Newsletter
Email:
Home | अर्थ | सेयरभन्दा तेलमा फाइदा

सेयरभन्दा तेलमा फाइदा

Font size: Decrease font Enlarge font
image

एजेन्सी/ वित्तीय संकटपछिको एकवर्षे अवधिमा सेयरको तुलनामा तेलमा लगानी गर्ने लगानीकर्ता फाइदामा भएको देखिएको छ । विश्वभरिका सेयर बजारको समग्र परिसूचकको रूपमा रहेको एमसिएसआईको वल्र्ड इन्डेक्स एकवर्षे अवधिमा ७३ प्रतिशतले बढेको छ भने तेलको मूल्य यही अवधिमा ७५ प्रतिशतले बढेको छ । एमसिएसआई परिसूचक सन् २००९ को मार्च ९ को न्यूनतम बिन्दुबाट गत जनवरी १० सम्ममा ८० प्रतिशतले बढेको भए पनि त्यसयताको गिरावटका कारण एकवर्षे अवधिको वृद्धिदर घटेको हो । यसैगरी, यो अवधिमा अमेरिकी परिसूचक एस एन्ड पी ६१.२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका हिसाबले पनि सेयर बजारमा भन्दा कच्चा तेलतर्फ नै लगानीकर्ता आकषिर्त भएका देखिन्छन् । न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको कारोबार मात्रै जनवरीको तुलनामा फेब्रुअरीमा ८ प्रतिशतले घटेको छ । २००९ को जनवरीको तुलनामा यस वर्षको जनवरीमा सिकागो मर्कन्टायल एक्सचेन्जमा ५ प्रतिशतभन्दा बढी रकमको तेल कारोबार भयो । विद्युतीय कारोबारमा यो वृद्धि निकै उच्च देखिएको छ । इन्टरकन्टिनेन्टल एक्सचेन्ज -आइसिई) मा हुने विद्युतीय कारोबार अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढेको छ ।

बजारमा यस्तै प्रवृत्ति कायम रहेको खण्डमा विश्व बजारको आधारको रूपमा रहेको न्युयोर्क मर्कन्टायल एक्सचेन्जको कारोबार मूल्यलाई आइसिईले प्रतिस्थापन गर्ने विश्लेषकहरूको भनाइ छ । विकासशील राष्ट्रमा बढिरहेको तेलको माग, अन्तर्राष्ट्रिय भू-राजनीतिलगायत अन्य विविध कारणले आगामी ५ वर्षसम्म कच्चा तेलको मूल्य बढ्ने अनुमान गरिएको छ ।

विश्व बजारमा गिरावट

एकवर्षे अवधिमा सेयर बजार उल्लेख्य दरमा बढेका समाचार सार्वजनिक भए पनि मंगलबारको कारोबार विश्वभरका प्रमुख सेयर परिसूचक भने घटेका छन् ।

कारोबारको सुरुवातमा नै अमेरिकी सेयर परिसूचकमा डाउजोन्स शून्य दशमलव १ प्रतिशतले, एस एन्ड पी ५ सय र नाज्डाक शून्य दशमलव २ प्रतिशतले घटेका छन् । अन्य बजारमा जापानको निक्केई शून्य दशमलव ६, बेलायतको एफटिएसई १ सय शून्य दशमलव ६ प्रतिशतले, जर्मनीको डाक्स शून्य दशमलव ४ प्रतिशतले र प|mान्सको क्याक-४० शून्य दशमलव ६ प्रतिशतले झरेका छन् ।

विश्व बजारको प्रवृत्तिलाई पछ्याउँदै भारतीय सेयर बजारमा पनि गिरावट आएको छ । सोमबार राम्रो वृृद्धि दर्ता गरेका सेन्सेक्स मंगलबार शून्य दशमलव ३ प्रतिशतले तल झर्‍यो ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?