोहले रौतहट र वीरगन्जमा आतंक मच्चाएका थिए । चन्दा, अपहरण, हत्या, वम विस्फोटका घटना बढेका थिए ।

आतंक रोक्न व्यापक अप्रेसन गरियो । त्यही क्रममा मुन्ना शर्मा समूहका सातजना इन्काउन्टरमा मारिए । वीरगन्जमा पनि इन्काउन्टर गरियो । पछिल्लोपटक मिस्टर जोन र उनका अंगरक्षकको एन्काउन्टरमा मृत्यु भएपछि मलाई एन्काउन्टर एसपी भन्थे । म रौतहट र वीरगन्ज बस्दा १० अपराधीको 'इन्काउन्टर' भयो ।

मिस्टर जोनलाई पक्राउ गर्न सके मागेअनुसारको पुरस्कार दिने आश्वासन पाएका थिए । तर, पुरस्कार अझै उधारो छ । मैले काठमाडौंमा पोस्टिङ मागेको थिएँ । तर, पुरस्कारको साटो मलाई अन्यन्त्र पठाइयो ।

सरकार परिवर्तन भए । तर, म जहाँको तहीँ छु । मसँगै एन्काउन्टर अप्रेसनमा सहभागी सुरक्षाकर्मीलाई पनि पुरस्कृत गरिएन । अनि कहाँबाट प्रहरीको मनोबल बढ्छ ?

मिस्टर जोनलगायत मुन्ना शर्माको समूहका अपराधीलाई एन्काउन्टर गर्दा कति धम्की आयो । तर, मतलब गरिएन । यहाँसम्म कि श्रीमतीलाई समेत भनिएन । आफूभन्दा उच्च ओहदाका सरहरूलाई पनि भनिएन । डरायौ भन्लान भनेर सबै धम्की पचाएर बसियो । परिवारले दुःख मान्लान् भनेर लुकाइयो ।

आफ्नै सुरक्षाका लागि गुहार गर्ने सुरक्षा अधिकारीको नेपालमा बढुवा हुन्छ । उसले जे माग्छ, त्यही पाउँछ । तर, हामी काम देखाएर माग्दा पनि सरकार सुन्न तयार हुँदैन । त्यसैले नेपाल प्रहरीको मनोबल बढ्न सकेको छैन ।

एन्काउन्टर गरिएकाको समूह भोलि गएर ठूलो रूप लियो भने सुरक्षामा खतरा हुन सक्छ । यी कुराको मतलब कसैलाई छैन । हामीजस्तो इमानदार प्रहरी अधिकृतको कुरा सुन्न सरकारलाई फुर्सद छैन । हालका प्रधानमन्त्रीको घर पनि रौतहट हो ।

उहाँले आफ्नो गृह जिल्लामा भाषण गर्दा मेरो नाम लिएर प्रशंसा गर्नुभयो । खुसी लाग्यो । तर, मैले र मसँगै काम गर्ने प्रहरी अधिकृत र जवानहरूले पुरस्कार पाउन सकेका छैनौँ । यसमा मेरो दुःख छ ।

(वार्तामा आधारित)

 

Subscribe to comments feed Comments (13 posted):

krishna on 25/03/2010 22:51:46
avatar
prahari sewa ma samel huda kartabya nirbaha gar6u bhanne ani kam garnu agadi kam gare k dine bhanne yesta gaddar prahari lai nikalera goli hannu nai ramro.yedi kam garna nasake ko bha jagir 6od6u bhaneko bha arkai kura ho sala chor ho yo pani
Thumbs Up Thumbs Down
0
sajan rai on 17/03/2010 18:54:30
avatar
dear sir yasstai ho yo satile sarapeko deshma nyaya kahiel paidaina baru hajur pani party change garnu bhim rawalko khutta molnus madhaveko hat masari dinus badhuvama parnu hunchha .natra tapaiko yo lekh here uniharuyle aba tapailai pani auta bahana banayera pakha lagauna baki rakhdainan yi phohoriko jamatharule.
Thumbs Up Thumbs Down
0
prashant on 14/03/2010 14:06:59
avatar
e mandar prahari haru sangh neta khusi hudain teai vayer tapai ra sahayodhdha ko baduwa navayeko hola
Thumbs Up Thumbs Down
0
nepal on 14/03/2010 11:38:20
avatar
sab terai ra des ka aparadhi lai tato goli khuwaunu parcha police nabhay army ko
Thumbs Up Thumbs Down
0
Nepali on 14/03/2010 05:32:11
avatar
Promotion hune bhaye...ramro thauma saruwa hune bhaye...matra kam garnu parchha, kam nagare kasle po k garna sakchha ra?
Thumbs Up Thumbs Down
0
Seema Sharma on 14/03/2010 04:55:10
avatar
S.S.P. Ji tapaiko kura sunda ma dherai khushi chu. tapai jastai sabai Emandar Police hunebhaya yo desh ko anuharnai pherine thiyo. Mr. John jastai Goita ra Jwala Singlai pani Encounter garnu parch. Tapaiharu jasta Emandar Policelai promotion na dine neta bhanda pani tapaiharu ka thula Officer harule Netaharuko dalali garda yasto bayako ho. tapai haru chhatima hata rakhera bhannush netaharulai hami neta banna sakchau tara tapaiharu Emandar Police banna saknuhuna. tayashkaran Police harulai chalaune koshish nagarnush bhanera. tapai dharya garnush Bhagawanko gharma der 6 andhera chaina, Mreo tarphabata tapaile chaheko promotion chadai milosh bhanne kamana dardachu.
Thumbs Up Thumbs Down
0
suman on 13/03/2010 16:55:07
avatar
kasto laj navaee ko police sidai baduwa ra posting mancge van6 yr heheheee
Thumbs Up Thumbs Down
0
devendra manandhar on 13/03/2010 15:34:52
avatar
yo samachar padhera S.P. chand maathi saarai dayaa laagyo.bichara lai constable ko jati pani buddhi rahenachha. jilla incharge bhayara kaam garda k kasta operation kaarbahi huncha tyo sasto lokpriyata ko laagi patrika maa chhaapne kura haina ra teso garnu bhaneko gopaniyata vanga hune karya ho bhanne hekka nabahayko ho.yo samachar satya ho bhane yaslai puraskaar haina sajaaya dinu pachha..
Thumbs Up Thumbs Down
0
shubhang regmi on 13/03/2010 14:31:21
avatar
Oh my god. U silly police man. That is yr duty to protect public and nation from these criminal people without any return. U looks very very greedy for the prizes and promotion thats why GOD doesn't want to promote. Simple is that.If U R a really police man who want to work without any returns, then after the whole Nation Salut you, otherwise U just simply wasteage in the whole Police force. NEVER THINK THE REWARD TO DO THE JOB FOR THE NATION AND THE CITIZEN. Thank you very much.
Thumbs Up Thumbs Down
1
santosh on 13/03/2010 12:47:05
avatar
chor phata.......aafai dhami aafai boxi........
Thumbs Up Thumbs Down
0
sanu on 13/03/2010 10:27:48
avatar
Jaya bahadur chanda ji sarba pratham ta tapailai dherai2 badhai 6 bhagawan sanga prathana gar6u tapaiko manobal aajhai bados.yo deshlai tapai jasto prahari ko dherai khacho 6 .yo sarkar yastai 6 sarkarle k hi gardain e hamra neta vanauda deshko kitaduharulai tapai jasto mahan man6e chinne fursad 6ain .tara tapai yasto kurako chinta nalinus .tara e nepal kuhaune netaharule nachiner k vayo hami 6au hami janataharu 6au .tapailai chinne aani tapailai samman garne .ani tapaiko kamko kadar garne.tapailai feri pani ridaya dekhi dhanyabad vannu chahan6u .antama tapailai salam.
Thumbs Up Thumbs Down
0
Firoz chand on 13/03/2010 08:58:52
avatar
SSP ZEE TAPAIN LAI SARKAR LE TALAB BHATTA RA SAHULIYET K KARAN LE DIYEKO YESTAI PARI AAYEKO KAM GARNA HOINA RA? TESKO MATALAB POLICE LAI PRATEK KAM GARE BAPAT CHHUTTAI PURASKAR RA SAHULIYAT DINI PARCHHA HOINA TA ? DIKKAR CHHA CHOR LUTERA HO. POLICE SANGATHAN LAI NETA LE HOINA POLICE LE NETA LAI BIGAREKA HUN. NETA KO TALUWA CHATNA TAYAR HUNE, CHATNE ANI NETA LE TALUWA CHATNA LAGAYA BHANI AAROP LAGAUNA MILCHHA ?
Thumbs Up Thumbs Down
6
yogi on 13/03/2010 07:17:58
avatar
tapaiharu jasto prahari nepallai khaacho chha, ani kura puraskaar ko tyo bhaneko 2karod 50 lakha nepali ko maya ra aasirbaa d bahnda thulo purashkar aru ke huna sakchha, sarkar lai ta indai ko langutiko jumra mardai ma fursad chhainani ke ko puraskaar dinu...........
Thumbs Up Thumbs Down
1
total: 13 | displaying: 1 - 13

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.50
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?