Newsletter
Email:
Home | अर्थ | सेयरमा उच्च गिरावट

सेयरमा उच्च गिरावट

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ कारोबार भएका चारै दिन अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्य घटेपछि नेप्से परिसूचकमा उच्च गिरावट आएको छ ।

यो साता नेप्से परिसूचक १८ दशमलव २७ अंकले घट्दै ४ सय ८६ दशमलव २५ अंकमा रहेको छ । नेपाल टेलिकमको सेयरमूल्यमा उच्च गिरावट आएका कारण नेप्से तल झरेको हो । सेयरमूल्यमा उच्च गिरावट आएपछि नेपाल टलिकम सूचीकृत अन्य उपसमूहको उपसूचकमा उच्च ६२ दशमलव २६ अंकले तल र्झदै ५ सय २८ दशमलव ७३ अंकमा रहेको छ ।

नेप्सेका अनुसार यो साता ८६ कम्पनीहरूको १४ करोड ७३ लाख ४८ हजार रुपैयाँबराबरका तीन लाख ६६ हजार आठ सय कित्ता सेयर खरिद-बिक्री भएका छन् । कारोबार रकममा गत साताको तुलनामा ३० दशमलव ०३ प्रतिशत ह्रास आएको हो । अघिल्लो साता २१ करोड पाँच लाख ८० हजार रुपैयाँबराबरका ६ लाख १० हजार एक सय कित्ता सेयर खरिद-बिक्री भएका थिए । कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीको मात्र सात करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

समूहगत उपसूचकमा जलविद्युत्, व्यापार तथा बिमा बढेका छन् भने वाणिज्य बैंक, वित्त तथा विकास बैंक समूहका उपसूचक घटेका छन् । कारोबार रकमका आधारमा यो साता बैंक अफ काठमान्डु अग्रस्थानमा रहको छ । बिओकेका दुई करोड ३३ लाख रुपैयाँबराबरका सेयर कारोबार भए । सेयर संख्याका आधारमा सिएमबी फाइनान्स (३१ हजार कित्ता) अग्रस्थानमा रह्यो भने कारोबार संख्या (३८७) का आधारमा भिवोर विकास बैंक अग्रस्थानमा रहेको छ ।

Subscribe to comments feed Comments (1 posted):

komal on 13/03/2010 13:49:40
avatar
sambidan ko lagi 2 barsa tapu parchha
2 barsa pachhi phire 2 barcha..........
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?