तीतोसत्यबारे मेरा दर्जन स्मृति
दीपकराज गिरी
हास्यकलाकार
पटक-पटक अस्वीकृत तीतोसत्य
०५९ सालतिर मलाई आफैँ हास्य टेलिशृंखला बनाउने हुटहुटी लाग्यो । यसै सालको अन्तिमतिर दीपाश्री निरौलालगायत केही साथी मिलेर तीतोसत्य बनाउने निर्णय गर्यौँ । सबै तयारी गरेर डमी लिएर हामी नेपाल टेलिभिजन गयौँ । तर, टेलिभिजनले हामीलाई पत्याएन । त्यहाँका कर्मचारीले ँनाम हास्य टेलिशृंखला, हाँस्ने ठाउँ कहीँ छैन । यस्तो रुनेजस्तो बनाएर हास्यकार्यक्रमको डमी भनेर ल्याउने ?’ भनेर हामीलाई खिसिटयुरी गरेर फर्काए । तर, हामीले हार मानेनौँ र दोस्रो डमी बनाएर फेरि एनटिभी गयौँ । फेरि पनि डमी अस्वीकृत भयो । ँठट्टा गर्न ल्याएको ?’ भनेर उनीहरूले उल्टै हामीलाई झपारे । तेस्रो र चौथोपटक पनि हाम्रो डमी अस्वीकृत भयो । अब हामीमा एकखालको निराशा पैदा भइसकेको थियो । चार-चारपटकसम्म डमी अस्वीकृत हुँदा म धेरै रोएँ । अनि, कहिलेकाहीँ मदिरा पिएर तनावबाट मुक्त हुने कोसिस पनि गरेँ । तर, साथीहरू भने ँतीतोसत्य’ को कन्सेप्ट राम्रो छ भनेर हौस्याइरहन्थे ।
यसैबीच, ०६० भदौ ४ गते, पाँचाँै प्रयासमा हाम्रो डमी ओके भयो । डमी ओके हुँदा दीपाजीलगायत तीतोसत्यको सिंगो टिम एक-अर्कालाई अँगालो हालेर रोएका थियौँ । खुसीले रोएको त्यो दिन म कहिल्यै भुल्दिनँ । बेकारको लफडा तीन वर्षअघि पेट्रोलको हाहाकार थियो । तीतोसत्यको एक भाग यही विषयवस्तुमा आधारित भएकाले सुटिङका लागि हामी काठमाडौंको तीनकुनेस्थित पेट्रोलपम्प पुगेका थियाै । धेरै अघिदेखि राजकुमार जोशी भन्ने एकजना भाइले तीतोसत्यमा अभिनय गर्न मरिहत्ते गरिहेका थिए । मैले तीनकुने पेट्रोलपम्पमा उनलाई पनि बोलाएको थिएँ । उनी आउन त आए, तर भूमिका छोटो भयो भन्दै केहीबेर लफडा गरे । यता, पेट्रोलपम्पका मालिकले चाहिँ ँछोटो समयमा सुटिङ सिध्याउनुहोला, धेरै भीड भयो भने तेल दिन थालेछ भन्ने सोचेर मान्छे लफडा गर्न आउँछन्
’ भनेका थिए ।
जोशीको छोटो भूमिकाको लफडा सिद्धिएपछि सुटिङ सुरु भयो । तर, दसचोटिसम्म रिटेक गर्दा पनि उनले राम्रो अभिनय गर्न सकेनन् । केही सीप नलागेपछि मैलेे हैरान भएर 'लौ भयो' भनेर छाडिदिएँ । त्यसपछि मैले उनलाई सम्झाउन थालेँ, 'भाइ, तिमी भूमिकाचाहिँ लामो खोज्ने, तर अभिनय गर्नचाहिँ नसक्ने ! यसरी हुन्न, बाबु,' यति के भनेको थिएँ, ती भाइ ममाथि जाइलागिहाले, 'हामी साना कलाकारलाई हेप्ने, तँ सामन्ती, शोषक होस् ।' म सम्झाउन खोज्छु, उनीचाहिँ 'सानो कलाकारलाई हेप्ने, कुट्न खोज्ने, ल मार् !' भन्दै उपि
|mन थाले । त्यहाँ भीड जम्मा भएको थियो । एक हिसाबले उनले भीडको फाइदा उठाए । सुटिङ गर्न गएको गाईजात्रै भयो । मलाई असहय भएपछि मैले भने, 'भाइ, यत्रा मान्छेका अगाडि यस्तो झूटो आरोप नलगाऊ । अब तिमी शान्त भएनौ भने कुटाइ खान्छौ ।' म रिसले आँखा देखिरहेको थिइनँ । यसैवेला एकजना साथीले मलाई सम्झाए, 'दीपक दाइ, तपाइर्ंले यसलाई कुटे पनि तपाईंकै बेइज्जत हुन्छ, यसले तपाईंलाई कुटे पनि तपाइर्ंकै बेइज्जत हुन्छ ।' मैले जसोतसो आफूलाई नियन्त्रणमा राखेँ ।
जोशी भाइले अर्को स्क्यान्डल गरेछन् । भएभरका पत्रपत्रिकामा 'दीपकराज गिरीले अन्याय गर्यो, शोषण गर्यो, पिटयो' भनेर विज्ञप्ति बाँडेछन् । विज्ञप्ति निस्किएपछि सबै पत्रपत्रिकाले प्रतिक्रिया मागेर हैरान पारे । एउटा सुखद् संयोगचाहिँ के भयो भने कान्तिपुर दैनिकको कार्यालयअघि नै त्यो घटना भएको थियो । कान्तिपुरका पत्रकार साथीहरूले त्यो भाइले देखाएको जात्रा हेर्नुभएको थियो । उहाँहरू प्रत्यक्षदर्शी भएका कारण मलाई त्यति अप्ठयारो परेन । मन्त्रीलाई झैँ सुरक्षा दीपाश्रीजी र म कार्यक्रमका लागि धनगढी गएका थियौँ । धनगढीमा एक इन्सपेक्टरको नेतृत्वमा रहेको सातजनाको प्रहरी टोलीले दीपाजी र मेरो सुरक्षाको जिम्मा लिएको थियो । हामी जता गयो, प्रहरी त्यतै जान्थ्यो । हामीलाई अचम्म लाग्यो । न हामी मन्त्री थियौँ, न नेता ! हाम्रो सुरक्षार्थ प्रहरीको एउटा टोली नै किन खटियो ? दीपाजी र मैले बुझेनौँ । कार्यक्रम आयोजकलाई सोधेपछि पो थाहा भयो- तीनकुनेमा लफडा गर्ने राजकुमार जोशीको घर धनगढी रहेछ । उनले हामी आउने थाहा पाएपछि, त्यहाँका स्थानीय पत्रपत्रिका र रेडियोमा 'दीपकराज गिरी धनगढी आयो भने कुट्छु' भनेर प्रचार गरेका रहेछन् । उनको कुटपिटबाट मलाई बचाउन एउटा प्रहरी टोली नै खटिएको रहेछ । गैँडाको खडेरीमा गैँडाको हुल दुई वर्षअघिको कुरा हो । गँैडा मार्ने क्रम बढिरहेको थियो । हामी त्यही विषयवस्तुमा तीतोसत्य बनाउन चितवन गयौँ । कथाको सारचाहिँ गँैडा बचाऔँ भन्ने थियो । त्यहाँ पुगेपछि चितवनका स्थानीयवासीले हामीलाई भने, 'तपाइर्ंहरू गैँडाको सुटिङ गर्न त आउनुभयो, तर गैँडाजति सबै मरिसके ।' गैँडा मासिँदै गएकामा उनीहरू चिन्तित देखिन्थे । गँैडा नभेटाइने भएपछि हामीले तीतोसत्यका गैँडा उर्फ निर्मल शर्मालाई गैँडाको भूमिकामा अभिनय गराउने योजना बनायौँ । तर, संयोग कस्तो पर्यो भने हामीले सुटिङ सुरु गरेपछि सुटिङस्थल नजिक एकैचोटि सातवटा गैँडा देखापरे । हामी अचम्ममा पर्याँै, सुटिङ हेरिरहेका स्थानीय पनि छक्क परे । फिल्मको जस्तै घटना भयो । सुटिङ सुरु गर्नेबित्तिकै गँैडा देखिए । त्यहाँका स्थानीयवासीले भने, 'दीपक बाबु, यी गैँडाले पनि तपाईंहरू उनीहरूलाई बचाउने अभियानमा आएको भन्ने बुझेछन् क्यारे । नभए, हिजोआज यता गैँडा देखिँदैनन् ।' त्यसपछि हामीले छानीछानी गैँडाको सुटिङ गर्यौँ । अहिले सम्भि
mँदा अचम्म लाग्छ- त्यस दिन एकाएक कसरी गैँडा आइपुगे होलान् ? कुनै दैवीशक्तिले पो पठायो कि ?
राम्रै जोकर बनियो नयाँबानेश्वरमा सुटिङ चलिरहेको थियो । रफ ड्रेसमा आएका दुईजना केटाले तीतोसत्यमा खेल्न देऊ भने । मैले यसरी एक्कासि खेलाउन सकिँदैन भनेँ । उनीहरू भने खेल्न देऊ कि देऊ भनेर जिद्दी गर्छन् बा । अर्को हप्ता आउनू भनेर अनुरोध गर्दा पनि उनीहरूले 'आजै खेल्न पाउनुपर्छ' भनेर ढिपी गरेका गर्यै गरे । म अन्योलमा परेँ, ती केटाहरूलाई नराम्रो केही भनुँ- क्यामेरा फुटाइदेलान् भन्ने डर, नभनुँ सुटिङमा डिस्टर्ब गरिरहेका छन् । 'खेल्न दिनुपर्छ, नभए ठीक हुन्न,' भन्दै मलाई थर्काउन थालेपछि भने मलाई रिस उठयो । रिसले जुरुक्क उठेर साथीलाई बोलाउनुपर्यो भनेर यसो हेरेको त तिनीहरूको अर्को क्यामेराले मलाई खिचिरहेको ! उनीहरू कान्तिपुर टेलिभिजनको 'हत्तेरिका' कार्यक्रम सुटिङ गर्दै रहेछन् । मलाई जोकर बनाएका रहेछन् । त्यसपछि म पनि हाँसेँ, उनीहरू पनि हाँसे । हँसाउन पाइने, व्यंग्य गर्न नपाइने तत्कालीन राजा ज्ञानेन्द्रले स्थानीय निकायको चुनावको घोषणा गरेपछि दलहरूले चुनाव बहिस्कार आन्दोलन सुरु गरे । यता, राजाका समर्थकचाहिँ उम्मेदवारी घोषणा गरिरहेका थिए । हामीले तीतोसत्यमा मान्छेलाई जबर्जस्ती पक्रिँदै ल्याएर उम्मेदवार बनाइएको दृश्य देखाएर उम्मेदवारलाई व्यंग्य गर्यौँ । त्यसपछि मलाई प्रशासनले बोलाएर 'व्यंग्य नदेखाउने, हास्यमात्रै देखाउने' ठाडो आदेश जारी गर्यो । तीतोसत्यको सौन्दर्य नै व्यंग्य हो । त्यही सौन्दर्य लुटिएपछि खपिनसक्नुको पीडा भयो मलाई । उनीहरूले मलाई तत्कालीन राजाको शासनको विरोधमा तीतोसत्य बनाए कार्यक्रम र कार्यक्रम बनाउने दुवैलाई खतरा हुने चेतावनी दिए । अनेक उट्पटयाङ गरेर जबर्जस्ती हँसाउने नभएर, तीतोसत्यको ढाँचा विभिन्न विकृति-विसंगतिका विश्लेषणसहित व्यंग्य गरेर हँसाउने हो । यस्तो आदेश र चेतावनी दिइएको दिन मलाई तीतोसत्यको औचित्य र अर्थ समाप्त भएको अनुभूति भयो । त्यसवेला मैले सोचेँ- गलत काम, गलत विचार र गलत मान्छेलाई अब फेरि व्यंग्य गर्न पाइएला कि नपाइएला ?' गोरखा दक्षिणबाहुकाले दिएको दुःख शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला मलाई पनि गोरखा दक्षिणबाहु दिने निर्णय भएछ । राज्यले दिएको सम्मान सम्झेर मैले लिएँ । तत्कालीन राजाले प्रत्यक्ष शासन सुरु गरेपछि तीतोसत्य त्यसको विरुद्ध लाग्यो । त्यसपछि नेपाल टेलिभिजनसम्बद्ध एक प्रशासकले भने, 'दीपकजी, राजाबाट गोदबा थाप्ने, अहिलेचाहिँ राजाकै विरोध गर्ने ? गोदबा थाप्नेले राजाको विरोध गर्न मिल्दैन, समर्थन गर्नुपर्छ ।' गोदबा दिएपछि राजाका मान्छेले सबै राजाका भरौटे सोच्दारहेछन् भन्ने बुझेँ मैले त्यसवेला ।' ती प्रशासकले पटक-पटक दबाब दिएपछि एकपटक मैले उनलाई हाकाहाकी भनिदिएँ, 'राजालेे होइन, राज्यले दिएको सम्झेर गोदबा लिएको हुँ । त्यो राख्दा राजाको समर्थन गर्नुपर्छ भने प्रहरीलाई लिन पठाउनुहोला, म दिएर पठाउँछु ।' त्यसपछि मलाई उनले त्यस्तो दबाब दिएनन् । संकटको साथी धुर्मुस दुई वर्षअघि मेरो भाइ दीपेन्द्रराज गिरीको मोटरसाइकल दुर्घटनामा परी निधन भयो । हामी त्यसवेला उपत्यकाबाहिर सुटिङ गर्न जाने तयारीमा थियौँ । तीतोसत्यको कथा ममात्रै लेख्छु । त्यहीवेला कथा पनि समाप्त भएको थियो । नयाँ कथामा कार्यक्रम सुरु गर्नुपर्ने थियो । कथा लेखिएको थिएन । फेरि निर्देशन र अभिनय पनि गर्नुपर्ने । यता, भाइको लास अगाडि छ । उता, तीतोसत्यको कथा लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने जिम्मेवारी । म भाइको शोक र तीतोसत्यको जिम्मेवारीबीच नराम्ररी पिल्सिएको थिएँ । त्यहीवेला, मेरीबास्सैका कलाकार/ निर्देशक सीताराम कट्टेल उर्फ धुर्मुसले फोन गरे, 'दीपक दाइ, तपाइर्ं अहिले शोकमा हुनुहुन्छ । मैले तपाईंका लागि यो कथा लेखिदिएको छु । तपाइर्ंलाई काम लाग्न सक्छ ।' कथा हेरेको राम्रै लाग्यो । त्यही कथामा तीतोसत्यको नयाँ भाग सुरु गरियो । धुर्मुस र म व्यावसायिक रूपमा एक-अर्काका प्रतिस्पर्धी थियौँ । तर, मलाई दुःख पर्दा प्रतिस्पर्धालाई एकातिर थन्क्याएर उनले मलाई चोखो मनले सहयोग गरे । मेरो र तीतोसत्य परिवारको संकटको साथी धुर्मुसको त्यो गुन तिर्न अझै बाँकी छ । अर्थ न बर्थको 'तीतोसत्य' तीतोसत्यको एक भाग जम्मा २१ मिनेटको हुन्छ । बिहीबार म सधैँ आफ्नो घरमा परिवारसँग बसेर आफ्नै कार्यक्रम हेर्छु । प्रधानमन्त्री माधवकुमार नेपाल पहिलोपटक भारत भ्रमणमा गएका वेला त्यसलाई विषयवस्तु बनाएर प्रधानमन्त्रीलाई व्यंग्य गरेका थियाँै । नेपाल टेलिभिजनले प्रधानमन्त्रीलाई व्यंग्य गरिएको दृश्य काटिदिएछ । त्यो दिन २१ मिनेटको कार्यक्रम १४ मिनेट मात्रै आयो । नेटिभीले विनासूचना सात मिनेटको दृश्य काटिदिएछ । त्यसरी सात मिनेटको दृश्य काटिँदा त्यस दिनको कथा पूरै लंगडो भयो । त्यस दिनको तीतोसत्य अर्थ न बर्थको भयो । सर्जकलाई सुइँको नै नदिई उसको सिर्जनाको घाँटी निमोठिँदा उसलाई कम्ती पीडा हुँदैन । काल्पनिक मोबाइल नम्बरको करामत दुई वर्षअघिको कुरा हो यो । अपहरणका घटना बढिरहेका थिए । त्यही विषयलाई समेटेर कथा बनाएँ । त्यसमा मान्छे हराएमा या कुनै मान्छे भेटिएमा यति नम्बरमा सम्पर्क गर्नुपर्नेछ भन्ने संवाद थियो । हामीले एउटा काल्पनिक मोबाइल नम्बर बनाएर, 'तपाइर्ंको मान्छे हराएमा यति-यति नम्बरमा सम्पर्क गर्नुहोला' भन्ने संवाद बनायौँ । तर, कस्तो संयोग ! त्यो कल्पना गरेेर राखेको नम्बर त्रिवि पढ्दै गरेका विद्यार्थीको नम्बर परेछ । उनलाई दिनमा चार/पाँच सयभन्दा बढीले फोन गरेर हैरान पार्न थालेछन् । त्यसपछि ती विद्यार्थीले मलाई फोन गरेर थर्काए, 'दीपकजी, तपाइर्ं एकदम झूर मान्छे । अर्काको नम्बर यसरी प्रयोग गर्ने,' उनले मलाई नराम्रोसँग झपारे । 'मैले नियतवश गरेको होइन, संयोग परेछ' भनेर माफी मागेँ । भगवान्ले जुराएको जोडी सुटिङका क्रममा दीपाजी र म नयाँबानेश्वरमा थियौँ । एकजना बूढोमान्छे आएर हामी दुवैजनालाई धाप मारेर भने, 'बाबु तिमीहरूको त भगवान्ले नै जुराएको जोडी । नाम र दाम रामै्र कमाउँदै छौ होला, अझै राम्रो गर्नू ।' दीपाजी र मैले हामी साँच्चिकै श्रीमान्-श्रीमती होइनौँ भनेर सम्झाउन खोज्यौँ, तर उनले हाम्रो कुरै सुनेनन् । उनीसँग आएका अर्का एकजनासित पनि श्रीमान्-श्रीमतीका रूपमा हाम्रो परिचय गराइदिए । हामीले होइन कि होइन भन्दा पनि उनले पत्याएनन् । त्यस घटनाबाट हामीले गरेको श्रीमान्-श्रीमतीको भूमिका साह्रै जीवन्त भएछ भन्ने लाग्यो । बन्दीपुरको विज्ञप्ति तनहँुको बन्दीपुरका स्थानीयवासीले आफ्नो ठाउँको प्रचार-प्रसार गर्न बन्दीपुरमा आएर सुटिङ गरिदिनुहोस् भनेर अनुरोध गरे । मैले 'हामी त व्यंग्यमात्रै गर्छौं, त्यहाँ सुटिङ गर्दा गाउँलाई खासै फाइदा हुन्न,' भनेँ । तर, उनीहरूले धेरै अनुरोध गरेपछि हामी सुटिङका लागि बन्दीपुर गयौँ । सानोतिनो काममा पनि विदेशी दाता, एनजिओ/आइएनजिओको सहयोग लिनुपर्ने विषयवस्तुमा आधारित कथा थियो । कथामा विदेशी संस्थाले चर्पी बनाइदिन्छ, तर कसैले पनि चर्पी प्रयोग गर्न जान्दैनन् । त्यसपछि, विदेशीले नै चर्पीमा दिसा-पिसाब गर्न सिकाइदिन्छ । बन्दीपुरलाई नेपालको प्रतिनिधि गाउँका रूपमा प्रस्तुत गरेको थिएँ । तर, टेलिभिजनमा त्यस कथालाई देखाएपछि बन्दीपुरवासीले 'तीतोसत्यले बन्दीपुरको बदनाम गर्यो' भन्ने विज्ञप्ति निकालेर कार्यक्रमको विरोध गरेछन् । त्यसपछि त पत्रपत्रिकालाई स्पष्टिकरण दिँदा-दिँदा हैरानै भएँ ।



del.icio.us
Digg
Post your comment