Newsletter
Email:
Home | विदेश | केटी जिस्क्याउनेलाई कर-सजाय

केटी जिस्क्याउनेलाई कर-सजाय

Font size: Decrease font Enlarge font
image

भारतीय अर्थमन्त्रीलाई उनकी छोरीले बजेटमा केटी जिस्क्याउने पु/mषको आम्दानीमा कर लगाउन माग गरेकी छिन् 

भारतका अर्थमन्त्री प्रणव मुखर्जीलाई अहिले धमाधम सल्लाह/सुझाब दिइँदै छ । आगामी बजेटमा के-के हुनुपर्छ, त्यसबारे सामान्य गृहिणीदेखि विद्वान्सम्म उनलाई सल्लाह दिइरहेका छन् । सल्लाह मात्रै होइन, माग पनि गरिरहेका छन् । उदाहरणका लागि विश्वप्रसिद्ध अखबार वाल स्टि्रट जर्नलले मुखर्जीलाई बोल्ड -साहसी) बजेट ल्याउन सल्लाह दिएको छ 

अर्थमन्त्रीसँग माग गर्ने उनकै सुपुत्री पनि पर्छिन् । शर्मिष्ठा मुखर्जीले पिता प्रणव मुखर्जीलाई सन् २०१०-११को बजेटमा महिलाहरूलाई जिस्क्याउने आवारालाई पनि करको दायराभित्र ल्याउन माग गरेकी छिन् । शर्मिष्ठाले एक खुलापत्रमार्फत आफ्ना पितासँग 'बदमास' पुरुषहरूको आयमा ९५ प्रतिशतसम्म कर लगाउन माग गरेकी छिन् 

उनले पत्रमा लेखेकी छिन्, 'घरमा तपाईंलाई बजेटका बारेमा राम्रो सल्लाह दिन खोज्दा तपाईं जहिले पनि मलाई बोल्न दिनुहुन्न । आशा छ- यसपटक तपाईंले मेरो मागप्रति गम्भीरतापूर्वक विचार गर्नुहुनेछ ।' प्रसिद्ध नृत्यांगना शर्मिष्ठाले कलाकारहरूलाई करमुक्त गर्नुपर्ने माग पनि गरेकी छिन् 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?