वीरेन्द्रनगर बहुमुखीलाई उपाधि
सुर्खेत/ वीरेन्द्रनगर बहुमुखी क्याम्पसले बिहीबार उच्चमावि तथा क्याम्पसस्तरीय फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगिताको फाइनलमा वीरेन्द्रनगरले जनउच्च माविलाई ३-० ले हराउँदै उपाधि जितेको हो ।
खेलको २५ औँ मिनेटमा गोपाल खड्काले विजयी टोलीलाई पहिलो गोलको अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४५ औँ मिनेटमा बबिन पौडेलले दोहोरो अग्रता गोल ठोके । दोस्रो हाफको २५ औँ मिनेटमा उनी टोलीका लागि विजयी गोल गर्न सफल रहे । उपाधि हात पारेको वीरेन्द्रनगरले पाँच हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेताले दुई हजार रुपैयाँ पायो ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment