विराटनगरको मनोविज्ञान र क्रमभंग
शंकर खरेल विराटनगरका एक सक्रिय एवं सृजनशील पत्रकार हुन् । उनले पत्रकारितामा जति डुबुल्की लगाएका छन्, त्यसभन्दा बढी पत्रकारिता अनुभवलाई उनले आप\mना आधा दर्जनभन्दा बढीका साहित्यिक पुस्तकमा साझेदारी गरेका छन् । काठमाडौंबाहिर थोरै पत्रकारले मात्र साहित्य र पत्रकारितालाई वा अखबारी-लेखन र आख्यान-लेखनलाई सँगसँगै लिएर हिँडेका छन् । स्थापित हुन वा राष्ट्रिय ध्यानाकर्षण गर्न राजधानीमै बस्नुपर्छ भन्ने छैन । बाहिर बसेर पनि आप\mनो प्रतिबद्धता र प्रयासलाई चुम्बकीयता प्रदान गर्न सकिन्छ । उनको एक पुस्तकको नाम हो— सेतो गाई, जसमा उनले तराईका एक साधारण मानिसको असाधारण कार्यलाई जीवन्त शैलीमा प्रस्तुत गरेका छन् । ठूलाबडाका बारेमा लेख्ने तथा तिनलाई मसिहाई अन्दाज दिने प्रवृत्ति विराटनगरमै नभएको होइन । तर, उनले फरक बाटो अँगाल्दै पर्यावरण क्षेत्रका 'छोटे गान्धी' सेबइलाल चौधरीको आत्मकथालाई इमानदार अक्षर दिएर अमर बनाए ।
विराटनगर नेपालको एउटा ऐतिहासिक सहर हो, जहाँ लोकपक्षीय सबै आन्दोलन अग्रस्थानमा हुने गरेका छन् । भनिन्छ पनि, एकताका नेपालका प्रधानमन्त्री हुनेहरूको एउटा घर विराटनगरमा भएकै हुन्थ्यो । राजधानी काठमाडौं भए तापनि राजनीतिक शक्तिको रैथाने बास विराटनगरमै हुन्थ्यो । हुन त, आप\mनो त्यस विगतबाट विराटनगर अलग भएको छैन । समकालीन राजनीतिका कैयौँ मुखर एवं नेपथ्यकारी पात्रको कर्मभूमि यहीँ रहेको छ । भनिन्छ, राजनीतिको चंगालाई विराटनगरले उडाउँछ । तर, के यस लोकोक्तिले अचेल विराटनगरवासीको साँचो कथालाई भन्छ त ?
विराटनगरको पूर्वी सीमाछेउमा रहेको भेडियारी गाउँलाई महाभारतकालीन राजा विराटको आश्रयसँग जोड्ने गरिन्छ । करिब २० मिटर लम्बाइ तथा चौडाइ ओगटेर रहेको चार मिटर अग्लो माटोको ढिस्को नै भेडियारीको प्रमुख पुरातात्त्विक अवशेष हो । एउटा जरा भएको तर जमिनको सतहमाथि ६ वटा रूख एकै ठाउँबाट उमि्रएझैँ देखिने वृक्ष यस ठाउँको आकर्षण बनेको छ । यस वृक्षलाई कोट्याउँदा यसको बोक्राबाट रातो रगतजस्तो तरल पदार्थ निस्किन्छ । सन् १९६८ मा पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक तारानाथ मिश्रले उत्खनन गर्दा यहाँबाट दुई चरणमा निर्मित मन्दिरको अवशेषसँगै अन्य पुरातात्त्विक महत्त्वका सम्पदा पनि प्राप्त भएका थिए । विराटनगर राजा विराटसँग जोडिएको हो भनेर त्यहाँका हस्तीहरूले बयान गरे पनि भेडियारी गाउँ आज पनि उपेक्षित छ । भेडियारीको उपेक्षाभित्र नेपाली राजनीतिको सामाजिक अर्थशास्त्र लुकेको छ । राजा विराटको नाम 'सेलेबुल' भएको भए पारिपट्ट िपनि लुम्बिनीजस्तै समानान्तर प्रयोग भइसकेको हुन्थ्यो । नेपालभित्र शाहहरूका लागि यसको उपयोगिता हुने कुरै भएन, तर कोइरालाहरूले पनि यसप्रति बेवास्ता नै गरेका छन् । भेडियारीको संरक्षण र संवर्द्धनको सवालमा मात्र हैन, कोइराला परिवारले आफूभन्दा बाहिरका कुनै पनि राष्ट्रिय नेताको योगदानलाई स्वीकार गर्नमा सधैँ कन्जुसी देखाएको छ ।
भेडियारी दसगजासँग जोडिएको गाउँ हो, जुन विराटनगर मूल बजारबाट टाढा छैन । तर, विराटनगर जो सोच्छ, त्योभन्दा धेरै फरक भेडियारीले सोचिरहेको पाइन्छ । नजिक रहेर पनि भेडियारीको मनोविज्ञानलाई विराटनगरले बुझ्न सकेको छैन । विराटनगर र भेडियारीबीचको सोचाइको दूरीले धेरै अर्थमा काठमाडौं र विराटनगरबीचको रिक्ततालाई अथ्र्याउँछ । हिजोका दिनमा मधेसी विद्रोह हुँदा विराटनगर मूल घर भएका गिरिजाप्रसाद कोइरालाले त्यसलाई बुझ्नै सकेनन् र जतिखेर उनले बुझ्न कोसिस गरे त्यतिखेर धेरै ढिलो भइसकेको थियो ।
तर, विराटनगरमा मधेसलाई हेर्ने दृष्टिकोणमा बहुआयामिकता थपेको छ । नेपाली मातृभाषी शोधकर्मीहरूले फरक तरिकाले तराई, मधेस र मिथिलालाई परिभाषित गर्न थालेका छन् । ती विचारमा नवीनता छ र आकर्षक पनि छ, कुन अर्थमा भने यसले कमसेकम तराई-मधेसलाई हेर्ने दृष्टिकोणलाई फराकिलो बनाइरहेको छ । यस्ता कार्य गर्नेमा प्राध्यापक बालकृष्ण पोखरेलजस्ता व्यक्तित्व अगाडि देखिएका छन् । यस्तो फरकपनले तराईभित्रकै वैचारिक असहमतिलाई मात्र हैन, एकांगी सोचाइको प्रवृत्तिलाई उन्नत धरातल दिएको छ । अभिमतप्रति असहमति हुन सकिन्छ, तर तराईका अन्य सहरका तुलनामा यहाँ थोरै तर फरक ढंगले प्राज्ञिक चिन्तन सुरु भएको छ ।
स्थानीय दैनिक 'उद्घोष'ले २० माघको सम्पादकीयमा लेखेको छ— क्याम्पसलाई राजनीतिक भागबन्डामा पारेर आप\mनो दलका कार्यकर्ता तथा नेताका भरौटेलाई क्याम्पस-प्रमुखदेखि लिएर अन्य पदमा नियुक्त गरिनाले पनि प्रायजसो क्याम्पसको शैक्षिक वातावरण बिथोलिन गएको छ । महेन्द्रमोरङ क्याम्पस पनि त्यस प्रवृत्तिबाट अछुतो रहन सकेन । के भएको रहेछ भने यो क्याम्पस पूर्वाञ्चलकै सबैभन्दा ठूलो र पुरानो भएर पनि यतिखेर विद्यार्थीको आकर्षण यहाँ छैन । बढ्दो गुन्डागर्दीसँगै विद्यार्थी संगठनले पनि राम्रो शैक्षिक वातावरण निर्माण गर्ने तर्फभन्दा पनि क्याम्पसलाई राजनीति गर्ने थलो मात्र बनाउँदै आएकाले यहाँको शैक्षिक वातावरण बिथोलिन पुगेको छ । तर, अब शैक्षिक स्तर सुधार्न विद्यार्थी संगठन नै जुट्ने भएका छन् रे ∕ यस कार्यको प्रभाव र असर बुझ्न फेरि केही सातापछिको त्यहाँका स्थानीय पत्रिकालाई पछ्याउनुपर्छ । किनभने, विगतमा कैयौँ राम्रा काम गरेर प्रचारबाजी गरेकाहरू मोलतोलाइमै गएर टुंगिने गरेको तीतो अनुभव छ यस सहरसँग ।
विराटनगरमा राजनीतिका आप\mनै स्थानीय तौरतरिका छन् । मधेस आन्दोलनपछि यहाँको सामाजिक परिवेश पनि बाँडिएको छ । छिमेकी जिल्लाबाट पढ्न आउने युवा मधेसीमा उग्रधार जहाँ हाबी छ त्यहीँ पहाडे भनिने समुदायका मधेसी राजनीतिमा भित्रिएका छन् । तर, पहाडी समुदायले अझ पनि मधेसी आन्दोलनको आन्तरिक प्रवाह बुझ्न सकेका छैनन् । उनीहरू तपसिलकै कुरामा लट्पटिएका छन् ।
महात्मा गान्धी स्मृति प्रतिष्ठानले 'गान्धी दर्शन नेपालका सन्दर्भमा' भन्ने कार्यक्रम आयोजना गरेको थियो, जहाँ शान्ति सूत्रधार दमननाथ ढुंगानाले उपस्थिति जनाएका थिए । त्यस कार्यक्रममा विराटनगरका विभिन्न तप्का र विचारका नागरिकको उपस्थिति रहेको थियो । त्यस उपस्थितिले भनिरहेको थियो— आप\mनो अधिकारका कुरा गर्दा अरू समुदायको पनि आत्मसम्मानलाई बुझ्नुपर्छ । त्यस्तै सामाजिक विविधता र फरक पहिचानलाई अब गोलमटोल राष्ट्रियताका ढाँचामा हालेर हेर्न मिल्दैन । चाह्यो भने शान्तिपूर्वक पनि परिवर्तनलाई संस्थागत गर्न सकिन्छ । संविधानसभाबाट वैधानिक क्रान्ति सम्भव छ, जनताका पक्षमा लोकपक्षीय नयाँ संविधान निर्माण गरेर ।
काठमाडौंमा जस्तै यहाँ पनि अड्कल, अनुमान र आशंका बढी गरिन्छ, त्यो पनि मधेसी राजनीतिका सन्दर्भमा । विराटनगरले आपै"mभित्रको विविधतालाई समेट्न सकेको छैन । पारि बिहारतिर भइरहेको परिवर्तनले यहाँका स्थानीय व्यापारीलाई विस्थापित हुन रोकेको छैन । जहाँ एकातिर पर्वते समुदायमा असुरक्षाको भावना बढ्दै गएको छ त्यहीँ मधेसी भनिने समुदायकाहरू पारि जोगबनीमा गएर कारोबार गर्न बढी सुरक्षित ठान्छन् । यो बदलिँदो स्थितिलाई कसले सन्तुलनमा ल्याउने ? केही बस्ती फरक-फरक समुदायका किल्लाका रूपमा चिनिन थालेका छन् । विराटनगरवासीले आफूलाई तराईका अन्य सहरभन्दा तुलनात्मक रूपमा मिश्रति बसोबास भएको हुनाले एकीकृत भएको दाबी गरे पनि बिस्तार-बिस्तारै उनीहरू चिरा पर्दै गएका छन् । एक ठूलै मधेसी नेता यस स्तम्भकारलाई भन्दै थिए— म आप\mनो जहानलाई खासखास रोडबाहेक अरूबाट हिँड्न दिन्नँ । उनले त्यसको कारण उही असुरक्षालाई औँल्याए ।
क्रमभंग विराटनगरको सामाजिक-राजनीतिको जिउँदो चरित्र बन्दै गएको छ । एक नेता भन्दै थिए— कुनै समयमा धोती-कुर्तामा सजिएका कांग्रेसी नेता किशुनजीलाई पान खुवाउन सिराहा-सप्तरीबाट मान्छेहरूको ओइरो लाग्थ्यो विराटनगरसम्म । गिरिजाबाबुको सेतो कुर्ता-पाइजामाका बारेमा राजविराजको नेताचोकमा हप्तौँसम्म चर्चा चल्थ्यो । मैथिली र हिन्दीमा कुराकानी गरेर सेरोफेरोका स्थानीय नेताहरू आफूलाई अपनत्व र स्वामित्वको अनुभव गर्थे । यो नै कांग्रेसको राजनीतिक पुँजी थियो । तर, यतिखेर कांगे्रसी राजनीतिको गढ मानिने विराटनगर भत्किँदै गएको छ । मधेसी आन्दोलनको रापबाट कांग्रेस डढेको होइन, मधेसी समाजभित्र उसको पहुँचको परम्परागत शैली भाँचिएको छ । अचेल स्थानीय सिपाहीहरूले किनारामा परेको महसुस गरेका छन् । विराटनगरको कांग्रेसी-कथा समग्र मधेसका सन्दर्भमा उसको वृत्तान्त हो ।
पत्रकार शंकर खरेलले आप\mनो उपन्यास 'क्रमभङ्ग'मा लेखेका छन्— 'सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली'को भाव वास्तवमै यहाँ देख्न पाइएको छ । यस्तै मेलमा रहेको थियो समाज पहिले । भलै बाहिर देखाउने दाँत फरक होस्, तर भित्र भने मधेसी र पहाडेको भावना अहिले पनि कायमै छ । मधेसी र पहाडिया भनेर जातीय विभाजनका रेखा कोरिएको आलो घाउ ताजै छ... । 'क्रमभङ्ग'ले सदियौँदेखि उपेक्षित मधेस र मधेसीको समस्यालाई उपन्यासमार्फत उजागर गरेको छ ।



del.icio.us
Digg
Post your comment