Newsletter
Email:
Home | अन्तिम पृष्ठ | त्यो किसको किस्सा अलग

त्यो किसको किस्सा अलग

Font size: Decrease font Enlarge font
image

कथा मन परे र चरित्र तगडा भए किस सिन दिन आपत्ति नहुने धारणा राख्छिन् नायिका अरुणिमा लम्साल । तर, म्ाोफसलका दुई दर्जन हलमा शुक्रबारदेखि प्रदर्शन हुन लागेको आफ्नो मान्छे आफ्नै हुन्छ फिल्ममा नवनायक मुकेश ढकालसँग आफूले दिएको टंक किसको प्रचारप्रति भने उनले असन्तुष्टि जनाएकी छिन् ।
पहिला निर्माता/निर्देशकसँग मिडियामा नल्याउने सर्तमा सो किस सिन सुटिङ गरिए पनि उनीहरूले प्रचारमा ल्याएकाले आफ्नो चित्त दुखेको अरुणिमा बताउँछिन् । भन्छिन्, 'चरित्रमा डुबेर किस सिन गरेँ । तर, निर्माता/निर्देशकसँग पहिल्यै सो दृश्य मिडियामा प्रचार नगर्ने सहमति भएको थियो । उहाँहरूले त्यसैलाई हाइलाइट गर्नुभएको छ ।'
करिब एक मिनेट लामो सो किस सिन कथाको मागअनुसार नै गरेको दाबी गर्दर्ै अरुणिमा भन्छिन्, 'हलमा हेर्न दर्शकलाई मनोरञ्जन होस् भनेर सट दिएँ । तर, उहाँहरूले सम्झौताबमोजिम काम गर्नुभएन । आउनु आइहाल्यो । अब मलाई आपत्ति छैन ।'
आफू घरपरिवारमा त्यस्ता कामुक दृश्यले असर पार्ला भन्ने ठानेर उक्त किस सिन मिडियामा नल्याउने सर्त राखेको बताउँदै उनले भनिन्, 'अब मेरो केही गुनासो छैन । हुनु भइहाल्यो । मेरो परिवार बुझ्झकी छ । केही असर पदैन ।'
फिल्ममा हेर्दा टंक किसजस्तो देखिने भए पनि उक्त सिन टंक नभई 'टच सिन' मात्र भएको दाबी उनले गरेकी छिन् । 'मैले ओठ मात्र चलाएकी छु । त्यो टंक किस होइन,' उनी भन्छिन्, 'त्यो किस सिन मात्रै हो । फिल्म हेर्दा जो-कोहीले पनि बुझ्छ ।' सो दृश्य छायांकन गरेर गएपछि मात्रै आफ्नो पति अमितलाई जानकारी दिएको अरुणिमाले बताइन् । 'श्रीमान्लाई आज मैले यस्तो सिन दिएँ भनेँ । उहाँले केही प्रतिक्रिया जनाउनुभएन,' अरुणिमाले भनिन्, 'त्यो त अभिनय मात्रै हो । उहाँ मेरो पेसा बुझ्नुहुन्छ । त्यसकारण उहाँलाई यस्तो कुरामा चासो हुदैन ।'
यसभन्दा पहिला अरुणिमाले अभिमन्यू फिल्ममा नायक निखिल उप्रेतीसँग चुम्बन दृश्य दिएकी थिइन् । 'सुटिङको वेलामा सयौँ मान्छेको भीड हुन्छ । मासमा किस सिन गर्नुपर्ने भएकाले कुनै फिलिङ्स नै आउँदैन,' उनी भन्छिन्, 'म मात्र काममा ध्यान दिन्छु । दर्शकले मनोरञ्जन लिऊन् भनेर पनि त्यस्ता दृश्य दिइन्छ । यसमा आपत्ति छैन ।'
ऋषि लामिछानेको निर्देशनमा मुनाल घिमिरेले निर्माण गरेको आफ्नो मान्छे आफ्नै हुन्छको अर्काे एउटा दृश्यमा अरुणिमाले लगाएको मिनिस्कर्ट पंखा लगाएर उठाइएको छ । त्यो कामुक दृश्य पनि सहमतिमै गरेको खुलासा अरुणिमाको छ । 'कलेजका उटपट्याङ केटाहरूले पंखा लगाएर मेरो स्कट उडाउँछन् । दृश्य रमाइलो छ,' फिल्ममा आफूले पाएको रोलअनुसार निकै राम्रो काम गरेको जिकिर गर्दै उनी भन्छिन्, 'पंखा लगाएर स्कर्ट उडाए पनि मैले भित्र हापपाइन्ट लगाएकी छु । सिन भल्गर लाग्दैन ।'
निर्देशक ऋषि भने फिल्मको पात्रको चरित्रअनुसार ती दृश्य जरुरी भएको दाबी गर्छन्, 'पूर्ण मनोरञ्जक फिल्म बनाउन त्यस्ता दृश्य पनि आवश्यक ठानियो ।' अरुणिमाको असन्तुष्टिबारे उनी भन्छन्, 'दर्शकका लागि खिचिएका दृश्य मिडियामा ल्याउँदा के आपत्ति भयो र ? यो सामान्य कुरा हो ।'

Subscribe to comments feed Comments (9 posted):

pardeshi on 05/03/2010 21:54:42
avatar
huna ta hamra naikaharu matra paisa n film bhaye je pani garchhan nasuhaye pani tar ijjet sabai ko hunchha n film aaunu bhanda aagadi teso gari aaru lai nangaunu nahune ho nirmata n nirdesk le ,bhanna ta nirdesak le majja sangha Bolnu bhayechha teso ta aafnu film maaaye ni aafnu budi(SARITA)lai liyera garayeni hune ani je jasogari prachar gare ni hunchha jati nangye ni hunchha ni hoina ra...bitchar galat lage sorry hai...
Thumbs Up Thumbs Down
0
bsal pahari on 05/03/2010 14:02:21
avatar
yesto picture lai ta ma thuk chu **** the world
Thumbs Up Thumbs Down
1
anil on 05/03/2010 13:00:02
avatar
Film banayera hall ma darshak haru lai nadekhaune bhani banayeko ho? Film sin diyepachi darshak haru le hercha bhanne thaha chaina? prachar huncha, BLUE film pani Abhinaya nai hola, Darshak haru lai thulo Manoranjan hune thiyo. Actress ARUNIMA le charitra ma dubera abhinaya garna sipalu rahichin. katha le mage jasto garna sakchin unle.SUBHAKAMANA ARUNIMA LAI.
Thumbs Up Thumbs Down
0
pitambar on 05/03/2010 11:28:37
avatar
darshak ka lagi yasta sin romantic hunchan so its ok.
Thumbs Up Thumbs Down
-1
Amrit Thapa Dubai on 05/03/2010 08:01:07
avatar
Malae pani ramro lageko chha kina vane fillma gareko roll kalpanik hun ma pani yo chhatralae bishesh parthamikta dinchhu
Thumbs Up Thumbs Down
-2
Sahit on 05/03/2010 06:50:38
avatar
Subas ji tapai lai bastabik life taha china jasto cha tapai jasto budo ko dimak ma matra shreemati bhaneko mero order ma chalni ho bhanne aucha ahile jamana kaha bata kaha pugi sakyo Arunima ko Husband lai yak dam manchu ma uaha ko bawana parsamsayogya cha yesto purus sabai bhai dini bhaya nepal ko yo abasta huni nai tiyana sabai bhanda tulo kura biswas ho biswas bina ko life chaldina
Thumbs Up Thumbs Down
-1
keshab pokhrel on 05/03/2010 06:42:27
avatar
swasni ka kamai khana palke ka joitingre le k ko birodha garnu ni baru dam aaune bhaya aru sin dina lagauchan tesa logne le
Thumbs Up Thumbs Down
0
subas on 04/03/2010 17:18:28
avatar
yastai voli gad madayer aunu ani paribar le swikar gari hal6 ni, paribar nai tyastai hola ani, hami jasto budho hunu par6 ani thaha hunthyo.
Thumbs Up Thumbs Down
2
krishna tamang on 04/03/2010 17:15:21
avatar
oh malai pani hajurko yo kis man pare hi..............
Thumbs Up Thumbs Down
0
total: 9 | displaying: 1 - 9

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?