Newsletter
Email:
Home | अन्तिम पृष्ठ | मख्ख छिन् गरिमा आजकल

मख्ख छिन् गरिमा आजकल

Font size: Decrease font Enlarge font
image

आफू अभिनीत एकपछि अर्का फिल्म दर्शकले मन पराएकोमा गद्गद् छिन्, नायिका गरिमा पन्त । 'अस्ति भर्खर दानवीर चल्यो । अहिले सम्झना चलिरहेको छ,' उमंगित हुदै एकैसासमा गरिमा बोलिन्, 'दुइटै फिल्म दर्शकले निकै मन पराएका छन् । निकै खुसी छु ।' यसअघि उनी अभिनीत जीवनमृत्यु फिल्म रिलिज भएको थियो 

आफू अभिनीत फिल्म रिलिज हुँदा निकै खुसी लाग्ने गरेको बताउँछिन्, उनी

 । दर्जनभन्दा बढी फिल्म खेलिसकेकी गरिमाले भनिन्, 'जो पनि आफ्नो काम कस्तो भयो भन्ने प्रतिक्रिया जान्न चाहन्छ । प्रतिक्रिया त्यतिवेला मात्र प्राप्त हुन्छ, जतिवेला फिल्म रिलिज हुन्छ ।' उनी अभिनीत थुप्रै फिल्म उपत्यकामा प्रदर्शन हुन बाँकी छन् 

सम्झनामा उनले अनाथ युवतीको भूमिका निभाएकी छिन्

 । आफूले निभाएको चरित्रले दर्शकबाट निकै सहानुभूति पाएको उनी बताउँछिन् । 'अनाथ केटी जो अर्काको आश्रयमा बाँचेकी हुन्छे,' फिल्मको कहानी खोल्दै उनले भनिन्, 'कसैको पर्खाइमा बसेकी केटी । तर, अन्त्यमा उसैले प्रेमका लागि बलिदान गर्छे । कुनै फिल्ममा पनि यस्तो रोल गरेकी थिइनँ ।'

अनाथको भूमिका निभाउँदा नौलो अनुभूति भए पनि सुटिङका वेला कुनै दृश्यमा भने आफू पनि भावुक बनि रोएको स्मरण उनीसँग छ

 । 'म वास्तविक जीवनमा पनि यस्तै भएकी भए के हालत हुन्थ्यो होला भनेर अनायासै बहकिन्थेँ,' गरिमा गफिँदै गइन्, 'भगवान्सँग कामना गर्थें, गर्छ्ु कोही पनि अनाथ हुनु नपरोस् ।'

भर्खरै किन लाग्छ माया नामक फिल्मको सुटिङ सिध्याएकी आफू एकपछि अर्का फिल्ममा व्यस्त भएको बताउँछिन्

 । 'अब एउटा भोजपुरी फिल्म छ । अर्का हप्तादेखि सुटिङ सुरु हुन्छ,' नायिकाको रूपमा आफ्नो भविष्य उज्ज्वल हुँदै गएको आभाष भएको बताउँदै उनी भन्छिन्, 'अब राम्रा दिन सुरु भएजस्तो लाग्छ ।'

Subscribe to comments feed Comments (5 posted):

muna on 21/03/2010 03:27:39
avatar
hi Garima u re the good acters and also simple so my best acters is u.All the best garima
Thumbs Up Thumbs Down
0
Pukar on 09/03/2010 06:38:45
avatar
Hoina Hiroan ko Name ta sahi lekhnu bhayako cha Garima panta bhanne ta arko hoina ra yar maile ta picture ta arkai dakchu
Thumbs Up Thumbs Down
0
thakur prashad paneru on 09/03/2010 04:31:24
avatar
garima g tyasto anga pradarsan garna man lage purai dekhaidie vaigoni
Thumbs Up Thumbs Down
0
SURENDRA YADAV on 09/03/2010 04:27:31
avatar
yea, r u real actress of nepal , i like u & i like your everythings.if u wanna make me fan mail me please.
thanks,
have a grate future garima jeee>>>>>>>>
Thumbs Up Thumbs Down
0
Rajan Khanal on 08/03/2010 12:53:52
avatar
Garima, Good wish For Your Bright Future In Film Career .
Thumbs Up Thumbs Down
0
total: 5 | displaying: 1 - 5

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?