Newsletter
Email:
Home | अर्थ | मोरङको लेटाङमा विराटलक्ष्मीको शाखा

मोरङको लेटाङमा विराटलक्ष्मीको शाखा

Font size: Decrease font Enlarge font
image

 

विराटनगर/ विराटलक्ष्मी विकास बैंकले आफ्नो आठौं शाखा मोरङको लेटाङमा विस्तार गरेको छ ।

शाखा उद्घाटन गत शुक्रबार बैंकका कार्यकारी अध्यक्ष प्रभुप्रसाद पराजुलीले गरेका थिए ।

सो अवसरमा पराजुलीले बैंकले सहर, सहरोन्मुख तथा ग्रामीण क्षेत्रका जनतालाई आधुनिक तथा सरल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिअनुरूप लेटाङ गाविसमा शाखा विस्तार गरिएको बताए ।

यसअघि बैंकले आफ्नो पहिलो शाखा झापाको दमकमा, दोस्रो शाखा विराटचोक इन्द्रपुर, मोरङमा, तेस्रो शाखा झापाको सुरुंगा र चौथो शाखा सुनसरीको इटहरीमा, पाँचौं शाखा हडिया बुधबारे झापामा, छैटौं शाखा इनरुवा, सुनसरीमा, सातौं शाखा गौरादह -झापा) मा विस्तार गरिसकेको छ ।

बैंकले लेटाङ बजारमा कम्प्युटराइज्ड प्रविधिबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराएकाले यस क्षेत्रका जनताले सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।

बैंकले आव ०६६/०६७ को माघ मसान्तसम्ममा ९३ करोडभन्दा बढी निक्षेप संकलन तथा ७४ करोडभन्दा बढी कर्जा लगानी गरी सोही अवधिमा १ करोड ५५ लाख सञ्चालन मुनाफा गर्न सफल भएको छ । बैंकले आफ्नो नवौं शाखा विराटनगरको कञ्चनबारीमा छिट्टै विस्तार गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?