Newsletter
Email:
Home | दृष्टिकोण | मधेस प्रदेश र रोम विधान

मधेस प्रदेश र रोम विधान

Font size: Decrease font Enlarge font
image

माओवादी हिंसात्मक द्वन्द्वमा १६ हजार नौ सय नेपालीले अन्यायपूर्ण हिंसाको सिकार भएर आफ्नो सुन्दर जीवनको आहुति दिएको समाचार ०६६ को तथ्यांक हो । यो अझै कति बढ्ने हो थाहा छैन । तथ्यांकको हिसाबमा मधेस आन्दोलनले सायद दुई-तीन सयको मात्र ज्यान लिएको होला । तर, त्यसले एउटा खास कालखण्डमा माओवादी आतंकलाई नै बिर्साइदिएको थियो । पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्दा को कहाँ मारिने हो भन्ने आतंकले सिंगो देशको आवागमनमा प्रभाव पारेको थियो । सक्ने हवाईजहाज चढ्थे भने नसक्नेहरू खुम्चिएर मनमनै रुन्थे । पहाडे मूलका कर्मचारी चटाचट काटिन थालेपछि सरकारले तिनका लागि मकवानपुर र सिन्धुलीजस्ता ठाउँमा अस्थायी सरुवा वा आश्रय निर्माण गरिदिनुपरेको थियो । शैक्षिक तालिमकेन्द्रका भलाद्मी कर्मचारी बासुदेव पौडेल काटिनुको एकमात्र कारण उनी पहाडे मूलका हुनु थियो 

अर्थात् मधेसवादी आन्दोलन एकप्रकारको जेनोसाइड थियो । पहाडे मूलका तराईवासीलाई उच्छेदै गर्ने किरिया खाएर त्यो आन्दोलन सञ्चालन भएको थियो । सातपुस्तापहिले तराई झरेका पहाडे मूलका नेपालीलाई दुई पुस्ताअघि भारतबाट नेपाल छिरेका मधेसी मूलका आततायीले ठेल्ने, काट्ने, मार्ने, कुट्ने काम गरेपछि एकपल्ट झन्डै-झन्डै नेपालको तराई, पहाडे मूलका नेपालीका लागि प्रवेश निषेधको बोर्ड भएर उभिएको थियो 

जसरी माओवादी हिंसा कुनै जनयुद्ध थिएन, त्यसैगरी मधेसी आन्दोलन पनि कुनै जातीय परिचयको खोजी थिएन । माओवादी हिंसा फरक राजनीतिक मान्यता राख्नेलाई सम्पूर्णतामै विनाश गर्ने निरंकुश राजनीतिक अभियान थियो भने मधेसवादी हिंसा नेपालको तराईलाई पहाडे मूलका नेपालीलाई उच्छेद गर्ने उद्देश्य बोकेको कहालीलाग्दो आतंक थियो 

यस्तो जातीय युद्धका विपक्षमा बोल्ने जम्माजम्मी दुईजना मधेसी मूलका नागरिक भेटिएका थिए उतिवेला, वर्तमान राष्ट्रपति डा.रामवरण यादव तथा नेकपा एमालेका वर्तमान पोलिटब्युरो सदस्य रामचन्द्र झा । यी दुई नेताले आफ्नो ज्यानको बाजी लगाएर जातीय हिंसाका विरोधमा आवाज उठाएका थिए । अहिले आफूलाई मधेसवादी नेता भन्नेहरू त्यतिवेला यही जातीय हिंसाका सञ्चालक वा हिमायती थिए । यस अर्थमा उनीहरू नै जेनोसाइडका प्रवक्ता भएका थिए । उनीहरूलाई अन्तरमधेसी हिंसाचारसँग कुनै वास्ता थिएन । दलितलाई उच्च जातका ठालुको आँगनमा पाइलो टेक्नसमेत नदिने जातिप्रथा, गरिब महिलालाई मानव मलमुत्र कोच्याउने बोक्सीप्रथाबाट आक्रान्त गरिब गाउँले मधेसवादको नाउँमा हिंसात्मक आन्दोलन चलाउनेहरूको कार्यसूचीमै थिएनन् । उनीहरू हान्निएका थिए त सबै पहाडेलाई तराईबाट खेदेर त्यहाँ आआफ्नो एकलौटी राज कायम गर्न । जातीय रूपमा अपार्थेइड र राजनीतिक रूपमा निरंकुशताको पक्षधर भएको मधेसवादी आन्दोलन माओवादी हिंसाकै सहउत्पादक -बाइ-प्रोडक्ट) थियो । त्यसैले मधेसवादी आन्दोलनका उपज ठानिएका मधेस जनाधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, खण्डित सद्भावना पार्टी सबै नै मधेस आन्दोलनकालदेखि जेनोसाइडको पक्षधर भएर उभिएका छन् । अपार्थेइडको पक्षधर भएर उभिएका छन् । निरंकुशताको पक्षधर भएर उभिएका छन् 

एक मधेस एक प्रदेश अथवा मधेस प्रदेश भनेर अहिले उठिरहेको नारालाई हिजोको मधेस हिंसाबाट अलग राखेर हेर्नै सकिँदैन । यस्तो धरातलीय अवस्थामा मधेस प्रदेश राज्यको माग, 'पहाडियोँ को लखेटो' शीर्षकको अपार्थेइडबाहेक अरू केही हुनै सक्दैन 

यतिवेला पूर्वमाओवादी लक्ष्मण थारू र भूतपूर्व माओवादी उपेन्द्र यादवको मधेस प्रदेशको मोर्चा खडा भएको छ । माओवादी संस्कार र संस्कृतिमा जीवनको ऊर्जाशील समय खर्चिएका यी दुई नेताका कारण मधेस प्रदेश पक्षधर धेरै नेताले अन्तर्राष्ट्रिय अदालतको अभियुक्त बन्न नपरोस् भन्ने यो टिप्पणीको सद्भाव हो । रोम स्टयाच्युट अफ द इन्टरनेसनल क्रिमिनल कोर्टले जातिभेदलाई हत्या, बलात्कार, दासत्वजस्ता अपराधकर्मका रूपमा दर्ज गरेको छ । खास गरेर यातना, अमानवीय व्यवहार, बाँच्ने अधिकार खोस्ने, स्वतन्त्रताको अधिकारमाथि बन्देज लगाउने जस्ता अपराधकर्मलाई रोम विधानले अन्तर्राष्ट्रिय अपराध मानेको छ । र, मधेस आन्दोलनताका पहाडे मूलका नेपालीमाथि यस्ता दुस्कर्म गरिएकै थिए । त्यसै हुनाले एक मधेस प्रदेशको माग रोम विधानको आधारमा दण्डनीय हुन पुग्छ 

नेपालमा यतिवेला सबैखाले राजनीतिको धोती खुस्किएको छ । माओवादीहरू पार्टीको मिटिङमा माक्र्स-एंगेल्स-लेनिन-स्टालिन-माओत्सेतुङको पोस्टर टाँस्छन् र आफूलाई झर्रा माक्र्सवादी-लेनिनवादी-माओवादी भएको घोषणा गर्छन् । प्रचण्डपथको नाममा एक्काइसौँ शताब्दीको जनवाद संश्लेषित भएको भाषण पनि उनीहरूले गरेकै छन् । नेपालमा उनीहरूभन्दा गरिबको हितैषी कोही नभएको हुँकार पनि भरेकै छन् । तर, तिनको व्यवहारमा कतै पनि वर्गचेत देखिँदैन । वर्गसंघर्ष नै कम्युनिस्ट राजनीतिको अन्तिम निष्कर्ष हो भन्ने ज्ञानसमेत तिनमा पाइँदैन । दलित समुदायलाई जाति नै नमान्ने तिनीहरू लिम्बुवान र खम्बुवानको, ताम्सालिङ र नेवा राज्यको उन्मादी नारा उरालेर जातीय सद्भाव बिथोल्ने काम गरिरहेका छन् । शास्त्रीय वा परिमार्जित माक्र्सीय चिन्तनबाट तिनीहरू हजारौँ कोष टाढा छन् । जातीय शोषणको विरोध गर्ने तिनीहरू दलित अधिकारका बारेमा चुँसम्म बोल्दैनन् । सिद्धान्तका लागि आफ्नो जीवनको बलिदान दिने भाषण गरेर कहिल्यै नथाक्ने माओवादी नेताहरूको व्यवहारचाहिँ सिद्धान्तका लागि अर्काको जीवनको बलिदान लिनेखालको देखिएको छ 

माओवादीपछिको नेपाली कांग्रेस अहिले पनि आफूलाई समाजवादी पार्टी भनिरहेकै छ । तर, त्यसको समाजवाद सम्पूर्ण निजीकरण र उदारीकरणमा रूपान्तरित भइसकेको छ । यो एक्काइसौँ शताब्दीमा पश्चिमा पुँजीवादी दुनियाँमा देखापरेको चिताइनसक्नुको वित्तीय संकट देखेर पनि कांग्रेसी नेताहरूले शिक्षा लिन सकेका छैनन् । त्यसैले समाजवाद आजको नेपाली कांग्रेसका लागि सपनाको सिद्धान्त भइसकेको छ 

नेकपा एमालेले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीकरण गरेको त साँच्चै हो, तर अहिले त्यसलाई आफूले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवादले कस्तो नीति या कार्यक्रम लिनुपर्छ भनेर निर्देशित गरिरहेको छ भन्ने थाहै छैन मधेसवादी पार्टीका बारेमा त टाउकामै लेखिहालियो 

आफ्ना क्षुद्र स्वार्थमा लागेका हुनाले सबै पार्टी जनताको मागबाट, जनताको राजनीतिक आग्रहबाट बाहिर निस्किसकेका छन् । यतिवेला जनताको एजेन्डा बोकेर कुनै राजनीतिक पार्टी हिँडिरहेका छैनन् । त्यसै हुनाले जातिभेदको राजनीति नेपालको विनाशको नियति भएको छ । विवेकशून्य व्यवहारका कारण चिताउनै नसक्नेगरी राजनीतिक पार्टीका नेताहरूको मोल घटेको छ । पश्चिमी मुलुकमा जस्तो बदहालपूर्ण वित्तीय संकट ओइरिएको थियो, अहिले नेपालमा त्यसैगरी नेता संकट ओइरिएको छ । शीर्ष अथवा ठूला नेता जहिले पनि प्रधानमन्त्रीको कुर्चीमा आँखा गाडेर ध्यानस्थ भएका भेटिन्छन् । प्रधानमन्त्री नहुँदा पनि राम्रा काम गरेर सम्मानित नागरिक हुन सकिन्छ भन्ने चेतना हाम्रा ठूला नेतामा छैन 

आफूलाई सत्ताको धुरीमा राख्ने चेतनाले जन्माउन खोजिएका जातीय राज्यले गभर्नर र मुख्यमन्त्रीको सपना देखिरहेका, संघीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको कल्पनामा रुमलिएका आजका हाम्रा कतिपय सांसद-सभासद्हरूले अभियुक्तको बयानपत्रमा सहिछाप गर्ने दिन नआओस् 

एकजना मेरा पुराना साथी देवराज राईले भन्नुभएको थियो, 'हाम्रो प्रदेशलाई सगरमाथा प्रदेश राख्नुपर्छ भनेर मैले प्रस्ताव गर्न चाहेको छु । खम्बुवानको साटो सगरमाथा राख्यो भने राई मात्र होइन क्षेत्री, बाहुनदेखि दलित भनिएका दमाई, कामी, सार्कीले पनि सगरमाथा प्रदेशको स्वामित्व अनुभूत गर्छन् ।'

योग्य मान्छे गाउँमा छन्, अयोग्यहरू सभासद् भएका छन् भन्ने टिप्पणी आउने दिनमा कसैले गर्नु नपरोस् । मधेस प्रदेशले तराईका जनताको सुख र समृद्धि, प्रजातान्त्रिक हकअधिकारको विस्तार गर्दैन भन्ने चेत उपेन्द्र यादव र लक्ष्मण थारूमा वेलैमा पलाओस् । तिनको मधेस प्रदेशमा गरिब परिवारका महिलाले बोक्सी अभियोग खेपिरहनुपर्नेछ भने डोमहरूले, राजपुतको इनार या टयुबेलबाट पानी खान पाउने छैनन् 

Subscribe to comments feed Comments (20 posted):

Kuldip Tharu (Kharaka) on 15/02/2010 02:53:50
avatar
प्रदिप जी तपाईले लेखेको लेख अस्वस्वथकर छ । थारु र मधेशीको एकता देख्न नसक्ने तिम्रा आँखालाई ईश्वरले गहिराईसम्म हेर्ने शक्ति दिउन् ।
Thumbs Up Thumbs Down
0
som on 10/02/2010 15:30:39
avatar
pardip nepal lai 16 hajar nepali mareko pir hoina usko ra janindra ko sata gaya ko ma pir 6 uslai sangiya ko pir pani kehi hoina uslai ta panchayat vaya ramro lag6 jasto lago
Thumbs Up Thumbs Down
0
rajesh on 10/02/2010 11:07:16
avatar
tito satya, chor haru lai ramro lagdaina.
Thumbs Up Thumbs Down
0
Yuvaraj Baskota on 10/02/2010 09:00:24
avatar
Congratulations!
Thumbs Up Thumbs Down
0
Khem Limbu on 09/02/2010 18:53:15
avatar
Dear Editor
Nayapatrika

Pls pls pls, do not post any vulgur, rude and violated matter in this commentary box. It will discourage and humiliation to the readers. Thanks.
Thumbs Up Thumbs Down
0
Basanta Adhikari on 09/02/2010 07:46:45
avatar
kura thaki ho tara thik hoina
Thumbs Up Thumbs Down
0
Harka Rai Tamu Tamang on 09/02/2010 06:50:28
avatar
प्रदिप नेपालजी, जतिकै गफ दिए पनि तपाइलाई एउटा प्रश्न सोध्छु| यतिका वर्षहरुमा नेपालको एक ठुलो हिस्सा मानिलिएका जनजातिहरुलाई उत्पीडन हुँदा किन तपैजस्ता बुज्रुग भनाउदाहरु आफु मात्र खाइपिई मौन रहनु भयो? एक क्षण लाइ मधेसको कुरा छाडौ| अहिले रास्ट्रपति, उप, र मन्त्रीहरु,सचिवहरु, सीडीओहरु र न्यायधिशहरु पनि निकै छन् मधेसका| तर जनजातीलाइ पर राखेर ग्वाम्म ग्वाम्म मुठाउदै खाने तपाईहरु? अब के को सगरमाथा र बगरमाथाको नाममा प्रदेश चाहियो? महेन्द्रले राखेका थिए चौध अंचल सगरमाथा देखि मेची कर्णाली आदी आदी| त्यसले केही भएन, प्रशासन चलाउने उही मानिसहरु हुन् र छन्| तपाईहरु सच्चा कमरेड भएको भए देश र जनताको यो हालत हुने थिएँन| मार्क्स र लेनिन पढेर विद्वान् र लेखन बनेर के गर्ने? गफ दिन मात्र हो| ऐले आएर लिम्बुवान, खम्बुवान र ताम्सालिंग र नेवा
मा किन रिस पोख्नुहुन्छ? समय अहिले पनि छ सच्याउने र प्रायश्चित गर्ने, तर गर दिने, घुमाउरो
भाकामा नानावाली लेखेर अब पत्याउने छैन| जगदीश घिमिरेले लेखेको अन्तर्मनको यात्रा पढ्नुहोला, त्यहा
उनले आफ्नो अनुभवको आधारमाको ८० प्रतिशत जाली फटाह छन् भनी औल्याएका छन्? हेर्नुहोला|
Thumbs Up Thumbs Down
-3
Purna on 09/02/2010 05:10:07
avatar
Yo prajwal bahanaudo chahi sachhikai kukur rahechha jasto chha.
Thumbs Up Thumbs Down
-1
Puskar on 09/02/2010 04:49:01
avatar
Hoina ho Pradeep ji,Tapainli maobadi ko birod nagarai khan paudainau ki k ho?? Kunai lekh chaina ta aaphno bhalo ko lagi,Dhanya chha you are also mooving by other's instruction.
Thumbs Up Thumbs Down
0
Tapasvirishi on 09/02/2010 03:48:00
avatar
Pradip Dai

Non of the Nepali leaders of your capacity were bold enough to come up with this reality. This is a bitter fact of our nation at present and you have depicted the reality in a vivid way.

It should be taken as an eye opener by every one.
Thumbs Up Thumbs Down
1
madhu on 09/02/2010 03:28:38
avatar
pradeep ji now you are in line. you have selected good topic to write. you should continue your writting against ek madesh ek pradesh and stand against those radical madhesi leader, whose intentions are to harm pahade mul population. so keep up nakeding those madheshi. we all pahades are with you no matter wheather we represent congress, uml, maobadi and other parties.
Thumbs Up Thumbs Down
1
Dhiraj Roy on 08/02/2010 22:56:09
avatar
Pardip Nepal jee le madhesh ko ugra rup ko kura garnu baye rahecha, tara kune kura ko karan kotalnu parcha, karak hami ne ta hoina bhanera. Dhere din ko ris sange Nepalganj ko ghatna le pani ago ma Ghee thapne kam gare cha. Nepalganj ko ghatna ko ahile samma partibedan aye ko chaina, Ritik Roshan kand ma Kathmandu ma manche marida pani khase kahi bata ramro kam bayena, hami le afno hepne pariwirti na sudhare samma muluk jhan jhan khaldo ma puride jancha. Aru lia blame launu bhanda sabe lai Bhagwan le sabe lai subudhi deuos.
Thumbs Up Thumbs Down
0
Chandra Rai Manab on 08/02/2010 21:57:36
avatar
Good article!
Thumbs Up Thumbs Down
0
sanjeev bhandari on 08/02/2010 19:46:52
avatar
So called comrade pradeep sir, till few years ago not only me but most of the person used to think you an intellectual but for few years your article are so written opposing maoist of nepal.
i dont know maoist are doing right or wrong but they have stand for communism and want to establish nepal as a communist country but see your party what has its stand neither it is communist nor socialist nor democratic so please write some time about your parties intention .
Thumbs Up Thumbs Down
0
sgiri on 08/02/2010 18:53:17
avatar
Artical is Very good and published on time.
Thumbs Up Thumbs Down
0
janmejaya upadhyaya on 08/02/2010 17:26:19
avatar
प्रज्वल जी तपाइको कमेन्ट अलि अस्वस्थ कर लाग्यो,ल तपाई छातीमा हाट राखेर भन्नुस के जातीय ताको नाम ले गरेको संघियता संघियता प्रणाली ठिक हो? कहा प्रदीप नेपालले लेखेको यो लेख गल्ति छ त्यो चाहि बतौनुस, होला प्रदीप नेपाल तपाइलाई मन नपर्ला मलाइ नपर्ला तर तपाई सच्चा नेपालि भएर यो लेख पढ्नुस, सच्चा नागरिक भएर यो लेख चिन्तन गर्नुस सोच्नुस, व्यक्तिलाइ नहेर्नुस व्यक्ति हेरेर लेख पढ्ने हो भने हामीलाई भन्नु केहि छैन नत्र . आज को २१ शताब्दीमा जहा जाति जम्मा २ वटा छ आइमाई र लोग्ने मान्छे मात्र भन्ने समयमा जातीयता को कुरा कत्तिको सान्दर्भिक कुरो हो? मेरो घर सर्लाही हो र म नै त्यो पिडित हु, गैर मधिसे भएको कारणले मैले पुस्तौदेखी को जन्मथलो छोड्न म बाध्य भएको छु. पूर्वतिर ४०-५० प्रतिशत बाहुन छेत्री भएको छेत्रमा पनि १५-२० प्रतिशतको जातले ऐले हतियार को भरमा तर्साएर जातीयताको नाममा बितण्डा मच्चाई रहेका छन्. के यहि हो लोक तन्त्र? के आफ्नो देश आफ्नो जन्मथलो, आफ्नो भुमिमा बस्न हामीले नपाउने? ऐलेको यो चरम जातीयता को बितण्डा ले भोलि तपाइलाई पनि छोड्ने छैन. अनि ऐले प्रदीप नेपाल लाइ गालि गर्नु भएको छ, त्यो दिन त्यति टाढा छैन प्रज्जल जी, जातीयताको बिरुद्धको मोर्चाको नेतृत्व गरि दिनोस भनेर तपाई कतै प्रदीप नेपालको ढोकामा जाने दिन नआओस/ युगोस्लाभिया, रसियाका बाल्टिक गणराज्य को बारेमा राम्रो संग पढ्नुस, जातीयता को मुद्दा केहो र त्यसको पिडा कस्तो हुन्छ भनेर. नेपाल पनि यसैका फलोअर हुन खोजेको छ . यस्तो नहोस भन्ने यो लेख को आसय मात्र हो. तपाई त कुनै जनजाति को मान्छे हुनुहोला तपाईलाइ त यो प्रदीप नेपाल नचाहिन सक्छ तर हामि बाहुन छेत्री भएको नाताले पनि अब गोलबद्ध हुनु र सचेत हुनुपर्ने दिन चाहि आइ सकेको छ. जसरि ६०-७० प्रतिशत बाहुन छेत्रीलाइ ऐले लामो नाक लामो नाक भनेर हेपिदै छ र हात्तीलाइ भुसुनाले दुख दिए जस्तो भै रहेको मात्र छ/ जुन दिन साच्चिकै हात्ती रिसौछ त्यो बेला ठुलो मात्रामा बालि नाली नस्ट हुन सक्छ. tara nasta pachhi पनि घर बनाएर बस्नु पर्ने ठाउ त त्यै नै हो. जाने त अन्त हुन्न, बस्ने त यहि नेपाल मै हो. त्यसैले सबैले यो कुरोलाई अहिलेनै मनन गरेर जातीय सदभाब कायम गरौ, कसैले कसैलाई दोष नलगाउ, एकजाती ले मात्र सबै काम हुन सक्दैन सबै नेपाली दाजुभाई दिदि बहिनि जुटौ, आफु आफु बीच को सद्भाव कायम गरौ, सबैले सबैलाई इज्जत गरौ इज्जत दिए पछी मात्र पाइन्छ, सबै चिजमा कुरो मिल्ने तर देश बिकाशको नाममा किन कुरो नमिल्ने हो यो नै ऐलेको सभैभंदा ठुलो बिडम्बना भएको छ. त्यसैले मैले जस्तो बाहुन छेत्री हुनुमा आफैलाई दोषी बोध गर्न अरु नेपालीलाइ नपरोस. के तराईमा जन्मनु मेरो अपराध थियो?
Thumbs Up Thumbs Down
3
samundra man Pradhan on 08/02/2010 12:42:27
avatar
लौन केही गर्नुस्। किन नेपाली अन्धा भएका हुन यसरी। किन काठमाडौं का नेवारले नबुझेका काठमाडौं उपत्यकामा २० लाख जनसंख्या छ नेवार जम्मा ३-४ लाख त होलान यदी भोली त्यहाका बाहुन छेत्रीले आन्दोलन गर्दा ठुलो कमुनितिले त २ महिन,४ महिना, बर्ष दिन त चुप लाग्ला अनी १६ लाख को कम्युनितिले गरेको अस्तिवको लडाईंमा जित त पक्कै ४ लाख वाला समुदाय को त हुँदैन? त्यो बेला मा ऐले नेवार राज्य, नेवार राज्य भनेर उर्लने हरु जाने कहाँ? किन यत्ती पनि बुद्दी नपलाएको यि काठमाडौं का नेवार हरु को ? यदी काठमाडौं का नेवार हरु ले आजै नेवा राज्य फिर्ता लिएर नेवा को ठाउँ मा काठमाडौं नै राख्ने वा कान्तिपुर राख्ने के राख्ने हो नराखेर यसैलाई आठयाएर बस्ने हो भने काठमाडौंका नेवार हरु काठमाडौं बाट बिस्थापित दिन आउन धेरै बर्ष कुर्नु पर्दैन। संसारमा कहिले पनि र कही पनि ठुलो कम्युनितिले हार खानु पर्दैन, हार खाँदैन पनि र हारदैन पनि।
Thumbs Up Thumbs Down
225
prajwal on 08/02/2010 12:14:15
avatar
wah ! wah ! sabai kharab tero e maale maatra ati uttam kya kura garis kukur !
Thumbs Up Thumbs Down
-23
gokulraj joshi on 08/02/2010 10:41:06
avatar
tapaile bhaneko thiok ho tara yi kubuddhi netaharulai ghokrethyak nalaya samma kehihunewala chhaina
Thumbs Up Thumbs Down
31
kumar sharma on 08/02/2010 09:17:35
avatar
k lekh6 yo haruwa le maile ta bujin.
i n g o ko paisa boleko ho ki kya ho.
Thumbs Up Thumbs Down
-2
total: 20 | displaying: 1 - 20

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?