निर्माता संघको नयाझ् समिति विवादमा
चुनाव सम्पन्न भएको ७२ घन्टा नबित्दै नेपाल चलचित्र निर्माता संघको निर्वाचित नयाँ कार्यसमिति वैधापनकताको विवादमा फसेको छ । २२ फागुनमा सम्पन्न निर्वाचनमा संघको विधानअनुरूपको योग्यता नपुगेका व्यक्ति अध्यक्ष र सचिव पदको उम्मेदवार बनी विजयी भएकाले सो चुनाव अवैधानिक भएको दाबीसहित पराजित महासचिव नवल खड्का, पराजित सदस्य शोभित बस्नेत र साधारण सदस्य दीपक रमणले मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा 'अवैध रूपमा सम्पन्न भएका कार्य बदर गरी पाऊँ' भनी निवेदन दर्ता गरेका छन् । उजुरीकर्ताले नेपाल चलचित्र निर्माता संघ र राष्ट्रिय चलचित्र निर्माता संघ एकीकरण हँुदा नेपाल चलचित्र निर्माता संघकै विधान मान्य हुने निर्णय भएको, तर सो विधानविपरीत कार्य भएको र निर्वाचन समितिले पनि उम्मेदवार बन्न चाहिने योग्यताको अध्ययन नगरी त्रुटिपूर्ण काम गरेकाले सो निर्वाचन र निर्वाचन समितिले गरेका सबै कामकारबाही बदर हुनुपर्ने माग राख्दै निवेदन हालेको उल्लेख गरेका छन् । नेपाल चलचित्र निर्माता संघको विधानको हवाला दिँदै उनीहरूको उजुरीमा निर्माता संघमा अध्यक्ष पदको उम्मेदवार हुनका लागि कार्यसमितिको सदस्यको हैसियतले दुई कार्यकाल वा मुख्य पदाधिकारीको हैसियतले एक कार्यकाल कार्यसमितिमा रही कार्य गरेको व्यक्ति मात्र अध्यक्ष्ा पदको उम्मेदवार हुन पाउने र चलचित्र निर्माण गरी सेन्सर गरेको मितिले तीन वर्ष समयावधि व्यतीत नभएको व्यक्ति मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने व्यवस्था छ भन्ने उल्लेख छ । उजुरीकर्ताका अगुवा नवल खड्काका अनुसार नवनिर्वाचित अध्यक्ष राजकुमार राई र सचिवमा निर्वाचित टंक लम्साल संघको विधानअनुसार उम्मेदवारमा उठ्नै पाउँदैनन् । 'राजकुमार राईले विधानअनुसार संघको दुई कार्यकाल व्यतीत गरेका छैनन् । यही कारणले उनी उम्मेदवार बन्न नपाउने स्पष्ट थियो । तर, पछि उनी एक्कासि अध्यक्षमा लडे,' टंक लम्साल पनि विधानविपरीत उम्मेदवार बनेको बताउँदै उनले भने, 'तीन वर्षभित्र टंक लम्सालको कुनै फिल्म सेन्सर भएको छैन । विधानविपरीत निर्वाचन समितिलाई झुक्याएर उनी सचिवमा लडे । त्यसकारण यो चुनाव अवैधानिक छ ।' उनीहरूले संघको १५ फागुनको साधारणसभामा भएको माइन्युट पनि अवैधानिक भएकाले बदर गर्नुपर्ने माग राखेका छन् । नवनिर्वाचित अध्यक्ष राजकुमार राई भने आफू संघको विधानअनुसार उम्मेदवार बनेको दाबी गर्छन् । 'एकीकरण भनेको अर्काको अस्तित्व स्वीकार गर्नु हो । दुई निर्माता संघ एकीकरण हुँदा नै यो सहमति भएको थियो । त्यसकारण म विधानसम्मत आएको छु,' चुनाव हारेको झाँेकमा बखेडा झिक्नु पराजित मानसिकताको उपज भएको बताउँदै उजुरीकर्तालाई प्रतिप्रश्न गर्दै उनले भने, 'उम्मेदवार बन्न मेरो क्राइटेरिया नपुगेको भए दाबी विरोधको समयमा किन कसैले कुरा उठाएन ? त्यो उजुरीको कुनै तुक छैन ।' सचिवमा निर्वाचित टंक लम्सालले भने संघको विधानविपरीत उम्मेदवारी दिएको प्रमाणित भइसकेकाले उनको पद बदर हुने बताउँदै अध्यक्ष राईले भने, 'लम्सालको सन्दर्भमा मुलुकको प्रचलित कानुन र निर्माता संघको विधानअनुसार कारबाही हुन्छ ।'



del.icio.us
Digg
Post your comment