Newsletter
Email:
Home | सप्तरंग | कलम छाड्दिन

कलम छाड्दिन

Font size: Decrease font Enlarge font
image

बाबा पहिल्यै बित्नुभयो । त्यसपछि मलाई पढ्न धेरै दुःख भयो । बुबाको मृत्युअघि म स्टाफनर्स बन्ने सपना देख्थेँ । तर, आर्थिक अवस्था बिस्तारै नाजुक पनि बन्दै गयो । मेरा रहर र सपनामा पनि बिस्तारै ताल्चा लाग्दै गए । मेरो स्टाफनर्स बन्ने रहर भनूँ कि सपना हुरीसरि नै उडेर गयो ।
दुःखसुख गरी दाइहरूले मलाई पढ्न सघाउनु भयो । स्कुलमा छँदा म कविता लेख्थेँ । सबैले प्रशंसा गर्थे । रुकुमको साह्रै दुर्गममा पर्छ- हाम्रो घर । घरदेखि ज्यामिरे मावि पढ्न आउँदा सधैं सानु भेरी नदी तर्नुपथ्र्यो । स्कुल पुग्न बिहान तीन घन्टाभन्दा बढी हिँडेर पनि अझै आधा घन्टा सानु भेरी नदीमा पौडनुपथ्र्यो । लुगा फुकाली हातमा बोकेर चिसो पानीमा पौडँदा आङै जिरिङ्ग हुन्थ्यो । साँझ-बिहान, झरी-बादल केही नभनी म यसैगरी नदी तरेर स्कुल-घर ओहोरदोहोर गर्थें । ६ र ७ कक्षा रुकुममा यसैगरी पढेँ । ८ कक्षा दाङमा पढियो । फेरि ९ र १० कक्षा यसरी नदी पौडिएरै पढेँ । जिन्दगीमा यस्तो दुःख पनि गर्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ ।
एसएलसी परीक्षा सकेर सदरमुकाम खलंगा आएपछि पत्रकारहरूको संगतमा परियो । समाचार खोज्ने, लेख्ने र छपाउने हुटहुटी बढ्दै गयो । यस्तैमा जन्तीधारा साप्ताहिक निस्कियो । र, मैले काम सुरु गरेँ । काम गर्दै जाँदा म त्यस पत्रिकाको कार्यकारी सम्पादक पनि भएँ । रुकुममा सिस्ने एफएम खुल्यो । एफएममा पनि काम थालेँ ।

***

केही महिनाअघि मैले दाङको गणतन्त्र दैनिक र रुकुमको जन्तीधारा साप्ताहिकमा 'तीर्थाको सिन्दुर किन चाहियो माओवादीलाई ?' शीर्षकको लेख लेखेँ । युद्धकालमा माओवादीद्वारा तीर्थाका श्रीमान् यदु गौतमको हत्या भएको सन्दर्भलाई लेखमा जोडिएको छ । सञ्चारमन्त्री शंकर पोखरेल सिस्ने एफएमको उद्घाटन गर्न रुकुम पुगेका बेला माओवादीले कालो भन्डा देखाएर 'तीर्था तेरो सिन्दुर खोई ?...नेता तेरो पोइ' जस्ता नारा लगाए, जुन सुनिनसक्नुको थियो । मानवीय हिसाबले पनि यस्तो नाराबाजी तितो र दुःखलाग्दो थियो । मैले त्यही विषय र सन्दर्भलाई जोडेर माओवादीको आलोचना गरेँ ।
आलेख प्रकाशित भएपछि मलाई धम्की आउन थाले- 'खुब तीर्थाको सिन्दुर खोज्ने भाकी, तीर्थाको सिन्दुर खोजी गर्ने, तँलाई बाँच्ने मन छैन, मृतक पत्रकारको नाममा तेरो पनि नाम चढाइदिउ“m ?' जस्ता आतंकित स्वर फोनमा सुनिन थाले । तर, फोन भने 'नो नम्बर' बाट आउँथ्यो । मलाई यो राम्रो लेखको प्रतिक्रिया हो भन्ने लाग्थ्यो । पछि फेरि मैलै जन्तीधारा साप्ताहिकमा 'चढाउँदिनँ मृतक पत्रकारमा मेरो नाम' शीर्षकको लेख प्रकाशित गरेँ ।

***


आक्रमण भएको दिन म कोठामै थिएँ । बिहान साढे ९ बजेतिर अपरिचित नम्बरबाट फोन आयो । फोनमा कसैले 'तेरी माइली भाउजू बिरामी भएर सल्ले हस्पिटलमा लगेको छ,' भनेको थियो । म कोठाबाट सल्ले जान हिँडेँ । घरबाट हिँडेको ५ मिनेटपछि ममाथि आक्रमण भयो । तत्काल मैले पत्रकार धनवीर दहाललाई फोन गरेर 'दाइ मलाई आक्रमण भयो' भनेकी थिएँ । मलाई पछाडिबाट दुईजनाले समाते । मैले बोकेको ब्याग पनि तानेर लगे उनीहरूले । ब्यागमा ल्यापटप, मोबाइल, रेडियो, पेन थियो । पछि उनीहरूले मेरो ब्याग खोल्न थाले । एकजनाले 'तीर्थाको सिन्दुरको बचाउ गर्ने भएकी थिइस्, आज तेरो अन्त्येष्टि हुन्छ,' भन्यो । मेरो मनमा केही सोचाइ आएन । कसरी प्रतिकार गर्ने भन्ने मात्र सोचेँ ।
आक्रमणकारीहरूले हुल्याहा बदलेका थिए । एकजना आक्रमणकारीले 'तँलाई स्वर्गमा त यदुले हाल्लान् सिन्दुर, अहिले तेरै हात काटेर मै हालिदिन्छु,' भन्यो । उनीहरूले ब्लेडले मेरो हात काट्न थाले । रगत चुहिएर जुत्तामा झर्‍यो । मैले पीडाले त्यसबेला 'आमा' मात्र भन्न सकेँ । उनीहरूले रुमालले मेरो मुख बाँधिदिए । 'सक्छस् भने खुकुरीले हान्,' भनेँ । उनीहरूले घाँटी समातेर भित्तामा ठोक्काइदिए । त्यसपछि म त घोप्टो परेर बेहोस भएछु । होस खुल्दा त म काठमाडौंको अस्पतालमा पो रहेछु ।

***

मैले तीर्थाको सिन्दुरबारे लेखेर एमालेको प्यारो हुन खोजेकोे पनि होइन । मैले त स्वतन्त्र पत्रकारको हैसियतले जे देखेँ, त्योमात्र लेखेकी हुँ । अब कसैको विपक्षमा लेख्दा विपक्षीलाई सिध्याउने काम अरूले नगरून् भन्ने चाहन्छु । म अहिले बाँचेकी छु । सम्पूर्ण पत्रकारको जित भएको छ भन्ने लाग्छ । जनकपुरकी पत्रकार उमा सिंहको हत्याको वर्ष दिन नपुग्दै मेरो हातका औंला चिरिए । कलमका वैरीले त मैले देहत्याग गरिसकेकी ठानेका थिए होलान् । तर, सौभाग्य भनौं भीरपखेरामा रगताम्य शरीर लिएर मूच्छिर्त भएकी ममाथि गाउँलेको आँखा परेछ र बाँचेँ । स्वतन्त्र भएर कलम चलाएकै कारण मैले यो नियति भोग्नुपर्‍यो । तर, मैले हिम्मत हारेकी छैन । बाँचुन्जेल कलम चलाइरहन्छु ।

***

उपचारार्थ काठमाडौं आएपछि आमाको खुब याद आइरहेको छ । घाइते भएपछि मेरी आमाको स्वर एकपटक पनि सुन्न पाएकी छैन । मलाई सम्झना छ, घरमा खाना पकाउँदै गर्दा मेरी बूढी आमाले 'छोरी पत्रकारिता छोडिदे, तँलाई पनि उमा सिंह बनाउँछन्,' भनेकी थिइन् । मैले निर्भीक भएर भनेकी थिएँ, 'आमा उमा सिंहले तपाईलाई पनि चुनौती दिएकी छिन् । म मर्दा कोही पनि पत्रकार मर्नु पर्दैन भने म मर्न तयार छु आमा ।' मैले यसो भन्दा आमा 'तैं मरिस् भने हामीले कसलाई छोरी भन्नू नि,' भन्दै धेरैबेर रुनुभएको थियो ।

***

पत्रकार सधैं निडर हुन्छ र हुनुपर्छ । तर, अहिले देशको परिस्थिति त्यस्तो छैन । त्यसै पनि चुनौतीपूर्ण यो पेसा पछिल्लो समय त झन् असुरक्षित बन्दै गएको छ । पत्रकार र पत्रकारिता जहिले पनि स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने पाठ पढेका पत्रकार लेखेकै भरमा कुनै पनि वेला आक्रमण, अपहरण र हत्या हुनसक्छ भन्ने त्रासका बीच बाँच्न विवश छन् । स्वतन्त्र पत्रकारिताको नारा जति लागे पनि स्वतन्त्र भएर लेख्न सहज छैन । यो पीडा राजधानीभन्दा दूरदराजमा रहेर काम गर्ने पत्रकारले झनै भोग्नुपरेको छ ।
अब पत्रकारका हात तरबारले काटिन र लेख्नुपर्ने औंला ब्लेडले चिरिन थालेपछि कसरी चलाउने कलम ? कसरी गर्ने स्वच्छ र निष्पक्ष पत्रकारिता ? अहिले पत्रकारले आफ्नो धर्म निर्वाह गर्नुअघि धेरैपटक सोच्नै पर्छ । त्यही पनि पत्रकारले ज्यान हत्केलामा राखेर काम गरिरहेका छन् । डरले पत्रकारले लेख्न छोड्नु हुँदैन ।
ममाथि भएको घातक हमलाले मलाई पत्रकारिताप्रति अझै उच्चतम लगावका साथ लाग्न प्ररित गरेको छ । जिल्लामा कार्यरत पत्रकार, अधिकारकर्मी, स्वतन्त्र बुद्धिजीवी तथा स्पष्ट अडान राख्ने जोकोहीलाई आफ्नो विचार राख्न र बोल्न डराउनुपर्ने अवस्था छ । धाक, धम्की, आक्रमण र भौतिक कारबाहीले त्रसित समाजमा विशेषगरी मोफसलका पत्रकारको आँट र लगनले सबै भयको साम्राज्यलाई चुनौती दिएको छ ।

***

मेरो स्वास्थ्य अहिले पनि ठीक छैन । बायाँ हात अहिले पनि चल्दैन । घाँटीमा 'भेन' लगाइरहनुपरेको छ । राति सपनामा पनि धेरैखाले मान्छे आउँछन् । एकदिन म निद्रामै आत्तिएर उठेछु र निद्रामै भागेछु । म त ढोकाबाहिर आइपुगेको रहेछु । टाउको ठोक्किएपछि मात्र थाहा भयो । अहिले पनि मान्छेको भीड देख्दा बेहोस हुन्छु कि जस्तो हुन्छ । उकुसमुकुस हुन्छ । जिउ सारा दुखिरहन्छ । डाक्टरले एक महिनाको लागि औषधि लेखिदिएको छ । मैले यसअघि कहिल्यै सिटामोल पनि खाइनँ । तर, अब औषधिविना जिन्दगी चल्दैनजस्तो लाग्छ ।
मैले मेरो भविष्यबारे सोचेकी छैन । तर, लाग्छ अब म पत्रकारितामै आफ्नो जिन्दगी खोज्नेछु । मर्नै परे पनि यही पेसामा लाग्नेछु । तर,अब जिल्लामा गएर काम गर्ने अवस्था छैन । हेरौँ समयले कता लैजान्छ ? सरकारले ढिलै भएपनि आक्रमणकारीलाई कारबाही गर्छ भन्ने लागेको छ ।
मैले मृत्यु अझै पनि नजिक देखेको छैन । बरू 'नयाँ जीवन पाएँ' भन्ने लाग्छ । हिजो चिनेका मान्छे अब बिर्सने हो कि भन्ने डर पनि मनमा छ ।



प्रस्तुति ः दीपक सापकोटा
तस्बिर ः   श्रीधर पौडेल

Subscribe to comments feed Comments (30 posted):

santosh on 13/02/2010 05:48:11
avatar
tapai ta kunai natakko patra bhakobhaye thik hunthyo natak garna ramrai aaaudo raicha 20 minet agadi biled magne ani aula katiyo bhanne
Thumbs Up Thumbs Down
0
Sorry on 13/02/2010 05:16:32
avatar
Aru je vayapani jivanma ramailai vayo haina ra didi.
Thumbs Up Thumbs Down
0
Sorry on 13/02/2010 05:11:50
avatar
Tika didi Tapaiko katha padhada dukkhta lagyo tara 20 mineta agadi bilet magera linu vayo finger ta aafile kattnu vayako hainara. vir ta thulo6 tara virko dilama kasari adakinu vayo. tapai ta kahi devi ta hoina.
Thumbs Up Thumbs Down
0
bhim on 11/02/2010 17:17:52
avatar
tapai amalako puchar ta hoina hola
Thumbs Up Thumbs Down
0
Suman on 11/02/2010 14:34:31
avatar
nepali patrakar bhaneka partyko matiyar bhanne kura sabai nepali janatali thaha chha tika jile yamale jole hoina bhanera kasle patyaune chha ra. please tika sankar pokharelko adale partyhoruko alochana garnubhannda bikas ra khojmoula samachar lekheko bhaya jindaki bhar rogi bhayar basnu pardaina thiya ki. kothabitra basera duniyako ramro naramro lekhunu bhanda aphno mukh nepali patrakarle yanama herda ramro hunthiyo. 90% nepali patrakar bhaneka patryle paleka bokahoru nai ta ho. tika ji aba yamalele hjulai balkhu darbarma lagera rakhne chha pir nagrnuhola ok.
Thumbs Up Thumbs Down
0
hiralal kc on 11/02/2010 08:08:39
avatar
tapaiko kora rukumma aayera sabailai bhannuss yedi tapaimathi aakraman bhakai rahecha bhane mapani aakrmankarika birudda lekhne chu
Thumbs Up Thumbs Down
0
hirakc on 11/02/2010 07:06:02
avatar
rukumeli janatalai tapaile dinuparne 12 wota jabaph chan ti jabaph diyepachi matra tapaiko biswas hunecha
Thumbs Up Thumbs Down
0
omkaraharma on 11/02/2010 04:00:44
avatar
thikai chha didi na aatinihose nadarayarara kam lalai nirntarata dinuhose
Thumbs Up Thumbs Down
0
manu on 10/02/2010 15:39:29
avatar
natakko pani k had hunu thikai vaya mukh dekhauna k laj vo
Thumbs Up Thumbs Down
0
pravesh khan on 10/02/2010 12:14:35
avatar
juna samajma birodh garna paedaaveshina tyo kasari loktantrik samaj huna sakchha? yo lekha ko 2 ota sandesh chha 1. maiost should be changed 2.maiost should be perished! i think 2nd alternative is applicable!
Thumbs Up Thumbs Down
0
apurnamohan on 10/02/2010 11:40:11
avatar
sabrba pratham ma tika ji ko himmat ani saahash lai kalami salam gar6u/
kalam sadhai nai vijay baneko6 /itihas kal dekhi bartaman samma pani/ho nispakshata lai sadhai pakshye paati kamjod maanikta bhayeka haru le aaphnodanabi hatiyar le katna khojeka 6na /jhukauna khojeka 6na tara satyatakosidhanta boki ubhiyeko kalam kahilai jhukeko 6aina ra kahilai jhukne pani 6aina ..beshak baru sahid banna tayar6 /tara pani annyaye ko birudhdha aawaj uthauna 6oddaina /kalam tyas ko nam ho jo sadhainai vijaya hun6/parajit huna jane kai 6aina ..tar murkha haru sadhai diwa sapna boki kalam lai parajit garna khoj6an..jun murkhata le kahilai purnata paune 6aina ...
ma tika ji lai k bhan6u bhane hami ra hamro samaj ko waripari gandagi ra kichad haru pani parsasta 6na tyaslai .panchhaune bhanau ya safa garne kam hamronai ho ........
hajur ko sankalp lai mero salam...
Thumbs Up Thumbs Down
0
Bivaskia on 10/02/2010 10:25:49
avatar
टिकाको साहासले पत्रकारिता क्षेत्रमा सहभागिता जनाएका पत्रकारहरुलाई उत्साह थपिदिएको छ । भने यस भित्रका चुनौतिहरुलाई प्रष्ट साग देखाएको छ । यसले केवल पत्रकारिता क्षेत्रको चुनौति मात्र देखाएको छैन् निराशा र अवसरको अभावमा पछाडी परेका दिदि वहिनिहरुलाई पनि केहि गर्न प्रेरण प्रदान गरेको छ ।
Thumbs Up Thumbs Down
0
Tara Adhikari on 10/02/2010 05:56:35
avatar
Nepalka swabhimani patrakarko pida nikai man chhune khalko chha. Yastai abastha vognu paryo ra life nai end bhayo Uma singko.Press Freedomko kura garera kahilai nathakne haru ko bybahar yati jangali hunchha bhanne malai lageko thiyana tara ahile eventle mukhma ram ram bagalima chhura bokne harule nai yasto gari raheka chhan. Marnu ta jaslai pani parchha, marnu pare pani yasto eventma kahilai pani compramise garnu hunna bhanne lagchha malai.
Thumbs Up Thumbs Down
0
suman on 10/02/2010 04:56:36
avatar
maobadi haru aba kati nanggine hun kunni
Thumbs Up Thumbs Down
0
madhab on 09/02/2010 16:30:55
avatar
tika suna parti lai tala mati parne gari nalekha timi pani marera jane hami pani morera jane tesaile des vhalo ko lagi lekda ramro ghus khayera naleknu la
Thumbs Up Thumbs Down
0
glad on 09/02/2010 08:33:41
avatar
maobadi manab hoina danab ho !
Thumbs Up Thumbs Down
3
satosh amabng on 09/02/2010 02:41:30
avatar
tapaiko yo dukhako kura padda mero aakha bata aasu aayo yas duniyama ramro manchhe lai ta kaha bachn ra gari khana dinchhnra
Thumbs Up Thumbs Down
0
narayan on 08/02/2010 20:56:04
avatar
bichar maarer mardainann
bhanne na bujhane satha haru laai khai ke bhanne
bichaar ko hatya garane goruharu ko birodha ma boler kehi hola ra?
Thumbs Up Thumbs Down
0
manoj ,abudhabi on 08/02/2010 19:28:58
avatar
ilove u sister aba tapaiko jos ra jagar sabai nepali ko sath dekhaudai janus tapai mareko manchhe aba marna dekhi nadaraunus tapaiko sath kasaile nadiye pani bagwan pasupati nath tapaiko sadai right hune6 i will pryer god......................
Thumbs Up Thumbs Down
1
Sornim on 08/02/2010 18:43:31
avatar
Great, i really appricate you.
Thumbs Up Thumbs Down
0
kumar khatri on 08/02/2010 18:09:44
avatar
thanks, for your life challange.patrakar vhaneko asto nispakchha hunu parchha,shahasilo ra partikar badhi hunuparchha.thanka tika bista, patrakar lai thap urja dhinu vhayo.
Thumbs Up Thumbs Down
0
jeevan on 08/02/2010 17:05:01
avatar
tika bista ko kam chaina amale saga milera natak garda tastay huncha timilai kasaile k hi gare ko hoina aafnai budile garda ho feri yasto natak na garnu arulai fasauna khojada aafai fasaula hos garnu ni nani.
Thumbs Up Thumbs Down
-4
HARI GM on 08/02/2010 14:50:49
avatar
टिका जी यो तपाईको सेनेमाको इन्टरवल पछिको तपाईंको अभिनयको कहानी सुनाउदै हुनुहुन्छ तर सेनेमाको सबै कहानी नेपाली जनताले पहिलेनै बुझी सके तसर्थ पिलिज अब हामीलाई वेबकुप नबनाउन हुन अनुरोध छ !
Thumbs Up Thumbs Down
-6
Bin on 08/02/2010 13:37:13
avatar
I am really afraid of that the whole world is terrible. Every one wants peace, but he himself becomes cause of such terrible events. I kindly request Moist on Nepal. What you have done, when you were underground. Peoples are trying to forget it. We all know how horrible it was. So, let us forget that part. Let us servive and servive yourself peacefully.
If you still want to proof heroes then, there are many politicians, many more correpted and are responsible for this situation of Nepal. DO such things to them, all nepali will be happy.
Thumbs Up Thumbs Down
0
SAD on 08/02/2010 12:55:55
avatar
Nice very nice i respect u "life is chalenge meet it" one day u will be sucsess. where is trouble there is solve . so u go ahead and ahead until your touching pole and pillor . never back in the life if there is tiger and lion infront of u .
Thumbs Up Thumbs Down
0
prem on 08/02/2010 12:19:09
avatar
thanke sister tapai lai mero pani tapai ko kahani pader mali saroe dukha lago yo desh ma tapai jast kalam chalaune lai samaj ma dukha din chhan darya garnus ak dihn abasy pale aauchha m prem ARGHAKHANCHI 3 SIMAL PANI
Thumbs Up Thumbs Down
-1
NABARAJ on 08/02/2010 11:08:19
avatar
YEK PATRAKAR BHAYE PACHHI SWATRANTRA RUPMA KASAIKO BHAWANA MA AANCH AAUNE WA DAKHKHAL PUGNE GARI JE MANMA LAGYO TYAHI LEKHERA AHILE NEPALKO HAREK CHHETRA LAI NAI ASTA-BYASTA PARNE KAM PATRAKARITA LE GARDA HO... JUNAI PANI PATRA-PATRIKA PADHNUS......RAMRO KURA YAUTA PADHNA PAIDAINA..../ KHALI NARAMRO KULAHARU LAI SAMETE RA MUKHYA SAMACHAR BANAYEKO PAICHHA.../ SABAI MANCHHE MARNE....AAROP LAGAUNE....DUKHKHA DINE....GARI KHAKO CHHA BHANE BHAJO HALI DINE.... ITYADI KAM HARU MATRA HAMRO NEPALI PATRIKA HARUMA PADHNA ANI SUNNA PAICHHA..../ TYASAILE PATRAKAR MITRA HARU- KHABARDAR!! SWATRANTRA PATRAKARITA KO SATHAI SAHI RUPLE LEKHA, SAMACHAR PRASARAN GARNU HOLA. SWATRANTRA PANI CHAHANE ANI JE MAN MA AAYO TYAHI PANI LEKHNE....YO KASTO PATRAKARITA HO.....? YAHA DHERAI MITRAHARU, KUNAI PARTI KO KHOLA ODHERA PATRAKARKO NAMLE CHINIYEKA CHHAN. AAPHNAI GALTIKO KARAN LE KUNAI BELA KUTAI KHAYEMA WA DUKHKHA PAYEMA ....YASARI YI PATRAKAR BANAUDAHARU BHUKNA THALCHHAN.....PRESS SWATRANTRATA BHAYENA....JIU-DHANKO SURAKCHHA BHAYENA... ITYADI KURAHARU..../ AAKHIR AAPHNAI KARANLE GARDA AAPHNAI JYAN KHATARAMA LANE KAM HAMRAI PATRAKAR MITRA HARULE GARI RAHANU BHA CHHA / TYASAILE SABADHAN PATRAKAR MITRAHARU HO....!!!
Thumbs Up Thumbs Down
0
Kopila from Germany on 08/02/2010 10:29:27
avatar
Jun manche le galti gareko6 tyasle afno galti lai sunera sudharnu ta parai gayo ulto afno galti light ma ayo ra sabai publics le thahapaune chan ra Gadhi ma basna napaula bhanne hola. Yo samashya lai aja bhitra lukayara rachna Uni haru arka ko Jyan pani lina tyar chan. Tyas ta murder lai fasi dinu parcha.
Thumbs Up Thumbs Down
-1
pakhreen on 08/02/2010 09:17:05
avatar
Dipak ji lakhe ta ramro chha tara byakti ko nam chhaina
good keep it up
Thumbs Up Thumbs Down
0
hari lal dhanuk on 08/02/2010 07:48:10
avatar
hernuhosha maobadi sathi haru tapai ko kati ramro kam rahechha yo deshama.shayeda maobadi bhaneka danab huna yini haru lai manchhe bhanne pani murkha huna.malai lagchha maobadi jahile samma nepal ma hunchha teti bellla samma nepal ko kunai pani chhetra ma progress hudaina.yeti dukha lagyo yo lekha padhera. ke garne...
Thumbs Up Thumbs Down
0
total: 30 | displaying: 1 - 30

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?