Newsletter
Email:
Home | सम्पादकीय | पार्टी एकीकरण कि प्रहसन ?

पार्टी एकीकरण कि प्रहसन ?

Font size: Decrease font Enlarge font

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच औपचारिक एकीकरण भएको घोषणा भएको छ । पूर्वपञ्पचहरूको पार्टीको रूपमा चिनिएका सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राष्ट्रिय

जनशक्ति पार्टी र पशुपतिशमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच शनिबार एकीकरण भएपछि एकीकृत पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राखिएको छ । दुईवटा पार्टीका बीच एकीकरणपछि बनेको नयाँ पार्टीको अध्यक्ष पदमा भने दुवै पार्टीका अध्यक्ष कायम रहेका छन् जसले पार्टी एकीकरणको अन्तर्यमाथि नै प्रश्न उब्जाएको छ ।

जसरी दुईवटा पार्टीको एकीकृत नाममा दुवै पार्टीको नामलाई मिसाइएको छ, त्यसमा दुवै पार्टीका पुराना नामप्रतिको मोह र पुराना पहिचानप्रतिको आशक्ति तीव्र रूपमा प्रकट भएको एकता प्रक्रियामा देखियो । यही मोह उनीहरूका विचार र व्यवहारबाट नराम्ररी प्रकट भइरहेको छ । एकजना अध्यक्षलाई पुरानै नाम राप्रपा चाहिएको छ, अर्का अध्यक्षलाई पनि राजपा नै नभई भएको छैन । उनीहरू दुवै एकीकृत नाम राशप्रपालाई तत्कालका लागि मात्र भन्दै, महाधिवेशनपछि आ-आफ्नै पुराना नाम पारित हुने दाबी गर्दै छन् । यस्तो आशक्ति नाममा मात्र सीमित छैन, पार्टीभित्र आ-आफ्नो प्रभुत्व विस्तारसम्म फैलिएको छ ।

औपचारिक रूपमा भएको दुई पार्टी एकीकरणको सार हेर्दा त्यसलाई सहजै पार्टी एकीकरण भन्न सकिने अवस्था छैन । विशेषतः दुई पार्टीका दुईजना अध्यक्ष कायमै रहने निर्णयले पार्टी एकीकरणको मर्ममाथि नै चुनौती थपेको छ । ँएकीकृत पार्टीराशप्रपाको केन्द्रीय महाधिवेशन नभएसम्म दुवै पार्टी केन्द्रीय रूपमा अस्तित्वमा रहने संरचनाले त पार्टी एकीकरणलाई नै हास्यास्पद बनाइदिएको छ । दुईजना अध्यक्ष र दुईवटा पार्टीलाई अस्तित्वमै राखेर गरिएको एकीकरणको सार हेर्दा पूर्वपञ्चहरूका दुइटा पार्टीले ँसंयुक्त मोर्चामात्रै कायम गरेको प्रतीत हुन्छ । अझ दुई अध्यक्षले पालैपालो संयुक्त कार्यसम्पादन समितिको अध्यक्षता गर्ने पद्धतिले ती दुई पार्टीको एउटै शरीर बनाएको भानसमेत पार्दैन, एकीकरण त टाढैको कुरा भयो । दुई पार्टीका अध्यक्षका टुप्पी जोड्दैमा पार्टी एकीकरण हुँदैन, त्यसले त एकीकरणको भ्रम मात्रै पैदा गर्छ । यस्ता व्यवहारले उनीहरूले सँगालेको भनिएको तीतो अनुभवबाट कुनै असल शिक्षा नलिएको देखाउन सक्छ र ०६० मा भएको राप्रपा फुटको पाठ सिक्ने क्रममा गरिएको ँइमानदारीपूर्ण मिलनलाई पनि झूटो प्रयास साबित गर्न सक्छ ।

पार्टी एउटा, केन्द्रीय पार्टी दुईवटा हुने संरचना, दुवैजना अध्यक्ष यथावत् रहने पद्धति- यो कुनै एकीकृत पार्टीको संरचना हुन सक्दैन, महाधिवेशन नभएसम्मको संक्रमणकालीन संरचना पनि हुन सक्दैन । तर, ती दुवै पार्टीको परम्परा र वस्तुगत स्थिति हेर्दा यो संरचना न त नौलो हो, न त अनौठो नै । सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीमा ११-११ जना त सहायक महामन्त्री नै छन्, तिनलाई उनीहरूकै महामन्त्रीले समेत चिन्दैनन् । तर, पार्टीभित्रको सत्ता-समीकरण मिलाउन र प्रत्येक नेतालाई भाग पुर्‍याउन यस्ता उच्च पद सिर्जना गर्नु र बाँड्दै हिँड्नु राजपा वा राप्रपाका लागि नौलो अभ्यास होइन ।

राजपा होस् वा राप्रपा, पूर्वपञ्चका यी पार्टीको मुख्य विशेषता हो, नेतै-नेताको पार्टीका रूपमा विकसित हुनु । निर्दलीय पञ्चायती व्यवस्थामा दलविहीन शासन सम्हालेका ती महापञ्चहरूले बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रमा आफूलाई दलका नेताका रूपमा उभ्याएका छन् र पटक-पटक सत्तासीन पनि हुँदै आएका छन् । उनीहरूका लागि प्रत्येक नेता पार्टी हुन्, किनभने नेतापिच्छे पार्टी छ । अनि पार्टीभित्र पनि प्रत्येक नेताका आ-आफ्नै गुट वा समूह यथावत् छन् ।

यति धेरै ँबहुदलवादीदेखिएका पुराना साना-ठूला पञ्चहरूको पार्टी एकीकरणले कुनै नयाँ राजनीतिक तरंग ल्याएको देखिँदैन, न त कुनै राष्ट्रिय र प्रजातान्त्रिक एजेन्डा नै अगाडि सार्न सकेको देखिन्छ । त्यसैले ँराष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको रट लगाउँदैमा, पार्टीको साइनबोर्डमा राष्ट्रिय, प्रजातन्त्र र शक्तिजस्ता आकर्षक पुच्छर भुन्डयाउँदैमा कुनै पार्टी राष्ट्रिय र प्रजातान्त्रिक पार्टी हुन सक्दैन ।

Subscribe to comments feed Comments (2 posted):

yuvraj rijal on 09/02/2010 07:22:02
avatar
why this news paper is loosing the standard
day by day? i am worry about this.
Thumbs Up Thumbs Down
0
sagar on 08/02/2010 08:50:31
avatar
Lekhna payo bhani jy pani lekhna bhaya na ni
multiparty system ma sabai lay nai chance paunu parcha yeo ta uniharu ko party ko kura bhayo

aru lay nai k ni garo ra'
mangi ra arajakta , asuricha laya ko cah
pakai develop bhaya ko cha asurachaya ko
Thumbs Up Thumbs Down
-2
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?