रेखा र विराजको फेसन मोह
फिल्ममा छिनछिनमै थरीथरीका डे्रसमा देखापर्ने अधिकांश नायक/नायिका वास्तविक जीवनमा पनि निकै फेसनेबल देखिन चाहन्छन् । नायिका रेखा थापा आफूलाई फेसनेबल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँछिन् । बजारमा नयाँ फेसन आउनेबित्तिकै किनिहाल्ने बानी छ रे उनको । भन्छिन्, 'मलाई बजारमा आएका नयाँ फेसन नकिनी हुँदैन । मलाई हिँड्दा हिँड्दै कुनै कपडा मन पर्यो भने पनि किनिहाल्छु ।' उनको रोजाइमा पर्छन् छोटो स्कर्ट, लुज टाइपका वानपिस तथा जिन्स पाइन्ट र टिसर्ट । रेखा प्रायः हप्तैपिच्छे नयाँ लुगा किन्छिन् रे ! किसिम-किसिमका कपडाले चारवटा दराज भरिएको बताउँछिन् उनी ।
'म ड्रेसमा चुजी छु । म हम्मेसी एकपटक लगाएको कपडा फेरि दोहोर्याएर लगाउने गर्दिनँ,' उनी भन्छिन्, 'नयाँ कपडा एक/दुईचोटि लगाएपछि साथीहरूलाई बाँडिदिन्छु ।' कपालको स्याहारमा पनि आफूले निकै ध्यान दिने गरेको बताउँछिन् उनी । प्रायः उनी 'हेयर स्टाइल' बदलिरहन्छिन् । कपालको स्याहारमा महिनामा कम्तीमा पनि पाँच हजार रुपैयाँ खर्च हुने गरेको दाबी उनको छ ।
नायक विराज भट्ट आफूलाई टाइट टिसर्ट र जिन्सपाइन्ट औधी मन पर्ने बताउँछन् । बाहिर बनेरै हिँड्ने उनको बानी पुरानै हो । 'डे्रसको मामलामा म अलि चुजी छु,' विराज भन्छन्, 'अधिकांश समय सुटिङमै बित्ने भएकाले आफूखुसी ड्रेस लगाउने मौका कमै मिल्छ । मौका मिल्यो भने म बजारमा चलेको लेटेस्ट फेसन खरिद गरिहाल्छु ।' विराज आफूलाई फिटिङ ड्रेस बढी मन पर्ने बताउँछन् । जुत्तामा भने उनलाई डिंगो र स्पोर्टस् सजिलो लाग्छ रे ! उनी आफ्नो तीनवटा दराज कपडाले भरिएको बताउँछन् । भन्छन्, 'फुर्सदको समयमा नयाँ फेसनका लुगा टन्न किनेर राख्छु । मसँग सधैँ पाँच/सात जोर पेस ड्रेस हुने गर्छ ।' आफूलाई मन परको डे्रस जति महँगो परे पनि किन्ने गरेको सुनाउँछन् उनी ।



del.icio.us
Digg
yi 2 kaudika hiro hiroin le k nai janeka chan ra fashion garna bhanda
go to hell
WAHIYAT.......
प्राय फोटोहरु सेक्सी पोजमा बढ़ी देखिने गर्छन,यस्म कुनै आपत्ति मान्नु पर्ने देखिंदैन,आजकल चुम्बन,स्विमिंग कस्टम,हुना सके सबै देखाउना सके सिनेमा बाट राम्ररी फाइदा गर्न सैक्न्छ,फाइदा नभएको ब्यापार कसले गर्छ र होइन र !
WHIYAAT!!!!!!!!
npl ma ahile k ko abasyak 6a tyo kura po lekhnu par6a ta paisa vaye jasle pani janeko 6a feshan garna la sampadak ji
Now days i c lots of rubbish news in naya patrika and i have been continiously commenting on this ...
Do these people earn enough money for buy those mentioned volume of apparels? what is their source of income. Please advice them to buy good books to improve their skills......acting skills too.
Post your comment