Newsletter
Email:
Home | अर्थ | निलिमाका फेसनमन्त्र

निलिमाका फेसनमन्त्र

Font size: Decrease font Enlarge font
image

'पछिल्लो पुस्ता लाउने-खाने कुरामा धेरै नै सचेत छन्'- आफूलाई फेसनेवल र स्टाइलिस बताउने निलिमा शर्माको बुझाइ हो यो । उनी दिनरात राम्रो देखिन कस्तो लगाउने भन्ने जान्न र सिकाउनमा व्यस्त छिन् । उनी फेसनको व्याख्यामै दिनरात बिताउन सक्छिन् किनभने उनी कमलपोखरीको सिटी सेन्टरमा फेसन स्टुडियो चलाइरहेकी छन् ।

चिटिक्क परेर हिँड्न कसैलाई सिकाउनुपर्दैन । फेसन-फन्डा मौसमैपिच्छे फेरिन्छ । मौसमअनुसार फेसन ट्रेन्ड पछयाउन सबैभन्दा सिपालु छन् टिनएजरहरू । निलिमाले आफ्नो पसलमा दिनहँु आउने टिनएजरहरूको अनुहारमा पढेको मुख्य कुरा यही हो । तब त निलिमा १०/१५ दिनमा फेरिरहन्छिन् आफ्नो स्टुडियोको सजावट अनि नयाँ-नयाँ लुगा त महिनैपिच्छे आइपुग्छन् ।

आफ्नो फेसन स्टुडियोमा नयाँ के छ भनेर हेर्नकै लागि पनि दिनहँु टिनएजरहरू आइरहने निलिमाको भनाइ छ । 'मेरा म्यानिक्विनहरूलाई हेरेर प्रेमिकालाई जस्तै माया गर्ने केटाहरू पनि छन् ।' म्यानिक्विनलाई लेटेस्ट फेसनमा सिंगारेर राख्ने निलिमा म्यानिक्विनलाई हेरेर प्रेमिकाको तिर्सना मेट्ने केटाहरूलाई पनि फेसनको दुनियाँका अब्बल पारखी भएको विश्लेषण गर्छिन् उनी । 'उनीहरू आफ्नो प्रेमिका पनि लेटेस्ट फेसनमा सजिएको हेर्न चाहन्छन् त्यसैले आफ्नो पसलमा उभिएका म्यानिक्विनहरूलाई हेरेर मख्ख पर्छन्'- निलिमाको ठम्याइ छ ।

८ महिनाअघि खुलेको निलिमा स्टुडियोज अफ फेसनले निलिमालाई सिर्जनशीलताको यस्तो संसार दिएको छ, जहाँ उनी लाखौं प्रयोग गरिरहन्छिन् । उनको प्रयोगको एक मात्र निष्कर्ष यस्तो छ- राम्रो लुगा मानिसका लागि बनेको हो न कि मानिस लुगाका लागि । त्यसैले राम्रो लुगा लगाउन शारीरिक बनावट राम्रै हुनुपर्छ भन्ने छैन ।

निलिमा फेसन स्टुडियोमा महिलाका लागि पश्चिमा शैलीका लुगाहरू, साडी, कुर्ता सुरुवाल र लेंंगा पाइन्छ । यस्तै चुरा, चेन, कि-रिङहरू, झुम्का, पार्टी ब्याग, नेकलेस, जुत्ता, क्लिप, बुटलगायतका सामग्रीहरू पनि पाइन्छन् । ८ सयदेखि ८० हजारसम्मका लुगाहरू निलिमा फेसन स्टुडियोमा छन् । निलिमाले जुत्ता थाइल्यान्ड, भारत र चीनबाट ल्याउँछिन् ।

निलिमा स्टुडियोमा ४ हजारदेखि ६० हजारसम्मका साडी पाइन्छन् भने २५ हजारदेखि ८५ हजारसम्मका लेंंगा पाइन्छन् । ३ हजार देखि १४ हजारसम्मका कुर्ता-सुरुवाल पनि निलिमा स्टुडियोमा छन् । सामान्यतः ६ सयदेखि २ हजारसम्मका लुगा क्याजुअल वेयरका रूपमा प्रयोग गर्न सकिनेछ ।

प्रस्तुति : भावना शर्मा

तस्बिर : श्रीधर पौडेल

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?