Newsletter
Email:
Home | सम्पादकीय | सार्थक नारी दिवसका पक्षमा

सार्थक नारी दिवसका पक्षमा

Font size: Decrease font Enlarge font
image

नारी अधिकारको वकालत गर्नेले पनि कतै नारीका नाममा नारा उराल्ने, सहयोग माग्ने र आफ्नै मात्र दुनो सोझ्याएर प्रकारान्तरले पुरुषसत्ताकै मलजल गरिरहेका त छैनन् ?

मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला-दिवसले आफ्नो दिवसीय परम्परालाई सय वर्ष टेकाएको दिन । आज सिंगो विश्व महिला अधिकारका पक्षमा विभिन्न माध्यमले आवाज मुखरित गरिरहेको छ । अन्तर्राष्ट्रिय नारीदिवसको शताब्दी वर्षले ँसमान अधिकार, समान अवसर सबैको प्रगतिको आधारनारासहित महिला हकहितका पक्षमा जुन आवाज बुलन्द गरिरहेको छ, यसलाई केवल आवाजमा सीमित हुन नदिन सबैले व्यवहारमै परिवर्तन ल्याउन जरुरी छ । अझ नेपालजस्तो परम्परागत पुरुषप्रधान सामाजिक रूढतामा ग्रस्त मुलुकले त नारीदिवसलाई एउटा परम्परामा मात्र होइन, महिलालाई समान हकअधिकार दिलाउने क्रान्तिकै रूपमा लिन जरुरी छ, जसले यथार्थमै यसको सार्थकता पुष्टि गरोस् ।

नेपालले पनि राष्ट्रिय नारीदिवसका रूपमा यस दिवसको परम्पराले लामो इतिहास बनाएको छ । केही नभएको पनि होइन, तर जति हुनुपर्ने हो त्यसको एक अंश पनि भइसकेको छैन भन्न सकिन्छ । यसर्थ 'हिंसामुक्त परिवार, हामी सबैको सरोकारनाराका साथ यस वर्ष मनाइने यो दिवसले आममहिलाका पक्षमा व्यवहारमै आमूल परिवर्तन ल्याउन सक्नुपर्छ । यसलाई केवल नारामा सीमित हुन नदिन राज्य, गैरराज्य, महिला, पुरुष सबैले एकमनले नारी अधिकारलाई प्राथमिक व्यवहार बनाउन जरुरी छ ।

अन्तर्राष्ट्रिय नारीदिवसको परम्परा श्रमिक महिलाबाट सुरु भएकाले यसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा चिन्ने गरिए पनि समग्रमा यो नारीमुक्तिको दिवस नै हो । प|mान्सेली राज्यक्रान्तिताका गि्रसेली महिला लाइसिसट्राटले युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडताल यसको व्युत्पत्ति मानिन्छ । यद्यपि, अमेरिकी समाजवादी पार्टीले सन् १९०९ मा पहिलोपटक नारीदिवस मनाएपछि सन् १९१० मा महिलाहरूको मतदानसम्बन्धी अधिकारमा विभिन्न १७ राष्ट्रका सयजना महिलाको कोपनहेगनमा सम्पन्न सोसलिस्ट इन्टरनेसनलको बैठकले अतिरिक्त अन्तर्राष्ट्रिय नारीदिवस मनाउने घोषणा गरेको थियो । यद्यपि, ८ मार्चको परम्परा भने संयुक्त राष्ट्रसंघको सन् १९७७ मा सम्पन्न महासभाले सुरु गरेको हो । समानता, न्याय, शान्ति र विकासका सवाल उठाउँदै आरम्भ भएको यस परम्परालाई हरेक मुलुकले अहिले नारीमुक्ति र नारी अधिकारका निम्ति संघर्ष गर्ने अवसरका रूपमा मनाउँदै आएका छन् । नेपालले पनि यसलाई महत्त्वका साथ लिने गरेको छ । नारीदिवसबाटै उत्प्रेरित थुप्रै नारी आन्दोलन सफल पनि भएका छन् । क्रमैसँग नारी अधिकारका पक्षमा विजय पनि हासिल भइरहेको छ, तर आममहिलालाई अझै पनि पुरुषप्रधान सामाजिक संरचना र यसले निर्माण गरेको राज्यसंरचना, कानुन तथा विधानले थिचिराखेकै छ ।

श्रमिक महिलालाई समान ज्याला, मताधिकार, समान सहभागिता हुँदै अघि बढेको महिलाअधिकार आन्दोलनलाई यस दिवसले जुन रूपमा अघि बढाउनुपथ्र्याे त्यसमा भने अपेक्षित सफलता प्राप्त भएको छैन । नारीदिवस केही टाठाबाठा महिला र पुरुषकै निम्ति कमाइखाने विषय बनिरहेको प्रति राज्य र गैरराज्य मौन छन् । नारी अधिकारका पक्षमा वकालत गर्नेहरूले पनि नारीका नाममा नारा उराल्ने, सहयोग माग्ने र आफ्नै मात्र दुनो सोझ्याउने गरेर प्रकारान्तरले पुरुषसत्ताकै मलजल गरिरहेका त छैनन्, सबैले यतातिर पनि सोच्ने

कि ? नारीदिवस तब मात्र सार्थक हुन्छ, जब साँच्चै हरेक क्षेत्रमा महिलालाई यो देऊ र ऊ देऊ भनेर मागिरहनुपर्ने अवस्था अन्त्य हुन्छ । त्यसका लागि जरुरी छ त नारी सहभागिताको, नारी सबलीकरणको र समाज जागरणको । नारी र पुरुषको संयुक्त पहलकदमीविना न नारी अधिकार प्राप्त हुन सक्छ, न संरक्षित नै ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?