लाइनमा ५२ फिल्म
कलिउड इतिहासमै उपत्यकामा सबैभन्दा बढी नेपाली फिल्मले पालो कुरिरहेको तथ्यांक प्राप्त भएको छ । चलचित्र विकास बोर्डका अनुसार अहिले ५२ वटा नेपाली फिल्म प्रदर्शनका लागि पालो कुरिरहेका छन् ।
०६४ असोज २१ देखि ०६६ माघ ४ गतेसम्म सेन्सर पास भएका फिल्ममध्ये ३४ वटा फिल्म मोफसलका हलमा प्रदर्शन भइसकेर उपत्यकामा प्रदर्शनको पालो कुरिरहेका छन् भनेे १८ वटा फिल्म निर्माण पूरा भई प्रदर्शनको लाइनमा छन् । यीबाहेक मन मुटु र माया, मुनामदन, बसाइँ र इन्द्रावती चार फिल्मले पनि उपत्यकाका हल कुरिरहेका छन् ।
पछिल्ला दिनमा फिल्म निर्माणमा आएको तीव्रताका कारण यतिविघ्न संख्याका फिल्मले हल पर्खिनुपरेको हो ।
मोफसलमा प्रदर्शन भइसकेर राजधानीका हल कुर्ने फिल्ममा त्रिशूल, बुबा-आमा, रामबलराम, कानुन, तिम्रो मायामा, नेपाल, डर, फैसला, दाइको ससुराली, घातक, देशदेखि विदेश, इतिहास, मिस्टर मंगले, सहारा, जय शिव शंकर, नसिब आफ्नो, सन्देश, सिलसिला, जिन्दगी, राज्य, इज्जतदार, तोड, बाटुली, द युगदेखि युगसम्म, दिवानापन, सलाम छ मायालाई, नेपाली वीर, छोडी गए पाप लाग्ला, रक्षक, अर्जुन देव, नैना रेशम, माया त माया हो, महान् र टक्कर दुई मुटुको रहेका छन् ।
निर्माण पूरा भएर हल पर्खिर्रहेका -प|mेस) फिल्ममा भने मैना, सपनाको नौलो संसार, सम्झना, दोस्ती, दिदीभाइ, रणसंग्राम, हलचल, संघर्ष जिन्दगीको, कृष्णा, पलपलमा, देश, तिमी मात्र तिमी, हाँसिदेऊ एकफेर, भगवान् सबैको, शासन, दासढुंगा, तहल्का डटकम र त्रिदेव रहेका छन् ।
०६५ पुस १७ गते सेन्सर भई प्रदर्शनको लाइनमा बसेको सपनाको नौलो संसार फिल्म आउँदो शुक्रबारदेखि राजधानीका हलमा प्रदर्शन हुँदै छ । हल पाउन १४ महिना पर्खिएको बताउँछन् सो फिल्मका निर्माता निर्देशक राजु शाह ।
'फिल्म बनाएर के गर्नु, रिलिज गर्नै गाह्रो । बल्ल-बल्ल पालो आएको छ,' आफूले निकै स्ट्यान्डर फिल्म बनाएको बताउँदै उनले थपे, 'युरोपियन कन्ट्रीमा समेत सुटिङ गरेकाले फिल्म भव्य छ । त्यसकारण काठमाडौंबाटै रिलिज सुरु गर्नका लागि कुरेर बसेँ ।' काठमाडौंमा एउटा प|mेस र मोफसलमा प्रदर्शन भइसकेको एउटा गरी दुईटा फिल्म एकैसाथ दुईटा च्यानलमा प्रदर्शन गर्ने गरिन्छ । सपनाको नौलो संसार विश्वज्योति च्यानलबाट चल्दै छ भने गंगालगायतका हलमा त्रिशूल चल्ने भएको छ ।
क्यु सिस्टमले गर्दा निर्माता मारमा परेको बताउँछन् चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा । 'क्यु सिस्टम भद्रगोल छ,' निर्माता संघले क्यु सिस्टम हटाउनुपर्ने माग गर्दै आएको बताउँदै उनले भने, 'पालो पर्खेर प्रदर्शनका मुखमा आएका केही फिल्मलाई रिलिज हुन दिएर अन्य फिल्मलाई स्वतन्त्र रूपमा चल्न पाउने नियम बनाउनुपर्छ । यसो गर्दा फिल्म प्रदर्शनमा भएको समस्या क्रमशः समाधान हँुदै जान्छ ।'
अध्यक्ष शर्मा पि|m टे्रड हुनुपर्ने बताउँछन् । 'क्यु सिस्टम खारेज गरी स्वतन्त्र रूपमा फिल्म चलाउने व्यवस्था गरियो भने मात्र यो समस्या समाधान हुन्छ । नत्र फिल्मको जाम यस्तै रहन्छ,' उनी भन्छन्, 'तीन वर्षअघि मोफसलमा चलेका फिल्म बल्ल उपत्यकामा लाग्दै छन् । यस हिसाबले अहिले निर्माण हँुदै गरेका फिल्मले प्रदर्शनका लागि पाँच वर्ष कुर्नुपर्छ । यसले निर्मातालाई ठूलो मारमा पार्छ ।'
काठमाडौं उपत्यकामा स्वदेशी फिल्मको प्रदर्शन व्यवस्थापन अध्ययन कार्यदलले उपत्यकामा प्रदर्शनको पालो पर्खेका फिल्मको संख्या गणना गरी प्रत्येक फिल्मलाई दुई हप्ता -२ शुक्रबार र २ शनिबार) चलाउन दिने प्रतिवेदन पेस गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सो कार्यदलको प्रारम्भिक अध्ययन प्रतिवेदनमा फिल्म प्रदर्शनको दोस्रो हप्ता फिल्मले ५० प्रतिशत व्यापार गरेमा अर्काे एक हप्ताका लागि प्रदर्शन अवधि थप्न सकिने उल्लेख छ । यस अनुपातले हिसाब गर्दा एउटा फिल्म दुई हप्ता मात्रै चल्यो भने पनि अहिले क्युमा लागेका ५२ मध्येको अन्तिम फिल्म त्रिदेव -सेन्सर मिति ०६६ माघ ४) ले राजधानीका हल पाउन कम्तीमा अझै एक वर्ष कुर्नुपर्छ ।
सेन्सर मितिका आधारमा लगाएको क्यु सिस्टमअनुसार फिल्म नचलेको ठम्याइ छ अध्यक्ष शर्माको । 'क्यु सिस्टमअनुसार फिल्म चलेका छैनन् । केही सीमित व्यक्तिको मनोमानीले मनपरी फिल्म चलाइएको छ । त्यसकारण फिल्मको जाम बढेको हो,' शर्मा भन्छन् । निर्माताले स्वतन्त्र रूपमा फिल्म चलाउन पाएमा फिल्मको गुणस्तर बढ्ने बताउँदै उनले भने, हल, वितरकले कमसल फिल्म रोज्दैनन् । दर्शकले पनि हेर्दैनन् । जसकारण यो बाढी सङ्लो नदीमा परिणत हुन्छ ।'



del.icio.us
Digg
Hindi film chai indiama release vako din yaha pani release hune tara nepali film 2 barsa samma kurnu parne. jaya nepal ra kumari hall(2 wa 3 parda vako hallma)ko auta parda ma auta nepali movie anibariya pradarshan garnu parne niyam banaunu parcha.
Post your comment