Newsletter
Email:
Home | दृष्टिकोण | नोबेलका विद्यार्थीले बनाए यस्ता रोबोट

नोबेलका विद्यार्थीले बनाए यस्ता रोबोट

Font size: Decrease font Enlarge font
image

कक्षा ११ र १२ का विद्यार्थीले सामूहिक प्रयत्न गरेर रोबोट बनाएका छन् । एउटा सेतो बाटोमा गुड्ने र अर्को सामान एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने रोबोट तयार भइसकेको छ 

'हामी त कहिले राति तीन/चार बजे खाना पकाएर खान्छौँ, कहिले राम्रोसँग सुत्न पाउँदैनौँ' नोबेल एकेडेमीमा विज्ञान प्रदर्शनीका लागि रोबोट बनाउन जुटेका विद्यार्थी आफ्नो कथा सुनाउँदै थिए । कहिले लोडसेडिङले काम गर्न पाउँदैनन् उनीहरू । कहिले सामान खोज्दै काम भ्याउँदैनन् उनीहरू 

न्ाोबेल एकेडेमीमा कक्षा ११ र १२ का विद्यार्थीले सामूहिक प्रयत्न गरेर रोबोट बनाएका छन् । एउटा बाटोमा गुड्ने र अर्को सामान एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने रोबोट तयार भइसकेको छ 

एकेडेमीका डिकेन्द्र निरौला, सुमित्रा रायमाझी, प्रवेश श्रेष्ठ र नवराज अधिकारीले सेतो बाटोमा मात्रै आफैँ गुड्ने रोबोट बनाएका हुन् । यो रोबोट प्रकाशको आधारमा रोकिने र गुड्ने गर्छ । आफूले तयार पारेको रोबोटबारे सुमित्राले भने, 'यसमा दुईवटा लाइट सेन्सर छ, सेतो बाटोमा अगाडि बढ्छ, कालोमा जानेबित्तिकै रोकिन्छ ।' जता सेतो हुन्छ त्यतै चल्ने गर्छ यो रोबोट 

चारजनाको नाम समेटिने गरी एलपिडिएस राखेका छन् उनीहरूले सो रोबोटको नाम । यसमा एलडिआर -लाइट डिपेन्डेन्ट रेसिस्टेन्ट) राखिएको छ । एलडिआरमा जस्तो प्रकाश पर्छ, त्यसै अनुसारको प्रतिक्रिया आउँछ । रोबोटको अगाडिको भागमा रहेको एलडिआरमा कालो प्रकाश परेमा रोकिन्छ र सेतो परेपछि गुड्छ । कसरी गुड्ने र रोकिनेगर्छ भन्ने जिज्ञासा मेटाउँदै पवित्रले भने, 'कालो पर्नेबित्तिकै रेसिस्टेन्स हाइ हुन्छ, रेसिस्टेन्स हाइ हुँदा करेन्टको फ्लो कम हुन्छ, भोल्टेज कम हुन्छ र रोकिन्छ । कलर कालो र सेतोको आधारमा आफैँ चल्ने र रोकिने गर्छ ।'

यसले कसरी काम गर्छ ? जिज्ञासामा प्रवेश श्रेष्ठले भने, 'सेन्सरबाट आएको सिग्नललाई आइसीले करेन्ट बनाएर पठाउँछ । आइसीबाट निस्केको भोल्टेजले मोटर गुडाउन सक्दैन । यसको क्षमता बढाउन दुईवटा ट्रान्जिस्टर छन् तिनले शक्ति बढाउँछ ।'

यसखाले रोबोटलाई इन्जिनियरिङ दृष्टिकोणबाट व्यापक गराउन सकेमा धेरै उपयोगी हुने उनीहरूको दाबी छ । उनीहरूको एउटै स्वरमा भनेे, 'हामीले बनाएको नमुना मात्र हो, यसलाई इन्जिनियरिङ गरेर व्यापक गराउन सकेमा दुर्घटना नहुनेलगायतका फाइदा हुन्छ ।'

११ र १२ मा पढ्ने विद्यार्थीले करिब २० दिन लगाएर रिसर्च गरेका थिए । कवाडी सामान किनेर विद्यार्थीले यस्तो परीक्षण गरेका हुन् । उनीहरूको भनाइ छ, 'यस प्रविधिलाई विकसित गर्दा ड्राइभर चाहिँदैन ।'

त्यस्तै अर्को क्रेनजस्तै रोबोट पनि बनेको छ । सन्तोष बास्तोला र प्रज्वल वैद्यले रिमोटबाट चल्ने सो रोबोट बनाएका हुन् । यसखालको रोबोट सामान उठाएर अर्कोमा राख्न सकिने डिजाइनको छ । यसमा अगाडिको भागमा समान समात्ने र घुम्ने भागमा दुईवटा ६ भोल्टका मोटर छन् । पछाडिको भागमा १२ भोल्टका पाँचवटा मोटर जडान गरिएका छन् । कार, साइकल, मोटरसाइकललगायतका सामानबाट यो रोबोट तयार पारिएको हो । रिमोर्टबाट चल्ने यस किसिमको रोबोटलाई विकसित गरेर भीर पाखा र अप्ठयारा ठाउँमा मानिस टाढै बसेर काम गर्न सकिने विद्यार्थीको भनाइ छ 

विद्यार्थीले बनाएका रोबोट मंगलबार चलाएरसमेत देखाए । 'प्लस टु' का विद्यार्थीले यस्तो काम गर्नु ठूलो कुरा भएको शिक्षक बताउँछन् । 'उनीहरूले जे गरेका छन्, कोर्सभित्र पर्दैन, नोबेलका फिजिक्सका शिक्षक दीपक अधिकारी भन्छन्, 'मैले तीन-चार दिन क्लास दिएँ, अरू सबै उनीहरूले नेटमा खोजेर धेरै मिहिनेत गरेर बनाए ।'

Subscribe to comments feed Comments (3 posted):

govinda adhikari on 11/03/2010 02:20:19
avatar
Hamro deshma prativako kunai kami chainna. Kami cha ta matra prativawan ko samrachan ra sahayogko. Sarkarle kamsekam yasta hastilai bisesh byawastha garera sahayog garnu nitanta awasyak cha. Khusi lagyo bhaiharule robert banauna safal vayekoma.
kahile car banaune, kahile kapaalbata bijuli,kahile rocket banaune yi lagayat anya dherai kisimko yantra banaune scientist hamro deshma vayera pani kunai samrachan ra hausala dina sakdaina private sector ra governmentle.
Thumbs Up Thumbs Down
0
dhak on 10/03/2010 13:25:44
avatar
aru kehi hoina, college ko prachar garne low grade idea. why every moveabe objects are called robot? huda huda cycle lai pani robot bhanne hola . aaja robot bata school aaye bhanera, bus pani robot.....it is nothing special but 12 class ko le banaye it is good..
Thumbs Up Thumbs Down
0
Suvash Acharya on 10/03/2010 12:51:05
avatar
Wonderful inventions.... I am so proud of you guys...
keep it up....
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?