गिरिजाप्रसाद सिकिस्त
नयाँ पत्रिका काठमाडौं, २५ फागुन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति थप नाजुक बन्दै गएको छ । कोइरालालाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै उनी थप कमजोर बनेपछि उपचारका लागि विदेश लग्ने तयारी भएको छ । बुधबार उनलाई थप उपचारको लागि विदेश लैजाने कोइराला निवास निकट स्रोतले जनाएको छ । तर, उनलाई कहाँ लैजाने भन्ने निधो बुधबार बिहान मात्र लाग्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सभापति कोइरालालाई उपचारका लागि विदेश लैजाने विषयमा कुराकानी भइरहेको जनाकारी दिए । उनले भने, 'उहाँको स्वास्थ्य कमजोर बनेकाले विदेश लैजाने कि भन्ने कुराकानी चलेको छ, तर के गर्ने भन्ने निधो बुधबार बिहानमात्र लाग्छ ।' कोइरालाका चिकित्सकको बैठक बुधबार बिहान साढे साते बजे महाराजगञ्जमा बस्दै छ । कोइरालाको उपचारमा संलग्न चिकित्सकहरूले बुधबार बिहानमात्र थप उपचारका लागि विदेश लैजाने वा यहाँ नै अस्पताल भर्ना गर्ने निधो गर्ने एक चिकित्सकले जानकारी दिए । क्रोनिक ब्रोंकाइटिसबाट पीडित कोइरालाको स्वास्थ्य पछिल्ला दिनमा निकै कमजोर भएको छ । स्वास्थ्यमा फाइदा हुने भएमात्र विदेश लैजाने तयारी भएको एक चिकित्सकले बताए । उनले भने, 'कांग्रेस सभापतिको स्वास्थ्य अत्यन्त कमजोर बन्दै गएको छ । विदेश लैजाँदा फाइदा हुने भए बुधबार बिहान हामी बसेर निर्णय गर्नेछौँ, विदेश नलगिए उहाँ -कांग्रेस सभापति कोइराला) लाई अस्पताल भर्ना गर्नेेछौँ ।' आफैँ श्वासप्रश्वास गर्न नसक्ने भएका कांग्रेस सभापति कोइराला पछिल्ला दिनमा २४ घन्टा अक्सिजन लिँदै आएका छन् । केही दिनयता उनको स्वास्थ्य छिन्छिन्मा परिवर्तन हुने गरेको छ । स्वास्थ्य थप बिगि्रएपछि उपचारमा संलग्न चिकित्सकहरूको टोलीले मंगलबार बिहान र साँझ स्वास्थ्य परीक्षण गरेको थियो । पछिल्ला केही दिनमा डा.मनबहादुर केसी हरेक साँझ उनको स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् । त्यस्तै उनलाई फिजियोथेरापी गराउन डा. हरि लम्साल बिहान-बेलुकै कोइराला निवास जानेे गरेका छन् । सोमबारको तुलनामा कोइरालालाई श्वासप्रश्वासमा थप समस्या देखिएपछि उनलाई मंगलबार नै गंगालाल हृदयरोग केन्द्र बाँसबारी लैजाने कुरा भएको थियो । तर, उनको सयनकक्ष नै सुविधासम्पन्न अस्पतालको सैय्याभन्दा कम नभकाले बुधबार बिहानमात्र थप उपचारका लागि बाहिर लाने निधो भएको बुझिएको छ । २४ कात्तिकमा कोइराला अस्वस्थ भई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए । २८ कात्तिकमा एयर एम्बुलेन्सबाट उपचारका लागि सिंगापुर गएका थिए भने ७ मंसिरमा स्वदेश फर्केका थिए । त्यसपछि उनी पूरै बेडरेस्टमा छन् ।



del.icio.us
Digg
Jaya Nepal.
Mukunda Ghimire
Dang sing -9
Nuwakot
now:USA.
There are many people in the countries looking for basic healthcare and could be worth!
Don't spent valuable money on desserts. He did great job but... not worth to spending millions of billions in abroad. If he can be cured in Teaching or Bir Hospital, go for it, otherwise. He been in Singapoor recently and what's point ......
It's ridculuous!
bharat lai, yo abhisap ko jaro lai maare pani agati parnechha kina bhane yesle nepal aama lai royako chha
Hey guys, Girija started corruption and country is now going down. Do u thinkhe is a leader? No not. He is number 1 stupid leader of the world.Nepal never forgets him as a corrupted leader.
Thanks
Post your comment