सेरेना नै अगाडि
अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सका लागि २००९ को वर्ष अति सफल रह्यो । गत वर्ष सेरेनाले पाँचौँपटक फेरि विश्व नम्बर एकको कुर्सीमा कब्जा मात्र जमाइनन्, अस्ट्रेलियन ओपन र विम्बल्डन च्याम्पियनसिपको उपाधि पनि जितिन् । तीबाहेक अरू अनगिन्ती सफलताले बुधबार अबुधाबीमा लोरियस विश्व महिला वर्ष खेलाडी २०१० को अवार्ड दिलायो, सेरेनालाई । 'त्योभन्दा अगाडि मलाई चोटले पनि सताएको थियो, फेरि कोर्टमा र्फकन सक्नु अनि नम्बर एक बन्न सक्नु मेरा लागि पनि ठूलै सफलता रह्यो,' अवार्डलाई चुम्दै सेरेनाले भनिन्, 'अबको यो वर्ष अझै रोमाञ्चकारी हुनेछ किनभने जस्टिन हेना फेरि कोर्टमा फर्किएकी छिन्, तर म पनि राम्रै खेल्दै छु तथा अस्ट्रेलियामा उपाधि जितेर आत्मबल पनि बढेको छ तथा आफूले खेल्ने हरेक प्रतियोगिता जित्ने चाहना पनि छ । २०१० अति रोमाञ्चकारी हुनेछ ।' २००९ मा नै सेरेनाले जस्टिन हेनाको वर्षभरि कमाएको नगद पुरस्कारको कीर्तिमानलाई पनि भंग गरेकी थिइन्, वर्षभरि ६५ लाख ४५ हजार पाँच सय ८६ अमेरिकी डलर पुरस्कारमा जितेर । सेरेनाले सो अवार्ड जितेको पहिलोपटक भने होइन । २००३ मा लोरियस विश्व महिला वर्ष खेलाडी बनेकी सेरेनाले २००७ मा कमब्याक अफ द इयरको अवार्ड जितेकी थिइन् । बुधबारको समारोहमा बेल्जियमकी टेनिस खेलाडी किम क्लाइस्टर्जले भने कमब्याक अफ द इयर २०१० को अवार्ड जितिन् । मे २००७ मा टेनिसबाट सन्न्यास लिएर घरजम बसाएर आमा बनेकी क्लाइस्टर्जले गत वर्ष फेरि कोर्टमा र्फकंदै युएस ओपनको उपाधि जितेकी थिइन् । '२००९ मेरा लागि भावनात्मक वर्षका रूपमा रह्यो । त्यो वर्षको सुरुवातमै मैले पितालाई गुमाएँ तथा युएस ओपन जितेपछि त अपत्यारिलो भावना मनमा पोखियो,' अवार्ड लिएपछि क्लाइस्टर्जले भनिन्, 'मैले यति छिटो अवधिमा यति धेरै कुराको अनुभव गर्न पाएकी थिइनँ ।' सोही समारोहमा अन्य महिला खेलाडी पनि सम्मानित भए । अस्ट्रेलियाली सर्फर स्टेफानी गिल्मोरले विश्व एक्सन स्पोर्टस्-पर्सन, दक्षिण अपि|mकी पौडीबाज नातालिया डु टोइटले विश्व स्पोर्टस्-पर्सन अफ द इयर विथ डिसाबिलिटी तथा मोरोक्कोकी इथ्लेट नवल अल माउतावाकेलले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाए । उता पुरुषतर्फको वर्ष खेलाडीको अवार्ड भने जमैकी धावक युसैन बोल्टको भागमा पर्यो । बोल्टले गत वर्ष विश्व च्याम्पियनसिपमा तीनवटा स्वर्णपदक जित्नुका साथै एक सय र दुई सय मिटर दौडमा विश्व कीर्तिमान कायम गरेका थिए ।



del.icio.us
Digg
Post your comment