Newsletter
Email:
Home | अर्थ | नयाँ हाई स्टि्रट बैंक 'मेट्रो बैंक'

नयाँ हाई स्टि्रट बैंक 'मेट्रो बैंक'

Font size: Decrease font Enlarge font
image

एजेन्सी/ नयाँ हाई स्टि्रट बैंकको रूपमा मेट्रो बैंकले बेलायतमा सञ्चालन अनुमति पाएको छ । फाइनान्सियल सर्भिसेस अथोरिटी -एफएसए) ले बैंकलाई कारोबार लाइसेन्स दिएको हो ।

मेट्रो बैंकले ३ महिनाभित्र राजधानी लन्डनमा २ शाखा विस्तार गर्ने योजना बनाएको छ । संयुक्त अधिराज्यभर १० वर्षमा २ सय शाखा विस्तार गर्ने कम्पनीको उद्देश्य छ ।

ग्राहकलाई असल सेवा दिने नीतिलाई जोड दिएको बैंकले जनाएको छ । ग्राहकका पाल्तु कुकरका लागि पनि बैंकले विशेष योजना ल्याउने बताएको छ ।

'क्रेडिट क्रन्चले बैंकिङ वातावरण आधारभूत रूपमै बदलिएको छ र त्यसको नतिजा स्वरूप बेलायतीमा रिटेल बैंकिङ उद्योगमा ठूलो परिवर्तन हामीले देखेका छौँ,' मेट्रो बैंक अध्यक्ष एन्टोनी थोम्सनले भने ।

'एफएसएको अनुमतिले हामी बैंकिङको नयाँ युगमा प्रवेश गरेका छौँ र अर्काेतर्फ हामी अब परम्परागत बैंकिङ, जहाँ ग्राहक सेवालाई महत्त्वपूर्ण ठानिन्छ र निक्षेपमा आधारित कर्जा प्रवाह गरिन्छ, मा पनि जानेछौँ,' उनले थपे । अरू कम्पनीले नदिएको सेवा र सहजता दिएर मेट्रो बैंक अरू स्टि्रट बैंकभन्दा माथि उठ्ने उनले विश्वास व्यक्त गरे । मेट्रो बैंकका कार्यकारी र अन्य सञ्चालक आरबिएस, एचबिओएस, एंग्लो आइरिस बैंक, बारक्लेकार्ड, बैंक अफ अमेरिकालगायत संस्थामा अनुभव प्राप्त व्यक्ति हुन् ।

मेट्रोका संस्थापक अध्यक्ष एन्टोनीले अमेरिकाको पूर्वी क्षेत्रमा कमर्स बैंक नामक संस्था स्थापना गरेका थिए । १९७३ मा १ शाखाबाट सुरु गरेको कम्पनीले ५ सय शाखा पुर्‍याइसकेको छ ।

उनी अहिले अमेरिकी घरपालुवा जनावरको बिमा गर्ने पेट प्लान अमेरिकाका अध्यक्ष हुन् । त्यसैले उनले मेट्रो बैंकमा कुकुरलाई स्वागत गर्न कचौरामा पानी र बिस्कुट दिने योजना बनाएका छन् ।

बैंकिङ संकट निम्त्याउन मुख्य जिम्मेवार रहेका रोयल बैंक अफ स्कटल्यान्ड र लोयडस् बैंकिङ समूहलाई आंशिक राष्ट्रियकरण गर्न बाध्य भएको सरकारले अब बेलायतको हाई स्टि्रटमा नयाँ बैंकिङ व्यवसाय प्रवर्द्धन गर्न पहल गर्ने नीति लिएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?