Newsletter
Email:
Home | देश | पूर्वराजा ज्ञानेन्द्र पनौतीमा

पूर्वराजा ज्ञानेन्द्र पनौतीमा

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका
काभ्रे, २५ माघ
पूर्वराजा ज्ञानेन्द्र १२ वर्षे मकर मेलामा सहभागी हुन सोमबार काभ्रेको पनौती आएका छन् । बिहान ११ बजेर ३२ मिनेटमा पनौती आएका पूर्वराजा ज्ञानेन्द्रले बसपार्कबाट हिँडेर त्रिवेणीघाटमा पुगी स्नान गर्नुका साथै ब्रम्हायिणी, इन्द्रेश्वर, तुलानारायण, माधवनारायण, भैरवलगायतका मन्दिरमा पूजाआजा गरे ।
उनले पनौतीमा माइती वृद्धाश्रम निर्माणका लागि आयोजना गरिएको महायज्ञमा सहभागी भई १ लाख रुपैयाँ दानसमेत दिए भने इन्द्रेश्वर क्याम्पसको व्यवस्थापन संकाय सञ्चालनका लागि आयोजित महायज्ञमा सहभागी भएर १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमल्सिनाले पूर्वराजाले सामाजिक दायित्वको महसुस गरी सो रकम सहयोग गरेको बताए ।  करिब एक घन्टा १० मिनेट पनौतीमा बिताएका ज्ञानेन्द्रले पनौती भ्रमण आफ्नो विशुद्ध धार्मिक भ्रमण भएको बताए ।
ज्ञानेन्द्र पनौती आउँदा समर्थकले उनको स्वागत गरेका थिए । ज्ञानेन्द्र त्रिवेणीघाटतर्फ पैदलयात्रा गर्दा समर्थकले 'राजा आऊ, देश बचाऊ'लगायतका नारासमेत लगाए । नेपाली झन्डा बोकेर पूर्वराजाको समर्थनमा नाराबाजी गर्ने अधिकांश राप्रपा नेपाल र जनशक्ति पार्टीका समर्थक थिए । उनीहरूसँगै पनौती नगरपालिकाका कार्यकारी अधिकृत राजेश पन्थी तथा स्थानीय केही दलका प्रतिनिधिले समेत राजाको स्वागत गरेका थिए ।
राजाले पनौती टेकेमा अनिष्ट हुने धार्मिक विश्वासका कारण राजतन्त्रकालमा राजाहरू पनौती आउने परम्परा थिएन ।


कांग्रेस सभासद्द्वारा मन्त्रीको आलोचना
बालकृष्ण अधिकारी/नयाँ पत्रिका
काठमाडांै, २५माघ
कांग्रेस सभासद्हरूले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको आलोचना गरेका छन् । मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको उनीहरूले बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टीको नेतृत्व गरेका मन्त्रीहरूले आफ्ना सभासद्लाई ह्युमिलेट गर्ने गरेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले मन्त्रीपरिषद्को बैठकमा एमाले हावी हँुदासमेत कांग्रेसका मन्त्री साक्षी र निरीह बनेको आरोपसमेत लगाए ।
पार्टी केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीले कांग्रेसका मन्त्रीबाट सभासद् अपमानित भएको भन्दै संसदीय दलको  ध्यानाकर्षण गराए । उनले पार्टी सरकारमा सहभागी भएको अनुभूति कतै नभएकाले अहिलेकै अवस्थामा सरकारमा रहनुको औचित्य नहुने दाबीसमेत गरे । 'सरकारमा रहे के, नरहे के, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूबाट नै हामीलाई ह्युमिलेट गर्ने काम भएको छ,' सभासद् जोसीले भने, 'हामी हाम्रै मन्त्रीहरूबाट प्रताडित भएका छाँै, हाम्रो कुनै काम भएको छैन ।'
सभासद् उमा अधिकारीले मन्त्रीहरूले पार्टीका नेताको कुनै काम नगरेको आरोप लगाउँदै पार्टी र मन्त्रीबीच कुनै समन्वय नभएको गुनासो गरिन् । 'मुलुकमा शान्ति सुरक्षाको अनुभूति गर्नै सकिएको छैन,' उनले भनिन्, 'हामी सरकारमा छौँ भन्ने अनुभूति कतै भएको छैन ।'
सभासद् अजय चौरसियाले मन्त्रीहरूले प्रभावकारी काम नगरेको आरोप लगाउँदै पछिल्लो समयमा भएका नियुक्तिका विषयलाई पार्टी र मन्त्रीले लेखाजोखा नगरेको बताए । उनले भने, 'कहाँ, कति र को नियुक्त भयो भन्ने कुनै लेखाजोखा नराख्ने र मनलागेको गर्ने हो भने कसरी पार्टी चल्छ ?' सभासद् चौरसियाले मधेसलाई पार्टीले बेवास्ता गरेको आरोपसमेत लगाए । उनले भने, 'मधेसलाई हेर्ने दृष्टिकोणमा पार्टीले विचार नपुर्‍याउने हो भने मधेसबाट कांग्रेस अझ बढारिन्छ ।'
सभासद् रमेश रिजालले मन्त्री र नेता पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाए । नेताहरू आफ्नो स्वार्थमा लिप्त भएकाले  कांग्रेस खिइँदै गएको गुनासो गर्दै उनले भने, 'मन्त्री र नेता निरीह सावित भए ।'  नेता र मन्त्रीका थरी-थरीका बोलीले अन्योल थपिएको उल्लेख गर्दै उनले प्रश्न गरे, 'मुलुक हाँक्ने पार्टी बनाउने कि
लहडको ?' सभासद् गगन थापाले आगामी आमनिर्वाचनमा कांग्रेसलाई ठूलो पार्टीको रूपमा स्थापित गर्न नेताहरू आफ्नो व्यक्तिगत आग्रह-पूर्वाग्रहलाई छोडेर एक ठाउँमा बस्नुपर्ने बताए । उनले शान्ति र संविधान लेखनका लागि दलबीच नयाँ समझदारी आवश्यक रहेको र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने दोहोर्‍याए । उनले भने, 'कांग्रेसले सरकारको नेतृत्व गदर्ैै आफूलाई प्रमुख दलको रूपमा स्थापित गराउन नेताहरूले सक्नुपर्छ ।' सभासद् पूर्णबहादुर खड्काले संसदीय दलका नेताको कमजोरीका कारण पार्टी र मन्त्रीबीच समन्वय नभएको आरोप लगाए । उनले भने, 'सरकार र पार्टीबीच समन्वय गर्ने संयन्त्र बनाएको भए यो अन्योल आउने थिएन ।'
सभासद्ले तीव्र आलोचना गरेपछि उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले वर्तमान सरकारप्रति आफू पनि सन्तुष्ट नरहेको र काम गर्न कठिन भएको बताइन् । 'एमालेले एकलौटी ढंगबाट सरकार चलाएको बताउँदै उनले भनिन्, 'मन्त्री र पार्टीमा समन्वय हुन नसक्दा समस्या देखिएको छ ।' पार्टीका नेताले भनेका काम 'मेक्सिमम सल्भ' गरेको दाबी गर्दै सभापति गिरिजाप्रसाद कोइरालाले कुरा गर्दासमेत प्रधानमन्त्रीले कतिपय कुरा नमानेको जानकारी दिइन् ।
सभासद्को अपेक्षालाई सकेसम्म समेटेको दाबी गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले निरन्तर पार्टीको बैठक बसेमा समस्या समाधान हुने बताइन् । उनले भनिन्, 'हाम्रो मान्छे गर्भनरमा नियुक्त गर्न र गरिबी निवारण  आयोगमा राख्न मैले एमालेलाई प्रेसर दिइरहेको छु ।' उनले तराईलाई पार्टीले बेवास्ता नगरेकोसमेत बताइन् । 
बैठकले शिविरमा रहेका माओवादी लडाकुको व्यवस्थापनपछि मात्र नयाँ संविधान निर्माण गर्नुपर्ने र लडाकुको व्यवस्थापन र शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म जारी हुने संविधान दिगो नहुने ठहर गरेको छ । यसैगरी, बैठकले स्पेसटाइम नेटवर्कका सञ्चालक जमिम शाहको हत्याप्रति दःुख व्यक्त गर्दै सरकारसँग मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी माग गर्ने निर्णय गरेको छ ।
अडान लिनुहोस्
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारका निर्णयमा पार्टीको तर्फबाट अडान राख्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सोमबारको संसदीय दलको बैठकमा उनले ठूला मुद्दामा सामूहिक अडान राख्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
नेता पौडेलले मन्त्रीहरूबाट आफ्नो अडान नराखिँदा प्रधानमन्त्रीले 'लुज' गरेको बताए । उनले भने, 'मन्त्रीपरिषद्को बैठकमा संयुक्त अडान राख्नुहोस् त्यसलाई प्रधानमन्त्रीले मानेनन् भने बैठक छोडे पनि हुन्छ ।'

Subscribe to comments feed Comments (9 posted):

madan on 12/02/2010 23:00:27
avatar
all nata cannot do any think most be cam king
Thumbs Up Thumbs Down
0
dhane on 12/02/2010 05:09:16
avatar
Eh nepali kangerska netta ho 15 barsha samma tapaiharule sarkar chalayera deshalai???????????????lagaunu vayo feri pani tapaiharuko tetturtoma sarkar?lajlagdaina tapaiharulai?
Thumbs Up Thumbs Down
0
kenju tamang on 12/02/2010 05:02:23
avatar
Eh nepali kangerska netta ho tapaiharule 2046 dekhi 2056/57 saal samma tapaiharuko netturtoma sarkar chalauda deshalai??????? lagaunu vayo aba pani tapaiharuko netturtoma sarkar?tapaiharulai laj lagdaina netta ho?
Thumbs Up Thumbs Down
0
luna on 11/02/2010 07:39:19
avatar
jee bhaya pani jasto bhaya pani raja bhako samaya ma ny thik thiyo.......
Thumbs Up Thumbs Down
2
mr.Don on 10/02/2010 10:44:15
avatar
Maoist haru aaphulai ke Samjhin6n.khate ko jasto behavour 6 tesaile Raja le pheri Desma sasan garnu par6 .
Thumbs Up Thumbs Down
2
Amar bahadur basnet on 09/02/2010 23:52:07
avatar
WE WANT KING .WHO WAS THE SAVE NEPAL PUBLICK THING THIS PERSON IS KING .SO WE WANT KING COMON KING WE HELP YOU.DONT AFRIDE MOUIST IS NOTHING .
Thumbs Up Thumbs Down
2
Amar bahadur basnet on 09/02/2010 23:48:29
avatar
GOOD KING GAYINDERA IS ONLY IS NEPALI CHIF HUNE PARCHA ANI MATERA NEPAL BANCHA.WELCOME KING YOU HAVE 75 PERSENT PEOPLE SOPURTED SO WE WANT KINK .......KING HE SAVE THE NEPALONLY.
Thumbs Up Thumbs Down
2
Surya on 09/02/2010 20:36:58
avatar
What does Sujata mean by "haamro maanche
Governor ma niykti...". Why would she not say more able or deserving candidate rather than "haamro maanche.."
Yo bhanda thulo BHAGBANDA apasmaa garer deshlaai tukraune karya aru ke hun sakchha?

Hamro maanche ra aafno maanche bhaner desh dubayo, dish tukrayo. Aba Jatiya Pranta ra pradesh nabhai bhayen. Natra Sujataa, Kangres, madhes parties, UML ra Mawbaadi le apasma deshko pad haru BHAGBANDA layer khattam pare. Khattam. Khoi k chha janajatilaai? Zero.
Thumbs Up Thumbs Down
0
bhumi on 09/02/2010 19:53:58
avatar
katti gali garne afnai mukh thaki sakyo...neta vanauda haru lai gali garda2 afai khuske ko pagal neta ko halat vai sakyo...yeni haru lai ta Gayandra Raja le nai po thik parna sakchan jasto lagcha aba ta....natra pagal kukur jasti j payo tehi boldai-hid dai ...j cha hyo tei maan pari garne bawlaha kukur jasto neta haruli kasle...rokne...ani thik garne...........sabai.......chada vai sake......."ram..ram..ram...kati japu tapain ko...nam" pani..aba ta bhagawan pani dikka vaisakyo jasto lagcha kasai le chodaina....
Thumbs Up Thumbs Down
0
total: 9 | displaying: 1 - 9

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?