गर्भपतनको कानुन र विरोधमा स्पेन
म्याडि्रड/ गर्भपतन कानुन लागू नगरियोस् भन्दै स्पेनका कैयौँ सहरका सडकमा प्रदर्शन गरिएका छन्् । आफ्नो गर्भपतन गराउन चाहने महिलालाई सजिलो होस् भन्ने उद्देश्यले संसद्ले पारित गरिसकेको गर्भपतन गर्न पाउने अधिकारसम्बन्धी अध्यादेशले गर्भवती भएको १४ महिनाभित्र माग गरेका खण्डमा गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । क्याथोलिक धर्मावलम्बीको बाहुल्य रहेको स्पेनमा विशेष अवस्थामा मात्रै गर्भपतन गर्न सकिन्छ । नयाँ अध्यादेश आउँदो जुलाई महिनादेखि लागू हुने भएको छ । सरकारले समलिंगी बिहेलाई कानुनी मान्यता दिएको तथा पारपाचुके गर्न पनि सहज तुल्याएकोमा थुप्रै नैतिक प्रश्न उठिरहेका छन् । समाजवादी प्रधानमन्त्री जोसे लुई रोदि्रगेज जापातेरोको भनाइअनुसार अब गर्भपतन गरेकोमा महिलालाई धम्की र जेल पठाउने काम हुनेछैन र त्यही नै यस अध्यादेशले ल्याउने अन्तर हो । सरकारले एकातिर महिला अधिकारको पक्षमा अध्यादेश पारित गराएको छ भने अर्कोतिर विरोधमा लाग्नेका आफ्नै तर्क छन् । प्रदर्शनकारीमध्येका एक मारुची बारोसाले प्रदर्शन मानवताको पक्षमा रहेको बताएका छन् । 'हामी जीवनको अधिकार खोजिरहेका छौँ । बाबुआमाले शिशु चाहन्छन् कि चाहन्नन् त्यो एउटा कुरा हो, तर उनीहरूको दोष शिशुहरूमाथि थोपर्नुहुन्न । उनीहरूले पहिल्यै सोच्नुपर्छ,' अर्का प्रदर्शनकारीको भनाइ थियो । अर्का एकजनाको विचारमा 'यहाँनिर आमाको अधिकारको कुरो आउन्न, शिशुको अधिकारको प्रश्न उठ्छ ।' स्पेनको विद्यमान कानुनले बलात्कार र विकृत जन्म हुने संकेत पाएको अवस्थामा मात्रै गर्भपतन गर्ने अनुमति दिएको छ । अब स्पेनी महिलाले आफ्नो शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा खतरा भएमा गर्भपतन गर्न पाउनेछन् । यस्तो अवस्था आएको भनेर २००७ को वर्षभरि एक लाख १२ हजार गर्भपतन गरिएको थियो ।



del.icio.us
Digg
14 mahina bhitra garbapatan ko maag gareko khanda ma garba patan garna paune.ani k bachha chain 2 barsa ma janman6?
Post your comment