Newsletter
Email:
Home | अन्तिम पृष्ठ | उपचारको आशामा सुनिता

उपचारको आशामा सुनिता

Font size: Decrease font Enlarge font
image

मिर्गौला रोगी फुटबलर सुनिताको बाबु प्यारालाइसिस भएर थलिँदा उनलाई थप पीडा

झापा/ दुवै मिर्गौलाले काम नगर्ने भएपछि राष्ट्रिय महिला फुटबलर सुनिता थापामगर ओछ्यान परेकी छिन् । कुनै वेला राष्ट्रिय टोलीको रक्षापंक्ति सम्हालेर चर्चा बटुल्ने खेलाडी सुनिता पछिल्लो दुई महिनादेखि ओछ्यान परेकी हुन् 

आर्थिक अवस्था दयनीय भएकाले उनको उपचार प्रभावकारी भएको छैन । सम्बन्धित निकायले उनको उपचारका लागि ध्यान अहिलेसम्म दिएको छैन । सम्बन्धित निकायबाट उपचारका लागि ठोस योगदान पाउने आशामा उनी बसेकी छिन् । एकातिर आप\mनो उपचारको चिन्ताले उनलाई सताउने गरेको छ भने अर्कोतिर बाबु चोकबहादुर श्रेष्ठ पनि प्यारालाइसिस भएर थलिँदा सुनितालाई मर्नु र बाँच्नु भएको छ 

झापा शनिश्चरेका चोकबहादुरले उपचार गराउन सक्ने सम्भावना पनि छैन । उनका बाबुसमेत थलिएकाले उपचारमा कठिनाइ भएको फुटबल प्रशिक्षक भगीरथ आलेले नयाँ पत्रिकालाई बताए । ओछ्यानमा परेको दुई महिनापछि सुनितालाई झापा फुटबल संघबाट प्रारम्भिक उपचारका लागि २० हजार रुपैयाँ उपलब्ध भएको छ । यसबाहेक अन्य कुनै पनि संघ तथा संस्थाले उनलाई उपचारका लागि हात अगाडि बढाएका छैनन् 

'अहिलेसम्म उपचारका लागि ५० हजार मात्र सहयोग भएको छ,' प्रशिक्षक भगीरथले नयाँ पत्रिकालाई भने, त्यसबाहेक अरू कसैले उनको उपचारमा चासो देखाएका छैनन् ।' बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले उनलाई दुवै मिर्गौला काम नलाग्ने जानकारी दिएका थिए 

आप\mना दुवै मिर्गौला काम नलाग्ने जानकारी पाएपछि उनी स्तब्ध भएकी थिइन् । 'सुरुमा सुन्दा विश्वासै लागेन,' उनले भनिन्, 'विस्तारै पछि मिर्गौला काम नलागेको विश्वास भयो ।' कहीँबाट ठूलो सहयोग प्राप्त हुने आशा लिएकी सुनिताले हाल घरेलु औषधि सेवन गर्दै जीवन तन्काइरहेकी छिन् 

'जीवनलाई चलायमान गर्न घरेलु औषधि लिइरहेकी छु,' सुनिताले भनिन्, 'कहीँबाट सहयोग हुन्छ भन्ने आशा छ ।' फुटबल खेललाई नै करियर बनाउने सुनिताको रहर थियो । 'दुवै मिर्गौलाले काम नगर्ने भएपछि सारा सपना तुहियो,' उनले भनिन् । स्वास्थ्य र फिट हँुदा सुनिताले धेरै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । ती प्रतियोगिताबाट उनले असंख्य मेडल तथा प्रमाणपत्र पनि प्राप्त गरेका छन् । ती मेडल तथा प्रमाणपत्रलाई उनले आफ्नो कोठामा सजाएर राखेकी छिन् 

कोठाभरि राखिएका मेडल देखाउँदै उनले भनिन्, 'स्वास्थ्यमा सुधार आए अझै पनि खेल खेल्न सक्छु ।' अहिले मन बहलाउने र आत्मविश्वास जगाउनका लागि उनी तिनै मेडल तथा प्रमाणपत्र हेर्न गर्छिन् । 'अझ पनि खेल्न सक्ने आत्मविश्वास छ,' आत्मविश्वासी सुनिताले थपिन्, 'सोही मेडलबाट मैले ऊर्जा पाइरहेकी छु ।'

भारतको मणिपुरमा सम्पन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा महिला टोलीको नेतृत्व सम्हालेकी सुनिता खेलाडीका रूपमा ती दिनहरू सम्झँदा सपनाजस्तै लाग्ने गरेको सुनाउँछिन् 

'त्यो दिन सम्भ"mदा मलाई सपना हो कि विपनाजस्तो लाग्छ,' उनले भनिन्, 'अहिले ती खेलहरू स्मृतिको पानामात्र सीमित हुन पुगेका छन् ।'

उपचार खर्चको अभावम छटपटिएर घरमै बसेकी २७ वषर्ीया सुनितालाई साथीहरूले फुटबल खेल्न बोलाउँदा खिसि्रक्कबाहेक केही हुन सक्दिनन् । कलिलो उमेरदेखि खेल क्षेत्रमा लागेकी सुनिताले कक्षा २ मा पढ्दै गर्दा तेक्वान्दोलाई आफ्नो पहिलो रोजाइको खेल बनाएकी थिइन् । तर, पछि उनले फुटबललाई पहिलो रोजाइमा राखिन् 

०५६ सालको नवौँ राष्ट्रिय महिला फुटबलमा उनी उत्कृष्ट खेलाडी घोषित भइन् । त्यसको एक वर्षपछि प्रथम राष्ट्रिय विद्यालय फुटबलमा उनको टोलीले उपाधि जित्यो । उनलेे मंगलादेवी लिगमा पनि झापाबाट प्रतिनिधित्व गरेर प्रथम स्थान दिलाएकी थिइन् 

शनिश्चरे उच्चमाध्यमिक विद्यालयबाट अन्तरमावि फुटबल प्रतियोगिताको नेतृत्व गरेपछि उनले व्यावसायिक खेलाडीको दर्जा पाइन् । सुनिताले झापा-११, पूर्वाञ्चल-११ हँुदै राष्ट्रिय महिला फुटबल टोलीको यात्रा तय गरेकी थिइन् । धरानमा बूढासुब्बा गोल्डकपको मैत्रीपूर्ण खेल खेल्दै गर्दा खुट्टामा सामान्य चोट लागेपछि उनी प्रतियोगितामा देखिन छाडेकी थिइन् 

उपचारमा सहयोग गर्ने स्थानीय फुटबल खेलाडी लव तामाङका अनुसार सुनिताको उपचारमा कम्तीमा १० लाख रुपैयाँ खर्च हुने चिकित्सकले बताएका छन् । नेपाली महिला फुटबल खेलमा सुनिताले गरेको मिहिनेत र अनुशासन भविष्यमा आउने खेलाडीका लागि उदाहरणीय हुन सक्ने प्रशिक्षक भगीरथले बताए 

'सुनिता एक रोल मेडल हुन सक्छिन्,' प्रशिक्षक भगिरथले भने । प्रशिक्षक आलेले सुनिताको उपचारमा सबैले सहयोग गरे महिला फुटबलको विकासमा ठूलो टेवा पुग्ने बताए । उनकी आमा कृष्णकुमारीले छोरीको उपचारमा सबैबाट सहयोगको आशा राखेको बताइन् 

Subscribe to comments feed Comments (4 posted):

on 09/03/2010 04:58:55
avatar
It's goodenough to publising this matter in the newspaper coz thaosands of like this cases may be finished before it's birth.i like to thanks all those people who really helps it to come out & mail me how the interested people can participate for this helping mission coz i didn't found more information.
Thumbs Up Thumbs Down
0
kapil on 08/03/2010 16:14:52
avatar
i think sunita is one of the star of our country so government should give help to sunita for her treatment beause she always play for the country.we cant forget her contribution.
Thumbs Up Thumbs Down
0
hari g. m. on 08/03/2010 15:47:07
avatar
nepal bahek muluk bhar raheka sangsangstha ani nepal sarkarle help gare ramro hune thiyo. plz sabai milera upachar gardinus.........
Thumbs Up Thumbs Down
0
krishna on 08/03/2010 08:58:59
avatar
k garna dhan huna sanga man huna paryo man huna sanga dhan huna paryo,khaladi des ka gahana hun bhanara bhasan garna nata la pani yo pida suna paryo.
Thumbs Up Thumbs Down
0
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?