कर्पोरेट क्षेत्रमा 'जेन्डर ग्याप'
उच्च व्यवस्थापकीय तहमा पुग्न सकेनन् महिला
एजेन्सी/ विश्वका ठुल्ठूला कम्पनीमा महिला उच्च पदमा पुग्न नसकेको वल्र्ड इकोनोमिक फोरमको सर्वेक्षणले देखाएको छ । व्यवस्थापनको उच्च तहमा अथवा बोर्डमा महिला पुग्न नसक्दा कर्पोरेट क्षेत्रमा पनि ठूलो 'जेन्डर ग्याप' देखिने गरेको छ ।
सर्वेक्षणको नतिजापछि वल्र्ड इकोनोमिक फोरमले महिला क्षमतालाई अझ बढी प्रयोग गर्न र उनीहरूलाई बढी शिक्षित बनाउन कम्पनीहरूलाई आग्रह गरेको छ । यो प्रतिवेदन २० देशका १६ ठूला उद्योगका ६ सयजना मानव संसाधन प्रमुखमा गरिएको सर्वेक्षणमा आधारित छ ।
प्रतिवेदनले कर्पोरेट क्षेत्रले पनि लंैगिक विभेद अन्त्य गर्न पर्याप्त कदम नचालेकोतर्फ ध्यानाकर्षण गरेको छ । सर्वेक्षणले नर्वेले महिलालाई कर्पोरेट क्ष्ाेत्रको उच्च तहमा पठाउन निकै काम गरिरहेको देखाएको छ । नर्वेले संसद्बाटै पारित गरेर सार्वजनिक कम्पनीको बोर्डमा ४० प्रतिशत महिला हुनुपर्ने कानुन बनाउन लागेको छ । सर्वेक्षणमा जुनसुकै कम्पनीमा पनि महिला प्राथमिक र मध्यम तहमा मात्र कार्यरत पाइएको छ ।
सर्वेक्षणमा ५ प्रतिशतभन्दा कम महिलाले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको उल्लेख छ । फिनल्यान्डमा १३ प्रतिशत, नर्वे र टर्कीमा १२ प्रतिशत, इटाली र ब्राजिलमा ११ प्रतिशत महिलाले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको पाइएको छ, जुन आँकडा सबैभन्दा उच्च प्रतिशत भएको सर्वेक्षणले जनाएको छ ।
सर्वेक्षणका क्रममा धेरैजसोले परम्परागत र सांस्कृतिक मान्यताका कारण महिला उच्च तहमा पुग्न नसकेको उत्तर दिए । यस्तै, रोल मोडलको अभावका कारण पनि महिला आफ्नो योग्यतालाई बढाएर माथि लैजान अक्षम भएको बताए ।
कामकाजी महिलामध्ये सबैभन्दा धेरै सेवाक्षेत्रमा छन् । सेवाक्षेत्रमा महिलाको उपस्थिति ६० प्रतिशत देखिएको छ । यस्तै व्यावसायिक सेवामा ५६ प्रतिशत र सञ्चार तथा मनोरञ्जनका क्षेत्रमा ४२ प्रतिशत महिला कार्यरत छन् । अटोमोबाइल, खानी तथा कृषि क्षेत्रमा महिलाको उपस्थिति निकै कम देखिएको छ ।
अटोमोबाइल क्षेत्र र खानीमा १८ प्रतिशत र कृषि क्षेत्रमा २१ प्रतिशत महिला मात्र कार्यरत छन् । प्रतिवेदनले तलब दिने विषयमा लंैगिक विभेद हटाउन सर्वेक्षण गरिएका सबै मुलुकले पहल गरिरहेको देखाएको छ । ब्राजिल र मेक्सिकोले मात्र तलबमा देखिएको विभेद हटाउन कुनै पहल नगरेको सर्वेक्षणमा छ । सर्वेक्षण अस्टि्रया, बेल्जियम, ब्राजिल, क्यानडा, चेक गणतन्त्र, फिनल्यान्ड, प|mान्स, जर्मनी, गि्रस, भारत, इटली, जापान, मेक्सिको, नेदरल्यान्ड, नर्वे, स्पेन, स्विजरल्यान्ड, टर्की, बेलायत र अमेरिकामा गरिएको थियो ।
सर्वेक्षणले अमेरिकामा सबैभन्दा बढी महिला रोजगार भएको देखिएको छ, जहाँ ५२ प्रतिशत महिला कामकाजी छन् । यस्तै, भारतमा सबैभन्दा कम महिला रोजगार छ, जहाँ जम्मा २३ प्रतिशत महिलामात्र कामकाजी छन् ।



del.icio.us
Digg
Post your comment