Newsletter
Email:
Home | अन्तिम पृष्ठ | सरिता फेरि पर्दामा

सरिता फेरि पर्दामा

Font size: Decrease font Enlarge font
image

दुई वर्ष फिल्म क्षेत्रबाट ओझेल परेकी नायिका सरिता लामिछानेको पुनरागमन भएको छ । फिल्मसम्बन्धी टेलिभिजन कार्यक्रम पर्दाको प्रस्तुतकर्ताका रूपमा 'रि इन्ट्री' मारेकी सरिता अब पुनः फिल्म अभिनयमा सक्रिय हुन चाहेको बताउँछिन् 

'बीचमा धेरै फिल्म, सिरियलबाट अफर आएका थिए,' छोरी जन्मिएपछि जिम्मेवार आमाको भूमिका निभाउनका लागि फिल्म अभिनयबाट केही समय टाढिएको बताउँदै उनले भनिन्, 'छोरीको स्याहार-सुसारका लागि अफर स्विकारिनँ, अब भने पुनः आएकी छु ।'

सरिता निर्मात्री पनि हुन् । उनी र उनका पति निर्देशक ऋषि लामिछाने मिलेर परिचयनामक मेघा टेलिशंृखला निर्माण गरे जो निकै चर्चित भएको थियो । अब फेरि उनी अर्काे सिरियल निर्माण गर्ने सोचाइमा रहेको बताउँछिन् । भन्छिन्, 'पर्दासँगै अर्काे सिरियल निर्माण गर्ने गृहकार्यमा जुटेका छाँै ।'

तुलसी घिमिरेको निर्देशनमा बनेको मुक्ति टेलिशंृखलाबाट चर्चित भएकी सरिताले त्यसपछि गहना, चाहना मनको, दुई दिनको जिन्दगानी, जानकी, परिचय, माइतीलगायतका टेलिशंृखला तथा सन्तानको माया नामक ठूलो पर्दाको फिल्ममा अभिनय गरिन् । रोल र पारिश्रमिक चित्त नबुझेसम्म अभिनय नगर्ने बताउँछिन्, उनी । भन्छिन्, 'दर्शकमाझ मेरो जुन इमेज छ, त्यहीअनुरूपको रोल पाए मात्र फिल्म खेल्छु । त्यसमाथि उचित पारिश्रमिक पनि चाहिन्छ ।'

टिभी एंकरका रूपमा समेत परिचित सरिताले पुनः सुरु गरेको फिल्मी कार्यक्रम पर्दा विगत तीन हप्तादेखि शनिबार साँझ नेपाल टेलिभिजन-२ बाट प्रसारण भइरहेको छ । ६८ भाग प्रसारण भएर रोकिएको पर्दा पुनः उत्तिकै चर्चित हुने आशा उनको छ । 'फिल्मकर्मी, दर्शकमाझ पर्दा पहिला जुन मात्रामा चर्चित थियो, त्योभन्दा अझै राम्रो बनाउने कोसिस गरेकी छु,' केही समयपछि पर्दाको प्रसारण नेपाल टेलिभिजनमा सार्ने योजना रहेको बताउँदै सरिता भन्छिन्, 'नेपाली फिल्मसम्बन्धी स्तरीय कार्यक्रमको महसुस गरी पर्दा फेरि सुरु गरेका हाँै ।'

Subscribe to comments feed Comments (6 posted):

Beepin ghimire on 28/02/2010 12:14:54
avatar
Sarita ji tapalai very-very thanku kinaki tapai pherai telivisionma aaunubhayo aba pheri tapaiko serious aanuhar herna paine bhayo.
Thumbs Up Thumbs Down
0
kumbha on 27/02/2010 13:04:05
avatar
saritaji ji namaskar sarhai nai ramro rolma kam garnu hunthiyo aaj thaha paya chhoree rahechha feri film line ma aaudaichhu bhanda dherai khusi lagyo safalatako pailale chumirahun subhakana chha mero tarfa bat
Thumbs Up Thumbs Down
0
man on 27/02/2010 11:21:56
avatar
Wel come back to sarita diju
Thumbs Up Thumbs Down
0
chandra kumar shrestha on 27/02/2010 11:08:44
avatar
welcome back sarita lami6aneji.
Thumbs Up Thumbs Down
0
Bal bdr rajan magar on 27/02/2010 07:51:54
avatar
welcome to back i want see yr sireal.
Thumbs Up Thumbs Down
0
Sunil Shrestha on 27/02/2010 03:12:01
avatar
Welcome back Sarita Ji and wishing a your coming days.
Thumbs Up Thumbs Down
0
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?