Newsletter
Email:
Home | देश | 'भारतलाई नै छपाइको जिम्मा दिनुपर्छ’

'भारतलाई नै छपाइको जिम्मा दिनुपर्छ’

Font size: Decrease font Enlarge font
image

 

नयाँ पत्रिका

काठमाडौं, २७ फागुन

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतलाई नै छपाइको जिम्मा दिनुपर्ने अडान दोहोर्‍याएकी छिन् 

संयुक्त राष्ट्रसंघको १३औँ मानवअधिकार भेलामा सहभागी भएर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कोइरालाले भारतलाई नै एमआरपी छपाइको ठेक्का दिनुपर्ने दोहोर्‍याएकी हुन् । 'मैले भारतसँग पोलिटिकल कमिटमेन्ट गरिसकेकी छु,' उनले भनिन्, 'गभरमेन्ट टु गभरमेन्ट डिल गरेर भारतलाई नै एमआरपीको जिम्मा दिनुपर्छ ।'

एमआरपीको बारेमा मन्त्रिपरिषद्बाट भारतमा एमआरपी छपाइ गर्ने निर्णय नहुनु लज्जास्पद भएको पनि मन्त्री कोइरालाले बताइन् । 'यति ढिलाइ किन भइरहेको छ, मैले बुझ्न सकेको छैन । यो देशका लागि एकदमै लज्जास्पद कुरा हो,' उनले भनिन् 

 

एमआरपी प्रकरण

मन्त्री कोइरालाले आफ्नै कमजोरीका कारण एमआरपी समयमा जारी हुन नसकेकोसमेत स्विकारेकी छिन् । 'हाम्रै कमजोरीले एमआरपी समयमा जारी नहुने निश्चित नै भएको छ,' उनले भनिन्, 'तर, पनि हामी आइकाओको निरन्तर सम्पर्कमा छौँ ।' अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बाध्यकारी प्रावधानअनुसार १९ चैतभित्र नेपालले अनिवार्य रूपमा एमआरपी जारी गर्नुपर्छ । त्यसउता जारी हुने हस्तलिखित राहदानीले विदेशयात्रामा वैधता पाउँदैन । यसबाट अध्ययन र रोजगारीका लागि विदेश जाने लाखौँ नेपालीलाई प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ 

 

परराष्ट्र मन्त्रालयले करिब साढे नौ वर्ष चुपचाप बसेर गत भदौमा मात्रै एमआरपी छपाइको टेन्डर प्रक्रिया सुरु गरेको थियो । तर, मन्त्री कोइरालाकै दबाबमा एकाएक मन्त्रालयले सो प्रक्रिया रद्द गरेको थियो 

 

 

कमिटमेन्ट गरेकी छु

एमआरपी जारी गर्ने मिति १ अपि्रल आइसक्यो ? सरकारले अब के निर्णय गर्छ ?

 

समय गइसक्यो दायाँ-बायाँ नसोची भारतलाई एमआरपीको जिम्मा दिनुपर्छ भनेर मैले भन्दै आएकी छु । पहिलो र दोस्रो चोटि भारतलाई नै एमआरपी छपाइको जिम्मा दिनुपर्छ भनेर मैले क्याबिनेटमा प्रस्ताव पनि लगेँ । तर, देश बेच्न र राष्ट्रिय हितविपरीत गर्न लागेको भन्ने आरोप ममाथि लगाइयो । एमआरपीको बारेमा कुनै निर्णय हुन सकेको छैन । यति ढिलाइ किन भइरहेको छ मैले बुझ्न सकेको छैन । यो देशका लागि एकदमै लज्जास्पद कुरा हो । हाम्रै कमीकमजोरीका कारण यो स्थिति आयो, जसका कारण एमआरपी समयमा जारी नहुने पक्का भएको छ । तर पनि हामीले आइकाओसँग कुराकानी गर्नेछौँ । अहिले वार्ताको प्रयास भइरहेको छ । हामी आइकाओको सम्पर्कमा छौँ 

 

भारतलाई दिँदा राष्ट्रिय सुरक्षाको खतरा छ भनिन्छ नि ?

 

गभरमेन्ट टु गभरमेन्ट डिल गरेर भारतलाई नै एमआरपीको जिम्मा दिनुपर्छ । हामी अवश्य पनि राष्ट्रिय हित हेर्नेछौँ 

क्राइसिसको सिचुएसन आएपछि भारतबाट नै सबैभन्दा पहिले प्रपोजल आएको हो । भारतले एमआरपीका लागि विभिन्न टे्रनिङ पनि दिने भनेको छ । हाम्रो नोट पनि भारतले नै छापिरहेको छ क्यारे ? किन चिन्ता मान्नुपर्‍यो ? हामीले नै डाटा इन्टरिङ, फोटो र नम्बरिङ गर्ने हो, त्यसमा अरूले हस्तक्षेप गर्लान् भन्नुपर्दैन । त्यस्तो खतरा छैन 

 

 

धेरै देशका कम्पनी आएका छन् नि, किन भारतीय कम्पनीलाई नै दिनपर्‍यो ?

 

कम्पनीहरू त आउँदै गर्छन् नि । क्राइसिसको टाइममा प्रतिस्पर्धाको सम्भावना पनि धेरै नै हुन्छ । तर, मैले भारतसँग पोलिटिकल कमिटमेन्ट गरिसकेकी छु 

 

लेखा समितिसँग विवाद भयो, तर त्यही समितिका सभापति लिएर किन विदेश जानुपर्‍यो ?

लेखा समितिका सभापति हाम्रो पार्टीका सदस्य पनि हुन् । उहाँ हाम्रै साथीभाइ । पटक-पटक विदेश जाँदा अरूलाई लाने गरेकी थिएँ । कहिले एमालेका सभासद् कहिले कांग्रेसका सभासद् भ्रमणमा गए । लेखाका सभापतिलाई पनि विदेश घुमाउन लगेकी हुँ । मान्छेहरूलाई विदेश पनि त घुमाइरहनुपर्छ नि ? यसपटक उहाँ पालोमा पर्नुभयो । हरेकचोटि लैजाने पनि होइन नि ?

विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री कोइराला

Subscribe to comments feed Comments (16 posted):

SK on 13/03/2010 05:50:54
avatar
girija pachhi sujata ko k hal hune ho? bau hunjel phurti la.
Thumbs Up Thumbs Down
0
on 13/03/2010 04:22:53
avatar
Hey guy how can we believe Sujata, because she is the one Nepalese corruption political. Use less Mantri, She saying something to public but she is the corruption.
Thumbs Up Thumbs Down
0
MANU on 13/03/2010 01:36:26
avatar
Stupid Sujata. Just reminded me पैसा बोलता है: अझै पनि मेशिन रिडेबल पासपोर्ट भारतलाई छपाउन दिने ?
Thumbs Up Thumbs Down
0
gorkhe on 12/03/2010 23:21:09
avatar
indianko slumdog milioner ho kujata.stupid chanchari maiyan.
Thumbs Up Thumbs Down
0
pradip on 12/03/2010 19:23:25
avatar
sujata nani ko dimag le kam gardaina des ko lagi sochna. business garne bhaya go to germany.nepali janata ko paisa ma bides aru lai ghumaye bhanera furti garne. ali kata pani chhina hai laj bhanne chij tan sanga. aba neget dance garne bela aako chha taile.
Thumbs Up Thumbs Down
0
Dharma Raj Gautam on 12/03/2010 15:55:12
avatar
oe tero matra india ma gaiara bana hai. afni des ma banuna sakidna . ***** tali ta ne indi ko lagi khei bolish vana ne tero...... ta sujata ali
Thumbs Up Thumbs Down
0
Magaro Miza on 12/03/2010 13:58:47
avatar
She wants monopoly on her wrong commitment.It's ridiculas thing.Any how government should have to stop her decision.As a whole we have to do fair tender as much as economic.We have alternative companies as wel cheaper then india...so stop her foolish response...
Jay ho Nepal and Nepaliko...
Minimise gari paisa bachau nepaliko...
Thumbs Up Thumbs Down
0
on 12/03/2010 10:55:47
avatar
Maile commission ligi sakeki 6u bhaneko ni. India kai aasirbad ma baneka mantriharule India ko birudhma jaan kin sakthe. yesta laai pani ful mala le swagat garirahan6an janatale.
Thumbs Up Thumbs Down
0
LB Gurkhali on 12/03/2010 09:38:57
avatar
jasle je bhanepani aakhir sujatale india ma mrp dinu kehi na kehi swartha 6, yati dherai desh bata india bhanda sastoma mrp banaune companyharu aayeko chhan, sujatatale kina india ma nai dipi gareko? sachai bhanne ho bhane ta india lai dinu hundaina hamro security ko hisable pani kinaki simana jodiyako desh ho, nepal ko suchana india lai dinu bhaneko desh pani indialai dinu jastai ho, sujata lai spastikaran linu parchha kina india ma mrp banaune bhanera.
Thumbs Up Thumbs Down
0
girija prasad koirala on 12/03/2010 09:37:36
avatar
ma ra girija ta "RAW" ko agent ho ni
Thumbs Up Thumbs Down
0
sharan on 12/03/2010 06:48:05
avatar
oe international, shut your mouth & give up your Position.We don't care what did you do with India for your selffishness, we just want cheap & quality passport
Thumbs Up Thumbs Down
2
suren bohora on 12/03/2010 06:28:49
avatar
haruwo neta mantrei bhayar ka chou kumlyayo ktakta bathoncha na babukojane naamako yothes ka bhaeiras timeyrunaetaho
Thumbs Up Thumbs Down
2
lama kanchha on 12/03/2010 06:22:56
avatar
yasta mantri haru lai ta khalto khanera khalto ma tauko tal garera gadnu parchha balla thaha hunchha Girja ko palo pachhi you aai maile yastai hunu parchha jasto chha
Thumbs Up Thumbs Down
2
pujanpun on 12/03/2010 06:11:16
avatar
o sujata tapai mantree bhyo bhane ra jaslai pani m r p pasport chapna dine kati murkha ho sujata ta yosto dhipi garne bhane tero rajinama pani pakka 6. jasle thorai paisa ma chap6 tesai lai dine po ho
Thumbs Up Thumbs Down
0
कल्पित चन्द्र तित्याङ बाग्लुङ on 12/03/2010 05:56:53
avatar
यो आइमाइ सँग नसकिने हो बा । कती लिडेढिपी गरेकी हो यो आइमाइ ले होईन हो सुजाता "मैसाप" तैले भनेकै लाई दिनु पर्छ भन्ने के छ र हं ? क्राइसिसको सिचुएसन आएपछि भारतबाट नै सबैभन्दा पहिले प्रपोजल आएको हो भन्दै मा दिने होर ? जुन कम्पनी ले थोरै पैसामा प्रपोजल गर्छ उसैलाई दिने पो हो ।
कल्पित चन्द्र तित्याङ बाग्लुङ kalpitkhatri@ymail.com
Thumbs Up Thumbs Down
4
rabin bhattarai on 12/03/2010 04:07:46
avatar
abo india gayera khane bhayo dhoti ko ??
Thumbs Up Thumbs Down
2
total: 16 | displaying: 1 - 16

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?