Newsletter
Email:
Home | झन् नयाँ | लाहुरेनी होइन योगिनी

लाहुरेनी होइन योगिनी

Font size: Decrease font Enlarge font
image

मीलादेवी राई लाहुरे परिवारकी हुन् । उनका बाबा र दाजु अझै बि्रटिस आर्मी छन् । उनीहरू बेलायती नागरिकता लिएर उतै रमाए । अभावको परिवार नरहेकाले स्वदेशै बसे पनि रवाफ र मस्तीको जिन्दगी जिउनमात्र होइन आमनेपालीले सुखको देश ठान्ने युकेसम्मको यात्रा गर्न मीलादेवीलाई कुनै आइतबार कुनु पर्दैन । १४ वर्षको उमेरदेखि लाहुरेनी बन्न पटक-पटक आएको प्रस्ताव ठाडै लतार्दै उनी कहिले कणर्ालीको चट्टानमा रमाउँदै, कहिले तराईको समथर भू-भागमा हराउँदै त कहिले लेकाली झुप्रा र चिसो हिउँसँग मितेरी गाँस्दै 'प्राकृतिक जीवन' बाँच्न उत्प्रेरणा जगाउँदै हिँडेकी छिन् 

सुखसयलको जीवन छाडेर मीलादेवी आखिर किन लागिन् त यतातिर ? लाहुरेकी छोरी उनी मुस्कुराइन्, 'जीवनमा कुन चीजलाई प्राथमिकता दिने भन्ने सवाल महत्त्वपूर्ण हो । धन, सुख या पूर्ण जीवनलाई ? मैले पूर्ण जीवन प्राप्तिको बाटो रोजेँ ।' उनको विचारमा पूर्ण जीवन प्राप्तिको बाटो अध्यात्मिक शिक्षा हो । अध्यात्मले नै भविष्यको बाटो निर्दिष्ट गरिदिन्छ र त्यो बाटोमा हिँड्दा जीवन पूर्ण बन्छ । त्यसैले लाहुरेनी बन्न छाडेर उनी अध्यात्मतिर लागेकी रे π मनोक्रान्ति अभियानमा लागेर उनी चार वर्षदेखि अध्यात्मिक शिक्षामा लीन छिन् । सिकाइलाई व्यहारमा उतार्न उनी वर्ष दिनयता देश दौडाहामा छिन्, मानिसलाई प्राकृतिक जीवन बाँच्न उत्प्रेरित गर्दै उसको खानपान र व्यवहारमा शुद्धता ल्याउने अभियान लिएर 

लाहुरेनी बन्ने अफर र अध्यात्म

जीवनका ३०औँ वसन्तमा यात्रारत तिम्मा-३ भोजपुरकी मीलादेवी आइए उत्तीर्ण छिन् । लाहुरे पारिवारिक पृष्ठभूमिका कारण उनले कहिल्यै दुःखको अनुभूति गर्न परेन । 'खर्चको कहिल्यै कमी महसुुस हुन्नथ्यो, सिनेमा जाने कि, डान्सबार या रेष्टुराँ सधैँ खुला, आमाले भनेजति पैसा र स्वीकृति दिनुहुन्थ्यो,' उनले लाहुरे परिवारभित्रको सान सुनाइन् । लाहुरे परिवारमा सुख र सानमात्र होइन त्यहाँभित्रको शासन पनि उत्तिकै कडा हुन्छ मीलादेवीकै शब्दमा, 'बन्दनजस्तो, स्वतन्त्रताको त्यति महसुस गर्न नपाइने ।' त्यही शासनभित्रको बन्धनले उनलाई अध्यात्मतिर लगायो । 'सानैदेखि पारिवारिकभन्दा पृथक धार सम्हाल्छु र समाजका लागि केही गर्छु भन्ने भावना थियो,' उनले सम्भिन् 

बाबु र दाजु लाहुरे रहेकाले उनको परिवारको सम्बन्ध पनि लाहुरेसँग थियो । त्यही नाताले १४ वर्षकै उमेरदेखि उनको घरमा बिहेको प्रस्ताव लिएर लाहुरे आउने गर्थे । लाहुरे शासन कडा भए पनि विवाहमा छोरीको स्वीकृति चाहिने संस्कार थियो उनको परिवारमा । यही संस्कारको प्रयोग गर्दै समाज सेवामा लाग्ने सानैदेखिको सोचाइलाई पूर्णता दिन उनले लाहुरेनी बन्ने 'अफर' परित्याग गरिन् 

बन्धनमुक्त जीवनको खोजीकै क्रममा उनी एक दिन राजधानीको धरहरा पार्टी प्यालेस पुगिन् । त्यहाँ योगी विकासानन्द प्रवचन दिँदै थिए, अध्यात्मसम्बन्धी । कुरा चार वर्षअघिको थियो । 'मलाई पहिलो प्रवचनमै पूर्ण जीवन प्राप्तिको बाटो अध्यात्म नै हो जस्तो लाग्यो र अनवरत यसैमा लागेकी छु,' प्याजी रंगका कपडामा सजिएकी मीलादेवीले आफूलाई अध्यात्मको चेलीका रूपमा खडा गर्दै भनिन् । मनोक्रान्ति दर्शनका द्रष्टा योगी विकासानन्दद्वारा ललितपुर गोदावरीमा सञ्चालित पाँचवर्षे नेतृत्व विकास तथा आत्म रूपान्तरण सत्रकी विद्यार्थी रहेकी उनले रेकी मास्टर र योग प्रशिक्षकका रूपमा पनि परिचय बनाएकी छिन् । प्राकृतिक जीवन बाँच्न सिक्न योग र साधनालाई तिखार्ने क्रममा उनले २७ दिन जल, २२ दिन आमरण अनशन, २३ दिन भू, ४५ दिन मौन तपस्या, दुई रात मशानघाटको साधना लगातार ३६ घन्टे लेखन र १५ महिना फलहरी खानपानको अभ्याससमेत गरेकी छिन् 

देशव्यापी स्वास्थ्य अभियान

लगातार तीन वर्ष अध्यात्म र योग साधनाको सामिप्यतापछि उनी 'आफ्नो डाक्टर आफैँ बनौँ,' नारासहित स्वास्थ्य अभियान लिएर देश दौडाहामा छिन् । वैशाख ०६६ मा महाकालीको बैतडीबाट सुरु गरी उनले ४६ जिल्लामा आफ्नो अभियान पुर्‍याइसकेकी छिन् । आउँदो वैशाखमा पूर्वको इलाम पुगेपछि ७५ जिल्ला टेक्दै उनको अभियान पूरा हुनेछ । 'शारीरिक र मानसिक तनावले आममानिस रोगी छन्, उनीहरूको प्राकृतिक जीवन व्यवस्थित पार्दै खानपान र आचार विचारमा शुद्धता ल्याएर सकारात्मक सोच भएको स्वास्थ्य नागरिक बनाउन अभियान चलाएको हुँ,' उनको प्रष्टोक्ति छ 

जिल्ला बसाइमा उनले विद्यार्थी, सेना, प्रहरी र कर्मचारीलाई प्रवचन दिँदै आएकी छिन् । नेपाली युवावर्ग सबैभन्दा बढी कुलतमा फसेको र नेपाली सेना बढी मानसिक रोगी रहेको उनको अनुभव छ । 'युवा समाजको सहयोग नपाएर र सेना बन्धनभित्र रहेकाले प|mस्टेसन छन्,' योगिनी मीलादेवीको निष्कर्ष छ । मुलुकको राजनीति अस्थिर हुँदा जनता प|mस्टेड हुन पुगेको र फलस्वरूप मानसिक र शारीरिक रोगको सिकार भएको उनको ठम्याइ छ । वर्तमान राजनीतिक अवस्थामाथि टिप्पणी गर्दै लाहुरेकी छोरी बोल्छिन्, 'राजनीति स्थिर भए जनता पनि स्थिर हुन्छन् ।'

कणर्ाली दोस्रो नेपाल

अभियानका क्रममा ४६ जिल्ला घुमेकी यी योगिनीले सबैभन्दा लामो समय एक महिना कणर्ाली अञ्चल पैदल यात्रामा बिताइन् । मानिसलाई निरोगी बनाउन त्यहाँ पुगेकी उनले कणर्ाली नै रोगी पाइन् । किन त ? 'विकास पुगेको छैन । सरकारले हेलिकोप्टरमा चामल पठाउँछ, चामल लिन सदरमुकाम र्झन चार दिन लाग्ने । चारै दिन लगाएर घर पुग्दा बालबच्चा मरिसकेको हुने,' उनले आफूले देखेको र भोगेको कणर्ाली सुनाइन्, 'मान्छे ६ महिना अन्न र ६ महिना भ्याकुर खाएर बाँच्दा रहेछन् । वास्तवमा कणर्ाली त दोस्रो नेपाल रहेछ ।'

सिडिओले भने बलात्कृत हौली

लाहुरेकी छोरी उनी चन्दा मागेर अभियान चलाइरहेकी छिन् । जहाँ पुग्छिन् त्यहीँ बास माग्छिन् र खान्छिन् । उनीहरूले दिएको दुई-चार रुपैयाँ जम्मा गरेर खर्च टार्दै आएकी छिन् । सहयोग माग्ने क्रममा उनी एक दिन सिडिओकहाँ पुगिन् । तर, सिडिओले सहयोगको सट्टा यसो भनेछन्, 'केटी भएर एक्लैदुक्लै हिँड्ने हो ? डर लाग्दैन, बलात्कृत हौली, जाऊ फर्केर π' 'प्रशासकजस्तो व्यक्तिको यस्तो अभिव्यक्तिले मलाई अझै हौसला दियो,' उनले गर्वका साथ भनिन् । अभियानका क्रममा उनलाई सकारात्मक भन्नेहरू धेरै पाइए । नकारात्मक सोच्नेहरू पनि भेटिए । नेपाली समाज, त्यहीमाथि महिला, डाँडाकाँडा एक्लै लखरलखर हिँड्दा कुरा काट्नेहरूको के हिसाब र ? 'त्यसैले क्षमता भएर पनि महिला समाजमा दबिएर बसेका छन् । मैले त्यसलाई चिर्ने सामथ्र्य राखेको मात्रै हुँ,' आफूलाई एकैदर्जामा उभ्याउँदै आमनेपाली महिलाको बाध्यता सुनाइन् उनले 

योगिनीका नजरमा प्रेम, विवाह र यौन

योगीहरू प्रेमको रटान दिन्छन् । तर, विवाह र यौनलाई सर्वश्रेष्ठ र गौण भन्ने योगीहरू पनि छन् । अध्यात्म र योग साधनामा लागेर विवाह नगर्ने घोषणा गर्ने र यौनका विषयमा नखुलेर आफूलाई आदर्श योगी ठान्नेहरू पनि छन् । लाहुरेनी बन्न छाडेर योगिनी बनेकी मीलादेवीले प्रेम, विवाह र यौनलाई यसरी परिभाषित गरिन् 

प्रेम- आम रूपमा बाँच्ने आधार र हतियार हो । प्रेमविना पूर्ण जीवनको बाटोमा अघि बढ्न सकिँदैन 

विवाह- पूर्ण जीवन हो 

यौन- जाने शक्ति । नजाने विकृति । त्यसैले प्रयोग गर्न जान्नुपर्छ । नजाने यसैले जीवन पतन बनाउँछ 

जीवनका महत्त्वपूर्ण यी तीन पाटालाई यति नजिकबाट नियाल्ने योगिनी भविष्यमा आफूले विवाह गर्ने सोच नबनाएको, तर विवाह गर्दिन भनेर 'ग्यारेन्टी' पनि नगर्ने बताउँछिन् । फेरि लाहुरेसँग बिहे गर्ने सोच या पहिला लाहुरेनी बन्न आएको प्रस्ताव अस्वीकार गरेकाले उत्पन्न पश्चाताप त होइन ? 'लाहुरे टन्न पैसा कमाउँछन्, तर

लाहुरेनीको बेहाल छ । लाहुरेनी भइनँ । र त योगिनी भएँ । यसैमा गर्व छ,' बेलायती लाहुरेकी छोरी/बहिनी योगिनी मीलादेवी भन्दै थिइन् 

Subscribe to comments feed Comments (6 posted):

narjit gharti magar on 07/03/2010 13:13:21
avatar
mani mani thangs for you sis miladebi is may hartha.sanci mila didi ma reday kholer tapailai dhannebad bhanna chahanchu tesai pani ta hamro samajma hami mongolean jhatilai herne diristi alikati bindai paincha aba hamile pani hamro desa ra samajko lagi kehi gharne bela bayko cha yo abasthama tapaile garanu bayko yo desbyapi sawastha abiyan desko lagi matra nabayr singo sansarkai lagi aabasek kura ho yesaile ma yes tapaiko sawastha desbyapi abiyan saphal hos bhani reday dekhi kamna garna chahancu.
Thumbs Up Thumbs Down
0
Paresh. on 21/02/2010 05:30:07
avatar
Nice article. Thank you Dhruba g. Tam matalai pani nepal yatrako shuva kamana.
Thumbs Up Thumbs Down
0
nabin chhetri on 20/02/2010 23:48:01
avatar
artical herera aatma santusti parpata gare.yakjana gurung ladies ko yattiko sahas ani yasto adhaytmic gyan dekhada nikkai khushhi lagyo.bastab ma uha le nai safal jiwan jiudai hunu hun6 ra bastabik mokche uha lai parpta hos yahi kamana 6.huna ta yogi banne prayas ma hunu hundo rahe6 ani tes ma pani uha ko safal ta ko kamana. hamro samaj ma jun kisim ko bikriti 6 tes ko biruddha jun tapai haru jasto le sandes dinu hun6 tes bata bises ta ahile ka uba ani bachha haru lai sadhai sat marga prapta hos. je hos yauta samppna man6e le garnu parne kam nai yahi ho.ma ahile ko new generation lai samet yasta subha marga ma lagne bato prapta hos bhanne kamana garda 6u ani uha ko yog safal bhai mokchha prapta hos.
Thumbs Up Thumbs Down
0
santosh on 20/02/2010 14:29:50
avatar
great,fantastic.dherai prabhabit bhae.mila devi.god bless u
Thumbs Up Thumbs Down
0
Rajesh Rai on 20/02/2010 12:12:55
avatar
मीलादेवी राई ले आफ्नो रियल र वास्तविक जिन्दगी लाई जिउन जानेर मलाई धेरै खुशी लाग्यो। साच्चैनै यो संसार लाई आफ्नो बाहिरी आँखाले देख्दा जताततै पुरै रङिनै रङिन र चकाचक तथा झकाझक देखिन्छ तर आफ्नो भित्री आँखाले देख्दा जताततै पापै पाप र अधर्मै अधर्म तथा हरेकको मनमा प्राए कुभावना मात्र पाईन्छ। त्यसैले यस्तो देखावती र भौतिक संसार बाट टाढा रहेर आफ्नो अध्यात्मिक लाइफ मा गए पूर्ण जिबन को प्राप्ति हुन्छ।
राजेश राई
क्यु वेष्ट
ईराक
Thumbs Up Thumbs Down
1
nagen rai ,now from israel on 20/02/2010 08:19:53
avatar
yassss mala sis great example . bastabma lahureko life ani lahure family le vognu pareko katha, betha kaslai k thaha ra? jo timi aafu lahure family vitra janmeu hurkeu jasle garda sabai sukha ,dukha k k hun6 vanera vogeu ra ta yasto nepal kai aam mahila mathi singo namuna dekhauna lagdai6au. tara jo parajibi vayera bachna chahane ani paisama moj masti garna chahane aam nepali cheliharulai ra aam lahure family lai timro manuna dekhera jarur part sikne chhan ra aam nepalima timi 1 udharaniya patra nai banne chhau. go a head....... god bless you.
Thumbs Up Thumbs Down
0
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?