सइलाई पेटिकोट भिराइयो
मन्थली/ हाटबजारबाट मासु र तासका खालबाट जबर्जस्ती रकम असुलेको भन्दै रामेछाप बजारस्थित प्रहरीचौकीका इन्चार्ज गोकुल मण्डललाई स्थानीय महिलाले पेटिकोट भिराइदिएका छन् । मण्डलले सर्वसाधारणलाई दुःख दिएको भन्दै विरोधमा उत्रिएका स्थानीयवासीले प्रहरीचौकी पुगी उनीलाई कारबाही गर्न मागसमेत गरेका छन् । दबाबपछि प्रहरीले सइ मण्डललाई जिल्लामा हाजिर गराई रामेछाप चौकीका पूर्वइन्चार्ज सइ जितेन्द्रबहादुर केसीलाई पुनः जिम्मेवारी सुम्पेको छ । मण्डलले सो चौकीको जिम्मेवारी पाएको १५ दिन पनि बित्न नपाउँदै बिहीबारे हाटमा गई प्रत्येक पसलबाट एक पाउका दरले जबर्जस्ती बंगुरको मासु र तासका खालबाट सर्वसाधारणबाट रकम असुलेको स्थानीयवासीको आरोप छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment