अमेरिकाले परमाणु हतियारमा कटौती गर्ने
वासिङटन/ संयुक्त राज्य अमेरिकाले परमाणु हतियार कटौती गर्ने भएको छ । राष्ट्रपति बाराक ओबामाले अमेरिकाले परमाणु हतियार कटौती गर्न मुख्य प्रक्रिया सुरु गर्ने बताएका छन् । राष्ट्रपति अमेरिकाको नयाँ रणनीति बारेमा छलफल गर्न रक्षामन्त्री रोबर्ट गेट्ससँग पनि भेटेका छन् । पूर्व अमेरिकी राष्ट्रपति जर्जडब्लू बुस प्रशासनको नयाँ हतियार बनाउने योजना ओबामाले लागू नगर्ने अनुमान गरिएको छ । परमाणु सुरक्षा मामलालाई लिएर अर्काे महिना विश्व सम्मेलन हुँदै छ । यस सम्मेलनअगावै ओबामा प्रशासन परमाणु नीतिप्रति पुनर्विचार गरिरहेको छ । यो नीति डिसेम्बर पहिलो सातामा नै जारी गरिनुपथ्र्याे । तर, यस नीतिको पहिलो प्रस्तावपत्र पुरानो नीतिभन्दा केही खास फरक नभएकाले अस्वीकार गरिएको बताइएको छ । परमाणु हतियाररहित विश्वको कल्पना गरेको ओबामाले गत वर्षको अपि्रलमा बताएका थिए । अहिलेको विश्वमा शीतयुद्धकालीन सोच बदल्न आवश्यक भएको पनि ओबामाले बताएका थिए । शीतयुद्धकालीन सोच बदल्न अमेरिकाको भूमिका बलियो रहेको पनि उनले बताएका थिए । परमाणु हतियारको प्रसार रोक्न विश्वमा नयाँ साझेदारी बनाउनुपर्ने ओबामाले भनेका थिए । चन्द्रमामा हिउँ वासिङटन/ भारतीय अन्तरिक्ष यानभित्र राखेर चन्द्रगृह पठाइएको अमेरिकी शक्तिशाली उपकरण राडारले चन्द्रमामा हिउँ रहेको पत्ता लगाएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाका अनुसार चन्द्रमाको उत्तरी धु्रव सतहमा ठूलठूला बरफका ढिक्का रहेको पत्ता लगाएको छ । मिनी सार नाम दिइएको यस राडारले सानाठूला गरी डेढदेखि १५ किलोमिटरसम्मका ४० वटा हिमपर्वत पत्ता लगाएको छ । हिमपर्वतमा ६० करोड मेटि्रकटन बरफयुक्त जल रहेकोसमेत अनुमान गरिएको छ ।



del.icio.us
Digg
Post your comment