नेपाललाई एकै दिन पाँच स्वर्ण
नयाँ पत्रिका काठमाडौं, २५ माघ एघारौँ साग खेलकुदको सोमबार दससागको दसौँ दिन सोमबार नेपालका लागि स्वणिर्म रहयो । नेपालले एकैदिन पाँच स्वर्णपदक जितेर अंक तालिकामा पाँचौँ स्थान बलियो बनाएको छ । प्रतियोगिताको नवौँ दिनसम्म स्वर्णपदकको खडेरी लागेको नेपाललाई उसुकी विनीता महर्जनले सो खडेरीबाट जोगाएकी थिइन् । विनीताले स्वर्णपदक हात पारेको २४ घन्टाभित्रै नेपालले थप स्वर्ण जितेपछि पदक तालिकामा सुधार गरेको हो । कुल सात स्वर्णपदकका साथ नेपाल पाँचौँ स्थानमा रहेको छ । रजतपदकमा अफगानिस्तान नेपालभन्दा तल रहेपछि छैटाँै स्थानमा झरेको छ । कराते र तेक्वान्दोबाट दुई/दुई स्वर्णपदक हातपार्दा उसुबाट नेपालले थप एक स्वर्ण जित्यो । तेक्वान्दोका दीपक विष्टले साग इतिहासमै नयाँ कीर्तिमान राख्न सफल भए । उनले लगातार चार स्वर्णपदक जितेर सागमा सर्वाधिक स्वर्णपदक जित्ने खेलाडीका रूपमा चिनिए । दीपकले ८७ केजी तौल समूहमा भुटानका तासीलाई हराउँदै उक्त रेकर्ड राखेका हुन् । दीपकले काठमाडौंमा सम्पन्न आठौँ सागदेखि ढाकासम्म अनवरत रूपमा स्वर्णपदक जित्दै आएका हुन् । यसअघि सागमा दीपकसँगै पूर्वधावक वैकुण्ठ मानन्धरले तीन/तीन स्वर्णपदकको कीर्तिमान राखेका थिए । दीपकले दसौँ सागमा स्वर्णमाथि हयाटि्रक गर्दै धावक मानन्धरको कीर्तिमान बराबरी गरेका थिए । 'मुलुकलाई थप स्वर्णपदक दिलाउन पाउँदा खुसी लागेको छ,' सागमा स्वर्णपदकको इतिहास रचेका दीपकले भने । अन्तिमपटक सागमा भाग लिएका दीपकले ढाकाबाट स्वर्णपदक जितेर आउने विश्वास पहिले नै दिलाएका थिए । तर, अभ्यासका क्रममा उनको खुट्टामा चोट लागेपछि शंका लागेको थियो । चोट लागेपछि चिन्तित देखिएका उनले सबैको हौसला पाएकाले आफूले स्वर्णपदक जित्न सकेको दीपकले बताए । उनले आप\mनो सफलतामा नेपालीको माया र हौसलाले सम्भव भएको टिप्पणी गरे । 'यो इतिहास रच्नुमा नेपाली दाजुभाइको मायाले सघायोे,' हषिर्त मुद्रामा उनले भने, 'तमाम नेपालीको हौसला नपाए कहाँ स्वर्णपदक जित्न सक्थेँ र ?' यसअघि पूर्वअन्तर्राष्ट्रिय धावक मानन्धरले पहिलोदेखि तेस्रोसम्म लगातार स्वर्णपदक जितेर दक्षिण एसियाली खेलकुदमा इतिहास बनाएका थिए । यता, आप\mनो कीर्तिमानलाई दीपकले तोड्दा वैकण्ठ कत्ति पनि विचलित छैनन् । 'दीपकले मेरो कीर्तिमानलाई तोड्दा धेरै खुसी छु,' नेपालका चर्चित धावक वैकुण्ठले भने, 'अब यो इतिहास दीपकको नाममा लेखिनेछ ।' यसैगरी, नेपाललाई तेक्वान्दोकी आयुषा शाक्यले पनि स्वर्णपदक दिलाएकी छिन् । ५३ केजी तौल समूहमा आयुषाले फाइनलमा भारतकी लतिका भण्डारीलाई हराएकी हुन् । लगातार दोस्रो सागमा स्वर्ण जित्ने खेलाडीका पंक्तिमा आयुषा पनि परेकी छिन् । यसअघि तेक्वान्दोकी संगीता वैद्य तथा करातेका दीपक श्रेष्ठले मात्र दोहोरो स्वर्णपदक जितेका थिए । संगीता दसौँ सागमा तेहोरो स्वर्णपदक जित्नबाट वञ्चित भएकी थिइन् । उनले सो सागमा कास्यपदक जितिन् । करातेका दीपकले भने आन्तरिक कारणले कोलम्बो सागमा भाग लिएनन् । मुलुकलाई दोस्रो स्वर्णपदक दिलाएपछि आयुषाको अनुहार चम्किलो देखिन्थ्यो । आयुषाले पनि दीपकले जस्तै मुलुकलाई स्वर्णपदक दिलाउने बाचाका साथ ढाका गएकी थिइन् । 'मेरो लक्ष्य पूरा भएको छ,' आफूले हातपारेको स्वर्णपदक चुम्दै आयुषाले भनिन् । यता, आप\mना दुई साथीले इतिहास रचेको दिन मनिता शाही भने अभागी खेलाडी बनिन् । मनिता फाइनलमा पराजित भएपछि दोहोरो स्वर्णपदक जित्नबाट वञ्चित भइन् । हारपछि एरिनामा भावुक हुँदै बाहिरिएकी थिइन् उनी । उनलाई सम्हाल्न कोरियाली प्रशिक्षक क्वानलाई सकस परेको थियो । उनी ५७ केजीमुनि समूहमा श्रीलंकाली खेलाडी फतिमा केसियासँग ८-४ले पराजित भइन् । करातेको कुमुतेतर्फ ५१ केजी तौल समूहमा गंगा अधिकारी तथा ७५ केजी तौलमा विनोद शाक्यले स्वर्णपदक जिते । अधिकारीले फाइनलमा अफगानिस्तानका जैनबलाई हराए भने विनोदले श्रीलंकाका मोहमद निफाजलाई निराश पारेका थिए । फुटबल पहिलोपटक समावेश महिला फुटबलको फाइनल खेलमा विवादास्पद निर्णयका कारण नेपाली टोलीले रजतमा चित्त बुझाउनुपर्यो । विवादास्पद निर्णयका कारण भारतले ३-१ को नतिजा आप\mनो पक्षमा पार्दै स्वर्णपदक जित्यो । सुरुवातमा नेपालले नै खेलमा अग्रता लिएको थियो । खेलको २६आँै मिनेटमै कप्तान जमुना गुरुङको गोलबाट नेपालले अग्रता लिएको थियो । दोस्रो हाफ नेपालको पक्षमा रहेन । दोस्रो हाफको सुरुवातमै रेप|mीले भारतलाई पेनाल्टीको मौका दिँदा लाइन्सम्यानले आपत्ति जनाएका थिए । उनको आपत्तिलाई रेप|mीले नमानेपछि नेपालले पेनाल्टी नभएको भन्दै केही समय खेल अवरुद्ध गरेको थियो । यसअघि पुरुष नेपाली फुटबल टोलीले पनि लिग चरणको खेलमा माल्दिभ्सविरुद्ध निर्णय सुनाउँदा मैदान युद्धस्थलमा परिणत भएको थियो । फिफाको नियमअनुसार पुनः मैदानमा उत्रिएको नेपालले पेनाल्टीमा गोल खाँदै दबाब खेपेको थियो । खेल बराबरीमा पुर्याएपछि हौसिएको भारतले थप २ गोल गर्यो । नेपाली टोलीले खेलको अन्त्यपछि पनि पेनाल्टी दिएको भन्दै आपत्ति जनाउँदै रेप|mीमाथि हातपातको प्रयास गरेका थिए । नेपालले खेलपछि आयोजकसमक्ष प्रोटेस्टसमेत दिएको छ । उसु उसुको थाउलोतर्फ ताइची छ्वानमा नेपालले थप एक स्वर्णपदक जितेको छ । कुल १९ अंक बटुल्दै नेपालका आङबाबु शेर्पाले भारतीय खेलाडीलाई पछि पारेर स्वर्णपदक जितेका हुन् । भारतीय खेलाडीले १८ दशमलव ७७ अंक मात्रै जोडेका थिए । बक्सिङ नेपालका अजित गुरुङले ६० केजीमा बंगाली खेलाडीसँग पराजित भएर रजतपदकमा चित्त बुझाए । उनी ३४-१७ को फराकिलो अन्तरमा पराजित भएका हुन् । एथलेटिक्स नोपाली एथलेटिक्स टोलीले एघाराँै साग सन्तोषजनक रूपमा प्रदर्शन गर्न सकेन । २१ इभेन्टका लागि २३ खेलाडी समावेश एथलेटिक्समा मंगलबार म्याराथुन हुँदै छ । सोमबारसम्म एथलेटिक्सका २० इभेन्टमा कुनै पनि पदक हात पार्न सकेन । पदकको आशा गरिएको म्याराथुनमा दसाँै सागका रजतपदक विजेता तथा ओलम्पियन अर्जुन बस्नेत र राजेन्द्र भण्डारीले सहभागिता जनाउँदै छन् ।



del.icio.us
Digg
of our nation we all r proud of u,dipak guru ko haddi hasayko cha hola hai hahahhahha
Sundhara, Bag darbar, Htel line Managing Directer
Post your comment