Newsletter
Email:
Home | पाठक-टिप्पणी | जन्मँदै खराब हुँदैन पुरुष

जन्मँदै खराब हुँदैन पुरुष

Font size: Decrease font Enlarge font
image

पुरुषलाई क्रूर बनाउनुमा सामाजिक परिवेश, चेतनास्तर, पारिवारिक पृष्ठभूमिजस्ता पक्ष जिम्मेवार हुन्छन्

साँच्चै सबै पुरुष खराब भएको भए हाम्रो समाज मान्छे बस्नलायक रहने थिएन । प्रत्येक पत्नीका लागि प्रत्येक श्रीमान् खराब छैनन् । कोही श्रीमान् पक्कै खराब छन् । तर, सबैलाई एउटै आँखाले हेर्नु अन्याय हुनेछ । गौतम बुद्ध पनि पुरुषै थिए । संसारको दिशा नै बदल्ने क्षमता भएका कैयौँ असल पुरुषको विवरण इतिहासमा भेटिन्छ ।

स्त्री पुरुषभन्दा शारीरिक रूपमा केही कमजोर हुन्छे, पुरुष महिलाभन्दा आँटिलो हुन्छ । यस तथ्यलाई आनीले पनि स्विकारेकी छिन् । त्यसैले पुरुषबारे खराब धारणा मात्र पालेर नबाँचौँ ।

(आनीका आँखामा पुरुष, २१ फागुन, सप्तरंग)

अशोक अधिकारी, काठमाडाँै

आनीले गरेको पुरुषबारेको विश्लेषण ठीकै लाग्यो । मानव अंग प्रत्यारोपण प्रयोगशाला खोल्ने उनको अभियानमा सफलता मिलोस् !

रेशम तामाङ, इमेलबाट

महिलाले शासन गर्ने अवसर पाए देश उँभो लाग्ने थियो भन्ने आनीको भनाइमा त्यति चित्त बुझेन । सुजाता, विद्याजस्ता महिलाका हातमा यो देश पर्‍यो भने के होला ?

दावा शेर्पा, इमेलबाट

'फूलको आँखामा फूलै संसार...' गाएर चर्चित बनेकी आनीको समाजसेवातर्फको यात्रा लोभलाग्दो छ । उनका एल्बम र आत्मसंस्मरणात्मक किताबको बिक्रीबाट आएको रकम उनी समाजसेवामा लगाइरहेकी छिन् । यो प्रशंसनीय कार्य हो । उनको यस यात्रामा बीच बाटामै पूणविराम नलागोस् ।

संगीता मोक्तान, आरुबारी, बौद्ध

पुरुषबारे आनी छोइङ डोल्माको विश्लेषण बिल्कुलै सही छ । पुरुष हातमै क्रूरता लिएर जन्मेका हुँदैनन् । पुरुषलाई क्रूर बनाउनुमा सामाजिक परिवेश, उसको शिक्षा, पारिवारिक पृष्ठभूमि, आदि जिम्मेवार हुन्छन् । विकसित देशका शिक्षित पुरुषमा समेत यस्तो रोग पाइन्छ ।

सामु पौडेल, इमेलबाट

लेख निकै प्रेरणादायी छ । अरूलाई खुसी दिनुजति ठूलो खुसी संसारमा अर्को छैन । आनीको जीवनदर्शनले सबैलाई त्यागको मार्ग देखाउनेछ । सेवा नै धर्म हो भन्ने यिनले बुझेकी छिन् ।

केशव भोजपुरे, इमेलबाट

बुझ्नेलाई त 'फूलको आँखामा फूलै संसार...' नै पर्याप्त छ । महिलालाई पुरुषले कमजोर ठान्छन् भन्दा पनि उनीहरू आफैँ आफूलाई कमजोर ठानिरहेका हुन्छन् । अधिकार माग्दै हिँड्नुभन्दा आफैँ क्षमतावान् बन्नु जरुरी छ महिलाले ।

टंक लम्साल, इमेलबाट

पुरुष खराब वा महिला खराब भनेर विश्लेषण गर्नुभन्दा पनि

त्यस्ता खराबबाट पाठ सिकेर सबैले आफूलाई असल बनाउनुपर्छ ।

विष्णु चापागाईं, अस्ट्रेलिया

आनीको सोचाइ र सामाजिक कार्यमा उनको संलग्नता दुवै

अनुकरणीय छन् ।

रामजी बलामी, जनमैत्री कलेज

rbalami2008@gmail.com

पुरुष खराब हुन्छन् भन्ने आनीको सोचाइ शतप्रतिशत गलत नै त छैन । तर, सबै पुरुष खराब हुन्छन् भन्ने सोचाइ भने कसैले पनि राख्नु हुन्न । संसारमा कुनै पनि कुरा सही वा गलत छैनन् । त्यो त खालि हाम्रो सोचाइमा भर पर्ने कुरा हो ।

अमित क्षेत्री, इमेलबाट

पुरुषलाई खराब देख्ने आनीको नजरले पुरुषलाई बर्बाद पार्ने महिलालाई पनि त देखेको होला । उनीहरूबारे पनि केही बोलिदिएको भए के जान्थ्यो र ?

गिर रोदन, इमेलबाट

गायिका अनि समाजसेवी आनीका विचारमा सहमत छु । नेपालमा उनीजस्तै छोरीहरूले जन्म लिनु आवश्यक छ । यस्तै उच्च विचार बोकेका उदार मनका धनीले समाजलाई अघि बढाउन सक्छन् ।

महेश पौडेल, इमेलबाट

Subscribe to comments feed Comments (3 posted):

ashok on 11/03/2010 01:18:11
avatar
ani le purus ko swat nachakera hola sayd uni le purus lai ...naramro bhaneko holin bichra .. ani unale sansar ko sukha nai pursa rahecha bhane kura bichina jasto ma lai lagchha ..
Thumbs Up Thumbs Down
0
Khadka Gurung on 10/03/2010 22:41:07
avatar
Dear aani ko uchcha-bichar ra git pratima aabhar byakta gardachhu.Aani tapaile ek ramro aasal puruassanga jiwansangin garnu ramro hunchha hola mero bicharma kinabhane hajur ek aasaal nari ho.Hajurko babale jasto mero babale pani aamalai tyasto garnu hunthyo tara ke garnu mahila puruas ek juwako halo ho or parewako jodi jasto ho jasto malai lagchha.Tyasari nai yo sansar chal chha.Jai Buddha bhagwan
Thumbs Up Thumbs Down
0
padam pun on 10/03/2010 12:50:12
avatar
aani didi namskar,
sabai man6e sanga gun ko sathai aba gun pani hun6 hainara ? tra kun man6e sanga kati parisat gun6 ra kati partisat abagun 6 tesma bhar par6 hainara ? ra je jastai bhaye pani male matra kharab hun6n bhanna sakidaina female ko pani kami kamjori huna sak6ni hainara jehos hajur jasto buddha ko jaruri 6 hamro countrylai ra yesai gari agadi baddai janu hola .
Thumbs Up Thumbs Down
-1
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?