Newsletter
Email:
Home | अन्तिम पृष्ठ | बिग्लोले रचिन् इतिहास

बिग्लोले रचिन् इतिहास

Font size: Decrease font Enlarge font
image

क्याथरिन बिग्लोले ओस्कार अवार्डमा नयाँ इतिहास रचेकी छिन् । 'द हर्ट लकर'ले अनपेक्षित रूपमा सर्वोत्कृष्ट फिल्म अवार्ड पाउँदा उनी ओस्कार जित्ने पहिलो महिला निर्देशक बनिन् ।

८२औँ ओस्कार अवार्डमा कुल ६ पुरस्कार हात पार्दै द हर्ट लकर 'सरप्राइज प्याकेज' सावित भयो । जब कि यसपालिको सबैभन्दा ठूलो दाबेदार ठानिएको अवतारको झोलीमा केवल तीन ओस्कार परे । ओस्कारको इतिहासमा अहिलेसम्म चार महिला निर्देशक मात्र मनोनयनमा पर्न सफल भएका थिए र क्याथरिन एक कदम अघि बढिन् । हलिउडको कोडाक थिएटरमा सम्पन्न समारोहमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड क्रेजी हार्टका लागि जेफ बि्रजिजलाई दिइयो भने द ब्लाइन्ड साइडबाट सेन्ड्र बुलोक सर्वश्रेष्ठ अभिनेत्री चुनिइन् ।

इराक युद्धमा आधारित सनसनीपूर्ण फिल्म द हर्ट लकरले मौलिक पटकथा, ध्वनिमिश्रण, ध्वनि सम्पादन र फिल्म सम्पादनको अवार्ड पनि हात पार्‍यो । यता, अवतारले कला निर्देशन, सिनेमेटोग्राफी र भिजुअल इफेक्ट अवार्ड आफ्नो पोल्टामा पार्‍यो ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?