Newsletter
Email:
Home | सप्तरंग | कृषिजन्य वस्तु निकासीमा वृद्धि

कृषिजन्य वस्तु निकासीमा वृद्धि

Font size: Decrease font Enlarge font
image

विराटनगर/ पूर्वाञ्चलमा उत्पादित कृषिजन्य वस्तुको भारत र बंगलादेश निकासीमा वृद्धि भएको छ । चालू आर्थिक वर्षकै ४ महिनामा पूर्वाञ्चलमा उत्पादित ११ अर्ब ७२ करोड ११ लाख ५८ हजार ८ सय ७० रुपैयाँबराबरको कृषिजन्य वस्तु भारततर्फ निकासी भएको छ 

पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले पत्रकार सम्मेलन गरी विराटनगर र काँकडभिट्टा भन्सारबाट निर्यात भएका वस्तुको परिमाण सार्वजनिक गरेको हो 

चार महिनामा १३ लाख २ हजार १ सय २७ मेटि्रकटन कृषिजन्य वस्तु निर्यात भएको छ जसमध्ये विराटनगरबाट १० अर्ब ७८ करोड ७३ लाख ७७ हजार ५ सय ५० रुपैयाँबराबरको १२ हजार ८ सय १८ मेटि्रकटन कृषि उत्पादन निर्यात गरिएको छ 

यस्तै, काँकडभिट्टा नाकाबाट ९३ करोड ३७ लाख ८१ हजार ३ सय २० रुपैयाँबराबरको २० हजार ३ सय ३९ मेटि्रकटन कृषि उत्पादन निर्यात गरिएको कृषि निर्देशनालयले जनाएको छ 

निर्यात गरिएका कृषि उत्पादनमा आलस, बन्दा, दाल, अदुवा, अमि्रसो, चना, रुद्राक्ष, चिया, कफी, सुपारी, अलँैची, पिनालगायतका वस्तु रहेका छन् 

सो अवधिमा विराटनगर भन्सार नाकाबाट २१ लाख ८७ हजार ३ सय ४० मूल्यबराबरको १ सय ६ मेटि्रकटन रुद्राक्ष भारत निकासी भएको छ 

त्यस्तै, ३ करोड १२ लाख २६ हजार २ सय ६० रुपैयाँबराबरको १ सय ७० मेटि्रकटन चिया र ७ लाख ९१ हजार ९ सय २० रुपैयाँबराबरको एक मेटि्रकटन कफीसमेत भारत निकासी भएको छ 

चालू आर्थिक वर्षको ४ महिनामा धनकुटा जिल्लामा कृषि उत्पादनबाट सबैभन्दा बढी आम्दानी भएको निर्देशनालयको तथ्यांकले जनाएको छ 

धनकुटामा उत्पादित ११ हजार २ सय १४ मेटि्रकटन बन्दाकोभीमध्ये ८ करोड ७ लाख ४० हजार ६ सयबराबरको १० हजार ९२ मेटि्रकटन बन्दा भारत निकासी भएको छ । -रासस

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?